शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

नेपालप्लस संवाददाता२०७८ साउन ३१ गते २२:२०

नेपाली सैनिकहरु काबुलमा एक आत्मघाती बम हमलामा मारिएका १२ जना मध्ये एकको शव बोकेर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सैनिक । फाईल फोटो- स्कन्द गौतम, जून २२, २०१६)

नेपालले अफगानिस्तानमा रहेका कम्तीमा १,५०० नेपालीलाई सुरक्षित उद्दार गरिदिन बिदेशी दुतावसहरुसित आग्रह गरेको छ ।

द हिन्दुस्तान टाईम्समा आजै आइतवार प्रकाशित समाचारका अनुसार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा कर्मचारीहरुलाई उद्दारकालागि अनुरोध गरी दूतावासहरुलाई औपचारिक पत्र लेखेको बताएकि छन् ।

अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिन थालेपछि अफगानिस्तानका दूतावास र अन्तर्राष्ट्रिय सहायता समूहसँग सुरक्षा कर्मचारीको रूपमा काम गर्ने अनुमानित १,५०० नेपालीलाई नेपाल सरकारले आइतबार उद्दारको आह्वान गरेको हो ।

सरकारले काबुल र अफगानिस्तानका अन्य क्षेत्रमा काम गर्ने नेपालीहरुको सहि संख्या निर्धारण गर्न एउटा प्यानल गठन गरेको लम्सालको भनाई छ ।

“उनीहरुको उद्धारको व्यवस्था पनि सरकारले गर्ने छ” उनले भनिन् ।

अफगानिस्तानमा नेपाल को कूटनीतिक उपस्थिति छैन । अफगानिस्तानलाई भारतको दिल्लीस्थित नेपाली दुतावासले हेर्दै आएको छ । तर हजारौं नेपालीहरु अफगनिस्तानस्थित बिभिन्न देशको कूटनीतिक क्षेत्रहरुमा सुरक्षा गार्डको रूपमा काम गर्छन् । त्यसबाहेक अन्य क्षेत्रमा मजदूरी गर्ने नेपालीको संखयसमेत जोड्दा १५ हजारको हाराहारीमा रहेको बताइन्छ ।

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

यसैबिच नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

वैधानिक तथा अवैधानिक तरिकाले अफगानिस्तान पुगेका नेपालीहरुलाई सरकारको सम्पर्कमा आउन नेपाल सरकारले आग्रह गरेको हो । अफगानिस्तानमा रहेका नेपालीका परिवारलाई समेत आफन्तलाई सम्पर्कमा ल्याइदिन, आफन्तको फर्म भरेर सम्पर्क गराइदिन सहयोगकालागि आग्रह गरेको छ । दिल्लीमा रहेको नेपाली राजदुतावासको समन्वयमा उद्दार तथा नेपाल फिर्ताको व्यवस्था मिलाइने सरकारले उल्लेख गरेको छ ।

सम्पर्क फोन नम्बर
कन्सुलर सेवा विभाग +९७७-९७७४९३२६४५८ (+977-97749326458)
परराष्ट मन्त्रालय +९७७-९७७४९३२६४५९ (+977-97749326459)

दिल्ली स्थिति नेपाली राजदुतावास +९१८९२९६०१९२५ (+918929601925)

दिल्ली स्थित नेपाली राजदुतावासमा Whatsapp मार्फत समेत सम्पर्क गर्न सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक