मंगलबार, मंसिर २१, २०७८

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

नेपालप्लस विशेष संवाददाता२०७८ साउन ३२ गते २०:२०

तालिबान आन्दोलन सधैं गोप्य पात्रहरुबाटै चलेको छ । जसरि नेपालमा माओवादी आन्दोल्न चलेको थियो । जसरि भारतमा चारु मजुमदारको नेत्रित्वमा चलेको थियो । अझ तालिबनको आन्दोलन त नेपाल र भारतको भन्दापनि निकै गुणा गोप्य नेत्रित्वबाट निर्देशित थियो । नेपालका माओवादीका प्रचण्ड भनिएका नेता शान्ति संझौतामा आएलगत्तै पुष्पकमल दहाल देखा परेझैं अफगानिस्तानको तालिबानका संस्थापक मोल्लाह उमर भनेर एक्कासि चिनिए । तिनै नेता हाल सर्वोच्च नेता बैबतुल्लाह अखुन्जादा द्वारा नेतृत्व गरिएको छ ।

जब विद्रोहीहरुले आइतबार अफगानिस्तान कब्जाको काम पूरा गरे तब यो समूहको सबैभन्दा सार्वजनिक अनुहार, राजनीतिक प्रमुख ब्यक्ति मुल्ला अब्दुल गनी बरादारले सोशल मिडियामा तालिबान विजयी भएको दाबी गरे । अब सारा दुनियाँले उनलाई चिन्ने भयो ।

तालिबान लडाकू अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेपछि मुल्ला अब्दुल गनी बरादरको एउटा भिडियो सामाजिक सञ्जालमा देखा पर्‍यो । क्यामेराको अगाडि असहज देखिए उनी । तालिबानको राजनीतिक ब्यूरोका प्रमुख उनले अफगानिस्तानको इस्लामिक इमिरेट्सको सेतो झण्डा अगाडि एउटा छोटो भाषण दिए ।

“हामी यस्तो जीतमा पुग्यौं जुन अपेक्षित थिएन । हामीले अल्लाहको अगाडि नम्रता देखाउनुपर्छ” उनले भने । काबुलको पतन बिजुलीको गतिमा फैलियो । सबै आश्चर्यचकित बने ।

“अब यो परीक्षण र प्रमाणित गर्ने समय हो, अब हामीले यो देखाउनु पर्छ कि हामी आफ्नो राष्ट्रको सेवा गर्न सक्छौं । सुरक्षा र जीवनको सुविधा सुनिश्चित गर्न सक्छौं,” बरादारले आफ्नो लडाकुहरुलाई शहरको नियन्त्रण लिएपछि अनुशासित रहन आग्रह गर्दै भने । यद्दपी उनका कोमल शब्दहरुले हजारौं अफगानहरुको डर र त्रासलाई तत्कालै कम गर्दैनन् । अझ खासगरि जो तुरुन्तै तालिबानको कब्जाबाट बच्न, शान्तिको खोजिमा काबुल एयरपोर्टमा पुगेका थिए ।

लामो समयदेखि कट्टर इस्लामी समूहको उदारवादी पात्रको रूपमा सेवा गर्दै आएका बरादार आफ्नो २० वर्षको निर्वासनपछि सत्तामा फर्किने सम्भावना छ । २००१ मा अमेरिकी सेनाले तालिबान शासन उखेलेपछि अफगान जनताको समर्थन बटुल्न उनको लक्ष्य एक विद्रोही सैन्य कमाण्डरको रूपमा फेरि फर्किएको छ ।

बरादारले सन् २००९ मा एउटा कार्यपत्र जस्तो, केहि लिखित सामाग्रि तयार पारेर बाहिर ल्याए । त्यसमा उनले तालिबानका पैदल सैनिक (सरकारी सेना जस्तो गाडी र विमान, हेलिकोटर सुविधामा नभएर) हरुले एउटा सानो पुस्तिका बोकेर जानुपर्ने आदेश दिए । त्यसमा गाउँलेहरुको मन र दिमाग कसरी जित्ने भनेर उल्लेख थियो ।

त्यो एक “आचार संहिता” थियो जसमा नागरिक हताहतबाट बच्ने सल्लाहसमेत दिईएको छ । कमसेकम आत्मघाती हमलाको उपयोग गर्नको लागी प्रतिकारबाट कसरि बच्ने भन्ने उल्लेख छ । त्यसबाट बच्न मुल्लाको राजनीतिक प्रवृत्तिको प्रतिबिम्बित गर्दछ । तालिबानको सन् १९९६ र २००१ को बीच आफ्नो निर्दयी शासनपछि फेरि लोकप्रिय समर्थन बढाउनुपर्ने हुनाले उनको त्यो राजनितिक प्रतिबेदन सरहलाई लागू गर्न आदेश दिए ।

तालिबानका शीर्ष कूटनीतिज्ञ

सन् २०१० मा मुल्ला बरादरलाई पाकिस्तानको दक्षिणी शहर कराँचीमा पाकिस्तानको शक्तिशाली गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरुले गिरफ्तार गरेका थिए । वासिंगटनलाई देखाउन तालिबान विद्रोहीहरुको खोजीलाई पाकिस्तानी अधिकारीहरुले गम्भीरताका साथ लिएको प्रमाणित गर्नुथियो । त्यसैले तालिबान बिद्रोहीहरुको फोटो खिचिएको थियो र तिनका हातमा सिक्री बाँधेको देखाइएको थियो ।

अमेरिकाले अफगानिस्तान छोड्ने प्रयासलाई तीव्र बनाएपछि बरादर सन् २०१८ मा रिहा भएका थिए । धर्मगुरुलाई कतार पठाइयो र तालिबानको वार्ता टोलीको उनी हिस्सा बने । त्यहि बेलाबाट उनी तालिबानको सबैभन्दा प्रसिद्ध अनुहार बने जसले समूहमा कूटनीतिक प्रभाव बढायो ।

पहिलो तालिबान शासन (११९९६ -२००१) लाई मात्र तीन देश पाकिस्तान, सउदी अरेबिया र यूएईद्वारा मान्यता प्राप्त थियो । बरादारले वैश्विक मान्यता प्राप्त गर्नको लागी धेरै प्रमुख विदेशी गन्यमान्य व्यक्तिहरुसँग भेट गरे । सेप्टेम्बर २०२० मा उनले तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गरे जो अमेरिका सम्मानजनकरुपमा बाहिरिने आशामा थिए । गत महिना उनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न एक प्रतिनिधिमण्डलको नेतृत्व गरे । त्यो एउटा यस्तो यात्रा हो जसले अब फल दिइरहेको छ । बेइजिङले अगस्त १६ मा भन्यो- चीन नयाँ तालिबान शासनसँग “मैत्रीपूर्ण र सहयोगी” सम्बन्ध को लागी तत्पर छ ।

अफगान जनताको लागि यो साँच्चिकै ऐतिहासिक समयमा दोहा भ्रमण गर्न पाउँदा गर्व लाग्यो । अफगानिस्तानका जनताको लागि दिगो शान्ति ल्याउने प्रयास गर्दा यी महत्वपूर्ण वार्ताको लागि कतारको सरकारलाई उनीहरुले दिएको समर्थनको लागी धन्यबाद भन्दै उनले सामाजिक सन्जालमा ब्यक्त गरे ।

पश्चिमी सरकारहरु एउटै भाषा प्रयोग गर्दैनन् । जता स्वार्थ पर्‍यो उतै वा जतापनि मिल्ने कूटनितिक भाषा बोल्छन् । बरु उनीहरु तालिबानलाई चेतावनी दिइरहेछन्, मानव अधिकारको सम्मान गर्नको लागि । उनीहरु तालिवानलाई पुरै निस्तेज पार्न सक्ने अवस्थामापनि देखिएनन् । त्यसैले उनीहरुको प्रमुख चिन्ता उस्तै छ : तालिबान अन्य जिहादी समूहहरु जस्तो नबनोस् । जिहादीहरुले अफगानिस्तानलाई एक आधार क्षेत्रको रूपमा प्रयोग गर्न नपाउन् । जस्तै, अल-कायदाले अमेरिकामा सन् २०११ को सेप्टेम्बरमा हमला गर्नु अघि प्रयोग गरेको थियो ।

मुल्ला बरादरको प्रारम्भिक जीवन हेर्ने हो भने उनीहरुलाई दुई पटक सोच्नुपर्ने बनाउन सक्छ । म्रिदुभाषी तर कसैलाई खुशि पार्न बढी ब्यग्र (स्लिक डिप्लोम्याट) कूटनीतिज्ञको पछाडि लाग्नसक्ने त्रास र शंका मान्छन् । उनी धेरैकालागि एक युद्ध-कठोर सैन्य कमाण्डर देखिएका छन् । सख्त धार्मिक विश्वास भएका कमाण्डरले विश्वलाई कसरि आस्वस्त पार्न सक्छ भन्ने संसय, त्रास र शंका छ ।

पहिले सोभियत संघ, त्यसपछि अमेरिका

सन् १९६८ मा वीटमक गाउँमा जन्मेका अब्दुल गनी बरादार तालिबान आन्दोलनको जन्मस्थान दक्षिणी अफगानिस्तानको कन्दहार शहरमा हुर्किए । उनी सन् १९७९ – १९८९ को युद्धमा अफगानिस्तानबाट सोभियत सेनाहरुलाई निकाला गर्न लडेका थिए । त्यसले विश्वभरबाट हजारौं इस्लामी लडाकुहरुलाई आकर्षित गर्‍यो । यसपछि अफगानिस्तान र विदेशी जिहादीहरुबीच व्यक्तिगत सम्बन्धलाई बलियो बनायो ।

उनले मुल्लाह उमरलाई यस्तो समयमा भेटे जसले सोभियत संघर्षको बेला एक आँखा गुमाए र तालिबानको सर्वोच्च नेता बने । दुबै कट्टर इस्लामी तालिबान आन्दोलनका संस्थापक सदस्य थिए । त्यो आन्दोलन मुलत सन् १९९० को दशकको शुरुमा दक्षिणी अफगानिस्तानको धार्मिक विद्यालयहरु र पाकिस्तानमा अफगान शरणार्थी शिविरहरुबाट उभिएको थियो । बीबीसीको एक रिपोर्ट अनुसार बारादारले मुल्ला उमरकी बहिनीसँग विवाह गरेकाले ति दुई साढुदाई साढुभाई हुन पनि सक्छन् ।

बारादारको वयस्क जिवन तालिबानले अफगानिस्तान नियन्त्रण गरेको पाँच वर्ष (सन् १९९६- २००१) बाहेक पूरै एक विद्रोहीको रुपमा रह्यो । उनी पहिले देखि नै एक प्रमुख तालिवान व्यक्तित्व थिए । अफगानिस्तानको रक्षा मन्त्रीको पदमा थिए । सन् २०११ सेप्टेम्बरपछि जब अमेरिकी सेनाले देशमा आक्रमण गरे त्यसपछिको हमलालेनै तिनको शासन गिरायो । तालिबान लुकेर गएपछि मात्र उनको भूमिका फेरि बढ्यो । सन् २०१० को गिरफ्तारी भन्दा पहिले धेरै विद्रोही हमलामा उनैको ‘मास्टरमाइन्ड’ लाई श्रेय दिने गरिन्छ ।

अब फेरि बरादर काबुल राष्ट्रपति भवनमा प्रवेश गर्दा उनले के सोच्लान् ? पहिले सोभियत संघलाई लघारेको र त्यसपछि अमेरिकिहरुलाई निष्कासित गर्न सफल लडाईहरुमा आफ्नो भूमिकाको पक्कै याद गर्ने छन् । अब ति रुसी र अमेरिकी लगायत बाँकि विश्वले उनलाई गहिरो धार्मिक दर्शन भएको नेताको रूपमा हेर्न सक्छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक