शनिबार, असोज २, २०७८

प्रवाशका राजनितिक रोगीहरुलाई समयमै उपचारको खाँचो

सूर्य तिवारी / जर्मनी२०७८ भदौ १ गते ०:०२

रोज़गार छ । स्वास्थ्य शिक्षा र सुरक्षा छ । फुर्सदमा रमाइला शहरमा मोजमस्ती गर्न पैसापनि छ । आफन्त र ईस्टमित्रसँग सम्पर्क गर्न सुबिधायुक्त साधन छन् । विदेशमा दैनिक जिवनकालागि आवस्यक सबै कुरा छन् । इन्टरनेट माध्यमबाट विश्वका सबै हालखबर बुझ्न पाइन्छ । ज्ञानगुणका उपदेश देखी विज्ञान, विज्ञापन र अनुसन्धान गर्न साधनपनि सहजै भेटिन्छन् । आखिर के चाहिन्छ ज़िन्दगिमा ? मीठो खान । स्वस्थ जीवन । सुरक्षित ज़िन्दगी । यी सबै सुबिधा प्राप्त हुँदाहुँदै पनि मान्छेलाई एउटा कुराले छोड़न सक्दैन । त्यो हो समाज ।

हामी जून सामाज जतिसकै विकसित मुकुलमा रहेपनि हाम्रो संस्कृती र परम्परा छोड़न सकिन्न । यीनै कुरा जीवन्त राख्न आफ्नै संस्कृती, भाषा, भूगोलभित्रका र त्यस वरिपरीका अन्य वस्तु, परिस्थितिसँग सम्बन्ध जोड़न, तिनलाई बालियो बनाउन संघसंस्थाको आवश्यक पर्ने हुनालेनै ठाऊँ ठाऊँमा विभिन्न नाममा संघ सस्था खोलिन्छन । र परम्परा संस्कृती नभूलुन र सन्ततिलाई सुसंस्कृत बनाउन, सिकाउन भनेर यूरोप अमेरिकाका सरकारहरूले क़ानूनी मान्यता पनि प्रदान गरेका हुन्छन । त्यसैले सगर्व हामी आफ्ना चाडबाड, भेषभूषा बेलाबेला पहिरेर हिंड़न पाऊँछौं ।

हामीले प्राप्त गरेको मानवअधिकारसँग सम्बन्धित अधिकारलाई चयाउसरह उम्रेका संघसंस्थाहरूले भरपूर सदुपयोग गरेका छन् । परम्परा र संस्कृती जोगाउने विषय होस या मुकुलमा प्राकृतिक विपत्ति पर्दा होस स्वसस्फूर्त सहयोग पनि जुटाउँछन् तिनले । एउटा नागरिकले गर्ने कर्तव्य र धर्म निभाउँछन् । यस्तै निस्वार्थ भावले खोलिएका संघ संस्थासँगै नेपालका राजनीतिक आस्थाका आधारमा पनि लगभग सबै राजनीतिक भात्रि संस्था गैह्र्कानुनी रूपमा प्रायः सबै देशमा चलेका छन् ।

राजनीतिक मान्यता प्राप्त नहुँदा नहुँदैपनि यी भात्रि संस्थाका प्रतिनिधिहरु स्वघोषितरुपले आफ्नो स्तर नापजाँच गर्छन् । र समाजलाई विभाजन गर्छन् ।

सबैको आआफ्नो सिद्धान्त हूनु स्वाभाविक हो । हुन्छ पनि । त्यो अधिकार पनि हो । तर बारम्बार बिहारी राजनीति नेपाल हुँदै भित्र्याएर यूरोपका विभिन्न देश र अमेरिकामासमेत प्रभुत्व जमाउन खोज्नु र त्यसलाई समाजले सधैं मान्यता दिईरहनु हिन्दी सिनेमामा हप्तावशुलीलाई मान्यता दिए बराबर हो ।

कैयौं संस्थामा पदाधिकारी निर्विरोध चयन हुन्छन त कहीं सदस्य संख्याले मत जाहेर गरेर सीमित समयलाई आफ्नो प्रतिनिध चुन्छन् । निश्चित कार्यकालको लागि जनमतले चुनिएको कार्यसमितिलाई मान्नुपर्छ । आफ्नो प्रतिकूल मत परेको देख्ने बित्तिकै बवन्डर बच्चाउने । समाज धमिलो बनाउने गर्छन संस्थाका केहि ब्यक्ति । गरिरहेका छन् ।

प्रायः नेपाली राजनीतिको बढ़दो प्रभावले होला, प्रवाशका सबै संस्था अहिले नेपाली राजनीतिको चपेटामा छन् । सहमतिका नाममा आफ्ना कार्यकर्ता भिडाउने मुख्य एजेण्डा बोकेका हुन्छन् तिनले । कथमकदाचित निर्वाचनमा आफ्नो माहोल नबने समाजलाई नै दुर्गन्धित बनाउन कुनैपनि कसर बाँकी राखदैनन् ति । कतिपय यस्ता नेता भनाउँदाहरूले पढ़ेलेखेका अथवा विज्ञता हासिल गरेकाहरुई नजिक परेको रुचाउँदैनन । आफ्नो हार हुँदासाथ जानी नजानी विज्ञप्ती जारि गर्दै समाजमा निर्वाचितहरुलाईनै धम्कि थोपर्छन ।

अझ रमाइलो त कहाँ हुँदैछ भने अधिवेशनताका आफ्ना घोषणापत्रनै सार्वजनिक गर्छन् । जस्तो की, घोषणापत्र अनुसार सम्पूर्ण राज्य संचालननै उनिहरूले गर्नेवाला छन् । स्वास्थ्य, शिक्षा सुरक्षाको ज़िम्मा लिने गरी ।

लाज, शरम र घिन नमानी आफुलाइ अनेक पार्टीको मसिहा मान्छन् ति । सीधासाधा जनमानसका बिच विषादी छर्कने र विषाक्त बनाउने गर्छन् तिनले । टेलिफ़ोनमा तिनको इलम खुराफात गर्नु सिवाय केहि हुन्न ।

सकारात्मक सोच बोकेका समस्त बौद्धिक जगत अब एक बनेर यी राजनीतिक रोगीहरूलाइ समयमै उपचार गर्न जरूरी छ । सङ्लो समाजलाई राजनीतिक पार्टी, जात, धर्म, रंग रोगन, समूदायका आधारमा विभाजन गर्नेहरूलाइ समाजले, सज्जन वर्गले अब बहिष्कार गर्नुपर्छ । अन्यथा कोही नेपाली अर्को नेपालीको मनसँग जोडिन पाउँदैन । किनभने यिनलाई प्रश्रय दिइराख्यो, तिनका गलत स्वार्थका बिरुद्द बोलेन भने तिनले आफूलाई सधैं सफल, अब्बल र महान ठानिरहने छन् । भ्रम छरिरहने छन्, नेपाली समाजमा । झन झन नेपाली समाजलाई बिभाजित गरिरहने छन् । भड्काईरहने छन् ।

तिवारीको अघिल्लो लेखपनि हेर्ने कि ?

चन्द्र-सूर्य जर्सी लगाएर युरोपका रंगशालामा उत्रिने सपना

तपाइँको प्रतिक्रिया

फेसबुक