मंगलबार, वैशाख ११, २०८१

दक्षिणी फ्रान्समा ब्यापक आगजनी- २७०० को उद्दार, पानी झार्ने विमान परिचालन

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १ गते ११:०२

Image Credit-worldwildlife.org

फ्रान्सको दक्षिणी क्षेत्रमा ब्यापक आगजनी भएपछि पर्यटकसहित कम्तिमा २,७०० को उद्दार गरिएको छ । दक्षिणी क्षेत्रको भार भन्ने ठाउँमा लागेको ढढेलोबाट प्रभावित हुनसक्ने हजारौं पर्यटक र स्थानियहरुलाई उद्दार गरेर बाहिर लैजान अग्नि नियन्त्रकहरुले संघर्ष गरिरहेका छन् ।

सयौं अग्नी नियन्त्रकहरुले जंगलमा लागेको डढेलो निभाउन संघर्ष गरिरहेका छन् । पर्यटकिय क्षेत्रमा पर्ने उक्त ठाउँमा क्याम्पिङ गरिरहेका हजारौं पर्यटकहरुलाईपनि उद्दार गरेर सुरक्षित स्थलतर्फ लगिएको छ ।

झण्डै ७५० अग्नि नियन्त्रकहरु र पानी झर्ने विमानहरु उच्च तापमान र तेज हावासँगै कठिन परिस्थितिमा आगोसँग लडिरहेका छन् ।

डढेलो ब्यापक लागेपछि ग्रिहमन्त्री जेराल्ड डर्मानिनले आज मंगलवार उक्त क्षेत्रको भ्रमण गर्न लागेका छन् ।

अग्नि सेवाका प्रवक्ता डेल्फाइन भिएन्कोले हजारौं मानिसहरुलाई बचाउन सावधानी अपनाईएको तर त्यहाँ कुनै पीडित नभएको मेडियाहरुलाई बताए । उनका अनुसार डढेलो भिषणरुपमा लागिरहेको छ ।

दक्षिणी फ्रान्स भूमध्यसागर क्षेत्र वरपरको सबैभन्दा नयाँ क्षेत्र हो जुन गर्मीमा जंगली आगोबाट प्रभावित हुने गर्छ । जलवायु परिवर्तनका कारण डढेलो यसरि बढिरहेको चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।

ग्रीस, टर्की, स्पेन, पोर्चुगल, अल्जेरिया र मोरक्कोको ठूलो भागमा यसै वर्षको गर्मीयाममा ठूलो आगलागी भैसकेको छ ।

आगलागी सोमबार बन्दरगाह शहर तुलों को १०० किलोमिटर उत्तर पूर्वमा एक मोटरवे स्टपबाट शुरु भएको देखिएको थियो ।

अग्नी नियन्त्रण विभागका अनुसार आज मंगलबार बिहानसम्म ३,५०० हेक्टर भन्दा बढि जंगल र झाडीयुक्त क्षेत्रमा डढेलो फैलिसकेको छ । तर आगोको क्षती अहिलेनै यकिन गर्न नसकिएको भनाइ विभागको छ ।

स्थानिय वासिन्दाको सुरक्षा र उद्दारकोलागि करिब ६५० अग्नी नियन्त्रकहरु उक्त क्षेत्रमा खटाइएको भनाई ग्रिहमन्त्रीको छ ।

मुख्यतया सेन्ट-ट्रोपेज, ल मोल र ग्रिमोको गाउँहरु वरिपरिका बासिन्दालाई उद्दार गरेर अन्यत्र सारिएको छ ।

डढेलो ब्यापक रुपमा फैलिइरहेको र डढेलोको गति प्रतिघण्टा चार किमीको दरमा रहेको छ ।

सँ तोपेज क्षेत्रका बासिन्दाहरुलाई सोमवार रातीनै उद्दार गरेर सुरक्षित क्षेत्रतर्फ लगिएको र उद्दारकालागि सहज मार्ग छोड्न स्थानियलाई सडकमा भिडभाड नगरिदिन आग्रह गरिएको छ ।

भूमध्य क्षेत्र वन र आगोको प्रोमेथियस डाटाबेसको अनुसार फ्रान्सका चार क्षेत्रमा सन् २०२१ मा २,३३६ हेक्टरमा आगजनी भैसकेको छ । सन् २०२० मा आगजनी भएको क्षेत्र ७६९८ हेक्टर थियो ।

गत साल मासेई शहरको लोकप्रिय पर्यटकिय क्षेत्रमापनि १,००० हेक्टरमा डढेको लागेको थियो ।

अहिले लगभग २,७०० ब्यक्तिलाई स्थानिय क्षेत्रबाट उद्दार गरिसकिएको अग्नी नियन्त्रण विभागको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक