बिहीबार, चैत १५, २०८०

उम्मेदवारको हात समातेर नेताहरुका दैला चहारिरहुन्जेल कसरी बन्ला एनआरएनए गैर राजनीतिक ?

नेपालप्लस संवाददाता२०७८ भदौ १ गते १४:०५

एनआरएनको सरगर्मी निकै नै बढेको छ । उपेन्द्र महतो-जीवा लामिछनेको रसियन टोलीले यतिबेला काठमाडौंमा अध्यक्षका उम्मेद्वार बद्री केसीलाई हातमा समातेर पार्टी नेताहरुका घर घरमा पुर्याइरहेका छन । यही बेला एनआरएनले आफ्नो श्वेत पत्र जारी गरेको छ । पत्रकार भेटघाटले पनि तिब्रता पाएको छ । आफ्नो १८ वर्षे कार्यकालमा मुस्किलले आधा दर्जन पटक पत्रकार सम्मेलन गरेको यो संस्थाले यही बिचमा रसियन टोलिको नेतृत्वमा पटक पटक पत्रकार भेटघाट भैरहेको छ ।

एनआरएनको अधिवेशन हुन मुस्किलले दुई महिना बाँकी छ । शिरदेधि पाउसम्मको एउटा टोली बद्री केसीलाई काँधमा बोकेर काठमाडौंको परिक्रमा गरिरहेको छ । अझ हाँस्यास्पद त के देखिन्छ भने चुनावी प्रचार कै तहमा एनआरएनले श्वेत पत्र जारी गरेको छ । श्वेत पत्र केका लागि, किन र कुन अवस्थामा गरिन्छ अनी यसको उपदेयता के हुन्छ भन्ने विषय पक्कै पनि ज्ञानवर्धक हुनेछ । अहिलेको यो अनौंठो बेला श्वेत पत्र जारी हुनुको रहस्य गहिरिएर बुझ्नु पर्ने आवश्यकता छैन । श्वेत पत्रको आवरणमा चुनावी रङ पोतिएको छ ।

अनौठो कुरा के छ भने आइएलओले नेपाली मजदुरहरुलाई घर फिर्तीका लागि उपलब्ध गराएको बजेटले करिव दुई लाख नेपाली मजदुरहरु लाभान्वित भएको प्रसंग पढिएको छ । तर त्यो बजेटमा भएको २५ लाख रुपैयाँ बराबरको रकमको घोटालाका बारेमा कतै केही बोलिएको छैन । यदि त्यती रकममा घोटाला नभएको हुन्थ्यो भने अरु एक सय भन्दा बढी नेपाली श्रमिकहरुले उद्दार सहयोग पाउने थिए । यो विषयमा आइएलो प्रोजेक्ट मेनेजरको रुपमा रहेका बद्री केसीले गल्ती स्विकार गरेर माफि माग्नु पर्दछ । त्यसपछी मात्र उनले संस्थाको लागि गरेका कामको उचित मुल्यांकन हुनेछ । गलतलाई सही भनेर जती नै प्रचार गरिए पनि गलत गलत नै हुन्छ ।

आइएलओले नेपाली मजदुरहरुलाई घर फिर्तीका लागि उपलब्ध गराएको बजेटले करिव दुई लाख नेपाली मजदुरहरु लाभान्वित भएको प्रसंग पढिएको छ । तर त्यो बजेटमा भएको २५ लाख रुपैयाँ बराबरको रकमको घोटालाका बारेमा कतै केही बोलिएको छैन ।

चुनाव हुने भएपछी दुई पक्ष पक्कै पनि हुन्छ र चुनावी भिडन्त पनि हुने छ । यसलाई यही रुपमा छोड्नुपर्ने हो । तर त्यस्तो भएको छैन । उपेन्द्र महतो र जीवा लामिछाने जस्ता ब्यक्तिहरु निरपेक्ष रहनुपर्ने थियो उनिहरु रहन सकेनन । चुनावी भिडन्तका एक जना उम्मेद्वारलाई लिएर राजनैतिक नेताका दैलामा पुग्नु भनेको उनिहरुको ब्यक्तित्व मात्र ह्रास हुने होइन नेपाली राजनीतिक दलहरुलाई खुल्ला रुपमा एनआरएन भित्र आमन्त्रण गर्नु हो । यस्तो आमन्त्रणले एनआरएन भित्र उहाँहरुले नै बनाएको पर्खाल भत्किन्छ । मार्गदर्शकको भूमिकामा रहनुपर्ने ब्यक्तिहरु चुनावको शन्ध्यामा कुनै एउटा उम्मेद्वारलाई लिएर नेताहरुका घर घर धाउनु एनआरएन कै लागि सकारात्मक सन्देश पक्कै होइन ।

एनआरएनलाई गैर राजनीतिक संस्थाको रुपमा परिभाषित गरिएको छ र यो यस्तै रहनु पर्दछ । तर अधिवेशनको पुर्वसन्ध्यामा संस्थालाई बाटो देखाउने अग्रजहरुका कृयाकलापहरु यस्तो बाटोमा लम्किनुले यतिधेरै नेपाली आवद्द छन भनिएको संस्थालाई अविछिन्न राख्दैन । तर अभियन्ताहरुले राजनीतिक दलका नेताहरुलाई भेट्नै हुँदैन भन्ने होइन, भेट्नु पर्दछ । धेरै नेपालीहरुका सरोकारका कुराहरु पुर्‍याउनुपर्ने हुन्छ । जीवा लामिछाने र उपेन्द्र महतो जस्ता अभियन्ताहरु नै प्रवाशी नेपालीका प्रतिनिधिहरु हुन । तिनैले हो सरकारसँग हाम्रा कुरा भन्ने तर यसरी सापेक्ष बनेर उम्मेद्वार बनेको ब्यक्तिलाई नगर परिक्रमा गराउनु गैर आवाशिय नेपाली विच विखण्डन ल्याउने तयारी हो ।

चुनाव भनेपछी पक्ष विपक्ष हुन्छन । स्वभाविक हो । तर अग्रज भनिएका ब्यक्तिहरुले नै सधैंभरी हुकुमको बास्सा खोजिरहनु बहुल समाजमा मान्य हुने छैन । यो स्वभाविक हो, अहिलेको एनआरएन अधिवेशन नेपालका राजनैतिक दलहरुको चाहना भन्दा पर हुने छैन । उनिहरुले सकेसम्म गैर आवाशिय नेपाली संघ भित्र खेल्न खोज्ने छन् । यसका कारण छन् ।

निकट भविष्यमै नेपाली कांग्रेस र एमालेले आफ्नो महाधिवेशन गर्दैछन । यि दुबै पार्टीले एनआरएन स्थापना हुनुभन्दा निकै पहिले देखिनै आफ्नो संगठन विस्तार गरेका हुन । एनआरएनले सोचे जस्तो यो पार्टीहरुको संजाल त्यति कमजोर छैन । एनआरएनको जग यिनै पार्टीका कार्यकर्ताहरुले बनेको छ । यि दुबै पार्टीको महाधिवेशनमा दुई सय भन्दा माथि महाधिवेशन प्रतिनिधिहरु विदेशबाट जान्छन । कुनै एउटा उम्मेद्वारको जित हारका लागि विदेशबाट जाने यि मतहरु निर्णयक हुन । यात्रो मतदाता रहेको ठाउँमा उनिहरुले राजनीति नगरुन यसको गुन्जायस नै हुँदैन । राजनीति गर्छन् । त्यसमा पिर मान्नु पर्ने कुरा भएन । पार्टीहरुले आफ्ना बहत्रि संगठनलाई पत्र पठाइसकेका छन- ‘जुनासुकै हालतमा पनि आफ्ना पक्षिय उम्मेद्वारलाई जिताउनु’ ।

जीवा लामिछाने र उपेन्द्र महतो जस्ता अभियन्ताहरु नै प्रवाशी नेपालीका प्रतिनिधिहरु हुन । तिनैले हो सरकारसँग हाम्रा कुरा भन्ने तर यसरी सापेक्ष बनेर उम्मेद्वार बनेको ब्यक्तिलाई नगर परिक्रमा गराउनु गैर आवाशिय नेपाली विच विखण्डन ल्याउने तयारी हो

नेताहरुलाई देशका लागि मात्र लगानी चाहिएको छैन । आफ्ना लागि समेत लगानी गर्ने मान्छे चाहिएको छ । आफ्नै महाधिवेशन नजिकै उभिएको यो समयमा उनिहरुले एनआरएन भित्रका आफ्ना कार्यकर्ताहरुलाई जाँगरिलो बनाउन खोज्नु सामान्य हो । साँढे दुई सय भोट् चानचुने होइन । बिदेशबाट जाने यि भोटले कतिपय नेताको भविष्यय निर्धारण गरिदिन सक्छ । आफ्नै भविष्य बिग्रिने गरेर कुनै पनि दलको कुनै पनि नेताले यो विषयलाई नजरअन्दाज गर्न सक्दैन । त्यसैले अहिलेको अवस्थामा एनआरएनको महाधिवेशन उनिहरुको चासोको विषय हो ।

तर राजनीतिक पार्टी र तिनका नेताहरुलाई विदेशका नेपालीहरु विच खेल्न मिल्ने गरी जमिन बनाइदिनु धेरै गैर आवाशिय नेपालीहरुको चासो भन्दा बाहिरको कुरा हो । गैर आवाशिय नेपालीहरुका अग्रज भनिएका उपेन्द्र महतो र जीवा लामिछनेले यो कुरा हरेक कोणबाट बुझ्नुपर्छ, यदि गैर आवाशिय नेपाली संघलाई साँच्चै नै गैरराजनीतिक बनाउन खोजिएको हो भने निरपेक्ष बन्न सक्नुपर्छ । कुनै एउटा उम्मेदवारको हात समातेर नेताहरुका दैला चहारिरहुन्जेल यो संघ गैरराजनीतिक हुन सक्दैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक