शुक्रबार, वैशाख १४, २०८१

अमेरिकामा चिडियाखानाका जनावरलाई धमाधम कोरोनाको खोप

नेपालप्लस संवाददाता२०७८ भदौ १ गते १६:४४

अमेरिकामा बाँदरहरुलाई कोरोना भाईरस (कोभिड-१९) बिरुद्दको खोप दिन थालिएको छ । उनीहरुले अमेरिकाको चिम्पाजी आरक्षण केन्द्रबाट यो खोप शुरु गरेका हुन् ।

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को खोप रोलआउट जारी रहेको हुनाले, केहि अमेरिकी चिडियाखानाहरुमा एक समानान्तर खोप प्रयास थालिएको छ । उनीहरुका जनावरहरु, विशेष गरी चिम्पान्जी, गिब्बन जस्टा ठूला बाँदरहरुको रक्षा गर्नको लागि खोप अभियान शुरु गरिएको हो ।

केहि बाँदरहरु कोरोना भाईरस लागेमा कमजोर बन्न सक्ने भन्दै त्यस्ता कमजोर ठानिएकाहरुलाई शुरुमा खोप दिईने छ ।

“हाम्रो पशु चिकित्सक र धेरै चिडियाखानाका व्यक्तिहरुसँग परामर्श गरेपछि हामी विश्वस्त छौं कि हामीले गरेको यो सही निर्णय हो” चिम्पस आरक्षण परियोजनाको कार्यकारी निर्देशक अली क्रुमप्याकर भन्छन् ।

धेरै अन्य अमेरिकी चिम्प आरक्षण केन्द्रका बिज्ञहरुले आफ्ना आरक्षणका बाँदरहरुलाई खोप लगाउने कि अन्य आरक्षणमा खोप लगाएका बाँदरहरुको प्रारम्भिक नतिजा हेर्ने भनेर छलफल गरिरहेकोपनि उनले बताएका छन् । तर केहिले भने यस्तो खोप दिनुभन्दा सावधानीका उपायहरु लिएनुलाई सहि ठान्छन् ।

बाँदर विशेषज्ञ (प्रिमेटोलोजिस्ट) हरु महामारीको शुरुवात देखिनै पाल्तु र जंगली दुबै ठूला वाँदर (ग्रेट एप्स्) को बारेमा चिन्तित छन् । चिम्पान्जी, गोरिल्ला, ओराङओटन र बोनोबोस सबै ‘एन्जियोटेन्सिन-कन्भर्टीङ एन् एन्जाइम २’ सेल सतह रिसेप्टर जसको सार्स- कोबिड-२ संक्रमण शुरु गराउन पूलको काम साझेदारी गर्छ । यसबाहेक, मानव माध्यमद्वारा हुने संक्रमणले विगतमा ठूला बाँदरको संख्यालाई नष्ट गरेको छ ।

कोभिड -१९ को लागी “ठूला बाँदरहरु अति संवेदनशील छन्” इकोहेल्थ एलायन्समा विज्ञान र अनुसन्धानका उपाध्यक्ष जोन एपस्टीन भन्छन् “जंगली जनावर र मानिसहरुलाई रोगजन्य (प्याथोजेन) रोगहरुबाट जोगाउन आवस्यक छ । त्यसमा समर्पित एक गैर नाफामुखी उक्त संस्थाले भनेको छ “यस संक्रामक रोगसँग वास्तविक र संरक्षणका लागि विविध चिन्ताहरु छन्।”

चिडियाखाना, संरक्षण केन्द्र, राष्ट्रिय निकुञ्जहरु कोभिड १९ बिरुद्ध ठूला बाँदरको सुरक्षाको लागि उपायहरु कडा बनाइएको छ । मास्क, पन्जा, र अन्य व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) को उपयोग बढाउने र जनावरहरुको लागि थप प्रतिबन्ध लगाउने गरिएको छ ।

खासमा चिन्ता जनवरीमा बढ्यो जब सान डिएगो चिडियाखाना सफारी पार्कमा आठ गोरिल्लाहरु भाइरसद्वारा संक्रमित भए । उनीहरु बाँचे । तर तिनमा खोकि र निमोनिया देखिएको थियो । त्यसपछि सान डियागोले बाँदरमा खोप लगाएर पहिलो उदाहरणिय काम देखाउन खोज्यो ।

फेब्रुअरीमा नौ वटा ओराङओटन र बोनोबोलाई ज्याब्स दिएर पनि ख्याल गर्न थालियो । तिनीहरुलाई एक अमेरिकी कम्पनी द्वारा प्रदान गरीएको फाइजर खोप दिईएको थियो । त्यस खोप बाँदरहरुमा ९० प्रतिशत प्रभावकारि देखिएको छ ।

सान डिएगो चिडियाखाना र वन्यजन्तु गठबन्धनका प्रमुख संरक्षण र वन्यजीव स्वास्थ्य अधिकारी नादिन लाम्बेर्स्की भन्छिन्, “कोभिड १९े यहाँ लामो समयसम्म रहने देखिन्छ । हाम्रा जनावरहरु हाम्रो समुदायको हिस्सा हुन् । हाम्रो समुदायको बथानलाई प्रतिरक्षा प्राप्त गर्नको लागि हामीले सकेसम्म धेरैलाई खोप लगाउन आवश्यक छ ।”

पर्दा पछाडिको अर्को महत्वपूर्ण कुरा के छ भने अन्य चिडियाखाना र आरक्षण केन्द्रले ध्यान दिइरहेका थिए । सान डिएगो चिडियाखानाले यस वर्षको शुरुमा खोपले बाँदरमा कुनै गम्भीर प्रतिकूल प्रभावहरु विकास नगरेको रिपोर्ट गरेको थियो । केहि हल्का प्रतिक्रियाहरु जस्तै टाउको दुखाईको संकेत मात्रै देखाएको थियो । त्यसपछि तुरुन्तै संयुक्त राज्य भरमा ७० भन्दा बढी चिडियाघर, आरक्षण केन्द्र र अन्य संस्थाहरुले आफ्ना जनावरको लागि खोपका मात्राहरु माग गरेका थिए ।

हाल अमेरिकामा एक दर्जन भन्दा धेरै चिडियाखानाका ओटर (जल विरालो ?), ठूला बाँदर, भालु, र अन्य जनावरहरुलाई खोप लगाउन थालेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक