शनिबार, वैशाख ८, २०८१

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

नेपालप्लस संवाददाता२०७८ भदौ २ गते १५:१३

Image Credit-unicef.org/afghanistan

तालिबानहरुले अफगानिस्तानका महिलाहरुलाई काम गर्न र औपचारिक शिक्षा लिन दिने घोषणा गरेका छन् । तर त्यो ‘इस्लामिक कानुन अनुसार’ हुने भनाई तिनको छ ।

तालिबानले महिला अधिकारको सम्मान गर्ने, उनीहरुको विरोध गर्नेहरुलाई माफ गर्ने बताएको छ । उनीहरुले विश्व शक्तिलाई आस्वस्त पार्ने, उनीहरुको भूमिका परिवर्तन भएपनि जनमानसमा रहेको भ्रम, त्रास र भयभीत जनसंख्यालाई विश्वस्त पार्ने उद्देश्यले एक सुरक्षित अफगानिस्तान सुनिश्चित गर्ने वाचा गरेका हुन् ।

अफगानिस्तानभरि बिजुलीको झड्का जस्तै आक्रमण गरेर धेरै शहरहरु बिना लडाई आफ्नो कब्जामा परेपछि तालिबानले सन् १९९० को अन्तमा एक क्रूर शासन लगाए भन्दा धेरै उदारवादीको रूपमा आफूहरुलाई उभ्याउन खोजेका छन् । तर धेरै अफगानहरु उनीहरुप्रति भयग्रस्त, त्रसित र सशंकित छन् ।

पुरानो पुस्ताले तालिबानको अल्ट्राकन्जरभेटिभ इस्लामिक विचारहरु सम्झिरहेका छन् जसमा महिलाहरुमाथि कडा प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलापछि अमेरिकी नेतृत्वको आक्रमणबाट उनीहरुलाई सत्ता बाहिर निकाल्नु अघि सार्वजनिकरुपमै महिलाहरुमाथि ढुंगा हान्ने र अंग काट्नसमेत लगाईएको थियो । हाल तालिवानहरुले त्यसबाट शिक्षा लिन खोजेको, समयानुकुल, विश्व परिवेशको दबाब अनुकुल बदलिन खोजेको देखाउन खोजेका छन् ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबानले महिला अधिकारको सम्मान गर्ने वाचा गरे । तर इस्लामी कानूनको मापदण्डमा रहेर महिला अधिकार स्वतन्त्र बनाइने भन्दै उनले केही विवरण दिए । उनले भने ” महिलाहरुलाई स्वतन्त्र पार्न चाहन्छ । तालिबान समूह निजी मिडिया स्वतन्त्र रहको चाहन्छ । तर पत्रकारहरुले राष्ट्रिय मूल्यहरुको बिरुद्ध काम नगर्नु ।”

उनले विद्रोहीहरुद्वारा अफगानिस्तान सुरक्षित गर्ने प्रतिज्ञा गर्दै पूर्व सरकार वा विदेशी सरकार वा सेनाहरुसँग काम गर्नेहरुसँग बदला लिन नचाहेको बताउँदै भनेका छन् “हामी तपाइँलाई आश्वासन दिन्छौं कि कोहिपनि तालिबान तपाईहरुको ढोकामा गएर बिदेशी सेना, सरकारी सेना वा अरुलाई किन सहयोग गरेको भन्ने छैन ।”

यसअघि तालिबानको सांस्कृतिक आयोगका सदस्य एनामुल्लाह सामंगानीले यस्तै प्रतिज्ञा गरेका थिए । तालिबानले विवरण नदिई र सरकारमा सामेल हुन महिलाहरुलाई प्रोत्साहित नगर्दै आममाफी दिने उनले बताएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक