शुक्रबार, वैशाख १४, २०८१

शान्त छ अफगानिस्तानको राजधानी काबुल

नेपालप्लस संवाददाता२०७८ भदौ २ गते १५:५०

बहुराष्ट्रिय सेना र अफगानिस्तान सरकारको पतन सँगै तालिबानहरुले कब्जा जमाउँदा काबुल हत्याहिंसा, अशान्ति र रक्तपातमा मच्चिएला भन्ने धेरैको अनुमान गलत साबित भएको छ । तालिबानहरु हाबी भएपछि तेस्रो दिनसम्म अफगानिस्तानको राजधानी काबुन शान्त छ ।

काबुलको राजधानी अर्को दिन शान्त रहनुको कारणपनि बिगतमा अशान्तिको कारण रहेको भनिएका तालिबाननै हुन् । किनकि तालिबानले काबुलका गल्ली गलीमा गस्ति गरिरहेका छन् । धेरै बासिन्दाहरु घरमै बसेका छन् । विद्रोहीहरुको कब्जापछि जेल खाली भएका छन् । किनकि जेलका सबै नागरिकलाई तालिबानले छुटाएका छन् । हतियारहरु लुटिएको देखेकाले नागरिक डराएका छन् । धेरै महिलाहरुले भय व्यक्त गरेका छन् ।

दुई दशकसम्म पस्चिमी शक्तिकै बलमा भएपनि थोरै स्वतन्त्रता भोगेका महिलाहरु तालिबानबाट सहजै स्वतन्त्रता भोग्न पाइएला भनेर निर्धक्क छैनन् । तालिबानले देशको पूनर्निर्माण गर्ला भन्ने आशापनि धेरैमा पलाएको छैन ।

जर्मन सहयोग रोक्का

यसैबीच जर्मनीले तालिबानको कब्जामा अफगानिस्तानलाई दिइने विकास सहायता रोकेको घोषणा गरेको छ । यो सहायता अफगानिस्तानको विकास कोषको लागि एक महत्वपूर्ण स्रोत हो । तालिबानको मानव अधिकारप्रतिको सुनिस्चितता, कोषको सहि सदुपयोग, महिलाहरुमाथिको भेदभावको अन्त्य, राजनितिक स्थिरता वा कम्तिमा सहि तरिकाले स्थायि सरकारको निर्माण आदि विषयमा दबाबकालागिपनि सहायता रोकिएको हुनसक्छ । वा तालिबान सरकार गठन भएपछि तिनको संस्करण पेश गर्नको लागिपनि हुन सक्छ ।

तपाइँको प्रतिक्रिया