शुक्रबार, वैशाख ७, २०८१

अफ्रिकाको रुवाण्डामा एनआरएनएको नयाँ शाखा गठन

नेपालप्लस प्रतिनिधी / अफ्रिका२०७८ भदौ २ गते २२:०१

अफ्रीकाको रुवाण्डामा गैरआवाशिय नेपाली सङ्घ (एनआरएनए) को नयाँ राष्ट्रिय शाखा खुलेको छ । एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाका अनुसार रमेश प्रसाद शर्माको अध्यक्षतामा गठन भएको राष्ट्रिय समन्वय समितिका उपाध्यक्षमा मोहन श्रेष्ठ, महासचिवमा आशिष थापा, कोषाध्यक्षमा शाश्वत कार्की, महिला संयोजक तिर्सना कोइराला र युवा संयोजकमा टीका राना छन् ।

त्यसैगरी सदस्यहरूमा बिकाश श्रेष्ठ, होमबहादुर खङ्गहा, सुष्मिता शर्मा, सुमित्रा पहाडी, बिरेन्द्र कुमार मण्डल, रामचन्द्र कापर, बेदप्रसाद पाण्डे, प्रकाश दाहाल, भिमबहादुर मगर र शुशान्त मलिक रहेको निर्वाचन संयोजक उमेश आचार्यले जानकारी गराएका छन्।

एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाका अनुसार रुवाण्डालाई नयाँ राष्ट्रिय समन्वय समितिको रुपमा मान्यता दिन शिफारिश गरिसकिएको छ । सन १९९० को दशकमा गृहयुद्धमा परि १० लाख भन्दा बढीको ज्यान गएको रुवान्डा अहिले भने अफ्रिकाको सबैभन्दा द्रुत गतिले आर्थिक बिकाश भइरहेको देश हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक