शुक्रबार, वैशाख १४, २०८१

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

नेपालप्लस संवाददाता / काठमाडौं २०७८ भदौ ३ गते १६:१९

Image credit-fr.wikipedia.org

तालिवानले अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट गरेका छन् । अपदस्त राष्ट्रपती घानीपनि आफ्नो देश फर्किन चाहेको र त्यसकोलागि वार्ता चलिरहेको बताएका छन् ।

तालिबानका वरिष्ठ सदस्यहरूले पूर्व राष्ट्रपति हमिद कारजाई र वरिष्ठ अधिकारी अब्दुल्लाह अब्दुल्लाहलाई भेटेर अफगानिस्तानमा सरकार बनाउन चाहेको बताएका हुन् । भेटमा उनीहरुले दुई दशक पहिलेको तालिबान क्रुस शासनकालभन्दा फरक हुने प्रतिज्ञा गरेका छन् । अब आफूहरुले सकारात्मकरुपमा शासन गर्ने बिश्वासपनि दिलाउन खोजेका छन् ।

तर हजारौं अफगान र विदेशीहरु अझै पनि अफगानिस्तान छोड्न कोसिस गरिरहेका छन् । तालिबान कट्टरपन्थीहरुले बिगतमा गरेको मानव अधिकार उल्लंघनको त्रास सम्झिएर उनीहरु तालिबानप्रति आस्वस्त बन्न सकेका छैनन् ।

संयुक्त अरब इमिरेट्समा गएर शरण लिएका अपदस्थ राष्ट्रपति अशरफ घानीले तालिबान र पूर्व शीर्ष अधिकारीहरु बीच वार्ताको समर्थन गर्दै आफू आफ्नै घरमा फर्कनको लागि वार्ता गरेको बताएका छन् ।

करिब २० वर्षको युद्ध पछि अमेरिकी सेनाहरु घर फिर्ता ल्याउन अमेरिकी राष्ट्रपति जो बिडेन दबाबमा थिए । उनले अग्स्ट ३१ मा आफ्ना सेनाहरु फिर्ता ल्याउने भनेपनि सम्पूर्ण अमेरिकीहरु अफगानिस्तानबाट फिर्ता नभएसम्मकालागि केहि अमेरिकी सेना अफगानिस्तानमै राख्ने बताएका छन् ।

तालिबानको त्रासले देश छोड्न चाहनेहरुलाई विमानस्थलसम्मको पहुँचसमेत बन्द गरिदिएका तालिबानहरुको शान्तिसुरक्षा, विकास र मानव अधिकारको बाचाप्रति अमेरिकाले शंका गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनले घानी देशको जटिल राजनीतिक मञ्चमा अब महत्वपूर्ण व्यक्ति नरहेको बताएका छन् । यो अभिब्यक्तिले अमेरिकाले आफ्नो चाखमा राजनितिक स्वार्थ लिन अर्को प्रयास चाल्न खोजेको संकेतकारुपापनि बुझिएको छ ।

तालिबानले सरकार बनाउन खोजेपछि नेता हैबतुल्लाह अखुन्दजादाले राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएका छन् र प्रान्तीय गभर्नरहरुलाई उनीहरुलाई कुनै प्रतिबन्ध वा शर्त बिना रिहा गर्न आदेश दिएका छन्।

तालिबान वार्ताकार अनस हक्कानीले २००१ मा तालिबानलाई हटाएपछि अफगानिस्तानका पहिलो पश्चिमी समर्थित नेता कारजाई र सरकारको शान्ति परिषद्को नेतृत्व गरेका अब्दुल्लाहलाई भेटेका थिए ।

संयुक्त अरब इमिरेट्समा रहेका घानी र उनको परिवारलाई मानविय आधारमा शरण दिएको इमिरेट्सले बताएको छ । घानीले तालिवान र सरकारबिचको वार्ता सफल भएको हेर्न चाहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया