बिहीबार, चैत १५, २०८०

फ्रान्समा कोविड स्वास्थ्य पासको कालो बजार फस्टाउँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ३ गते १९:०१

फ्रान्समा कोरोना भाईरस (कोभिड-१९) खोप लिन अस्वीकार गर्ने मानिसहरु अनलाइनको कालो बजारमा नक्कली स्वास्थ्य पासको लागि सयौं यूरो खर्च गरिरहेका छन् । सरकारले क्याफे, अन्तर शहर ट्रेन (मेट्रो रेल) र अन्य सार्वजनिक स्थानहरुमा प्रवेश गर्न कोरोना पास हुनैपर्ने भनेर बाध्य तुल्याएको छ।

कफी सप, यातायात, सिनेमा वा कतै सार्वजनिक स्थलमा जाँदा कोरोना खोपको पूर्ण मात्रा लगाएको, कोरोना लागेर निको भएको वा पिसिआर परिक्षण नेगेटिभ भएको प्रमाण नभैनहुने भएपछि खोपमा अविश्वास नभएका व लगाउन आवस्यक नठानेकाहरुले यस्तो नक्कली पास लिएर छल्न थालेका हुन् ।

यस्ता नक्कली प्रमाण बिक्रि गर्ने र लिने दुबैमाथि जेल सजायँसम्मको ब्यवस्था हुँदापनि स्न्यापसट भन्ने साईट खोलेर नक्कली स्वास्थ्य पास खरिद बिक्रि भैरहेको फ्रान्सका प्रहरीहरुले सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा एप्स (अनुप्राग) खाता खोल्ने र त्यसैमार्फत बिक्रि हुने गरेको छ । यस्ता साईटहरु केहि दिनमात्रै खुला रहने र त्यसपछि बन्द हुने गरेका छन् । नक्कली बिक्रेताहरुले एप्समा खुलेआम बिज्ञापन गरिरहेका छन् ।

केहि बिज्ञापनहरुमा भनिएको छ ‘तपाईको स्वास्थ्य पास बढिमा ८ देखि १० घण्टा भित्रै’, ‘खोप बैकल्पिक छनौट मात्रै हो, हाम्रो साईट, हाम्रो प्रयासलाई धन्यावाद’, ‘खोप नलगाई स्वास्थ्य पास लिनुहोस ।’

नक्कली पास लिने मध्ये केहिले ३५० युरो तिरेर अनलाईनबाट खरिद गरेको एएफपीलाई बताएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

केहिले आफूहरु खोप बिरोधी नभएपनि खोप लगाउनैपर्ने कमजोर अवस्थाका नभएकाले खोपकालागि बाध्य पार्न नहुने बताउँदै स्वास्थ्य पास लिएको बताएका छन् ।

आफू कोरोना संक्रमित छैन भनेर नियमित परिक्षण गराउनु संभव नभएको र त्यो नभए काम गर्न नपाइने हुनाले त्यसतो पास किनेको बताउनेहरुपनि छन् ।

स्वास्थ्य पास लिनकोलागि आफ्नो स्वास्थ्य परिचय पत्रको नंबर र अन्य ब्यक्तिगत परिचय खुलाउनुपर्छ । तर नक्कली बिक्रेताहरुले यस्ता नम्बरहरु मिलाएर नक्कली राखिदिने गरेका छन् ।

फ्रान्सेली प्रहरीले यस्ता नक्कली पास बिक्रि गर्नेहरुमध्ये केहिलाई पक्राउ गरेको छ र अन्यको खोजि जारि राखेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक