मंगलबार, मंसिर २१, २०७८

एनआरएनए बजारमा साँढे दुई हजार खसी बोकाको मोलमोलाई

ददि सापकोटा२०७८ भदौ ३ गते २०:३५

दशैं आउँदै छ । दशैंको चटारो सँगै पहाडबाट भेडा च्यांग्रा, खसीबोकाको लर्को लाग्छ । ति केहि दिन लेकबेशी हिँड्दै डम्फर, ट्रक, बसका छतमा चढेर बेशीतिर झर्छन् । त्यसपछि खसीबोका, च्यांग्राका घाँटीमा लगाएको दाम्लो दोस्रो खाले ब्यापारीका हातमा सर्छ । त्यो दाम्लो एकपछि अर्का ब्यापारी, दलालको हात बदलिँदै ति बलीमा चढ्छन् । खुकुरी र खुँडाले सेरेपछि तिनले दिने काम भोजभतेर हो । खानेहरु रमाउँछन् । खसीबोका, च्यांग्रा र पाडाको जिन्दगी सकिन्छ । तिनको उपयोग त्यसपछि हुन्न ।

ठ्याक्कै यस्तै यस्तै अवस्था दशैंको मेसो पारेर नेपाली २००० भोटकोपनि बजारिकरण हुन्छ । ति मालिकका मतपत्रमा गएर सेरिन्छन् । दलालका नारामुनि नारिन्छन् । र राजनितिक दलालीकरणको जुवामुनि जोतिन्छन् ।

एनआरएनएको आगामी निर्वाचन दशैं तिहारकै मेसोमा हुँदै छ । तिन हजार पाँच सय देखि चार हजार मत मध्ये आधा मत जोसित छ तिनको मत खुला बजारमा बिक्रि हुन्छन् । ति मत सोहोर्न उम्मेदवार, दलाल, ब्यापारी, बिचौलिया, ठेकेदार फुच्चे नेतादेखि मानव तस्करसम्मले दोकान थापेर बसिसकेका छन् । त्यो दोकान अहिले लगभग खुला भैसकेको छ ।

निर्वाचनको बलीमा चढ्ने मतदाताको पशल भने खुलिसकेको छ । र मत कसलाई दिने हो मत दिनेलाई पत्तोसम्म नहुँदै तिनको मतको मोलमोलाई भने शुरु भैसकेको छ ।

दशैंका खसि बोका, च्यांग्रा र दशैंको माचामाचमा हुने एनआरएनएको कुम्भमेलाका मतदातामा थोरै फरक छ । पहाडबाट भौतिक डोरीले घाँटीमा दाम्लो बाँधिएर ति बेशी, शहर, सुगम झर्छन् । दशैंका मतदाताको भने दिमाखमा रसी बाँधिन्छ । त्यो रसी यो पटक इन्टरनेटबाट निर्मित दूरदराजवाला हो । खसीबोकालाई घाँस हालेर लोभ्याउँदै बेशी झारिन्छ भने दशैंमा मतदातालाई डलर, युरो र राजनितिक घाँस हालेर लतारिन्छ । खसीबोकाको घाँटीमा रसी बाँध्ने काम अलि पछि होला । तर निर्वाचनको बलीमा चढ्ने मतदाताको पशल भने खुलिसकेको छ । र मत कसलाई दिने हो मत दिनेलाई पत्तोसम्म नहुँदै तिनको मतको मोलमोलाई भने शुरु भैसकेको छ ।

काठमाडौंको पुरानो बसपार्क नजिकको खसीबोका बजारमा खसी, बोका, च्यांग्राका दलाल, ब्यापारी गएर हेर्छन् ।

‘म यो खसीलाई ५० हजार दिन्छु ।’

‘यो च्यांग्रो अलि लिखुरे रहेछ, ४० हजारभन्दा दिन सक्दिन।’

‘उचाल्दा गह्रुंगो गह्रुंगो त लाग्छ तर खासै तौल छैन होला हो, त्यसैले २५ हजारसम्म दिउँला ।’ मोलमोलाई दह्रै चल्छ ।

त्यसपछि खसी ब्यापारीले अलि महँगा ग्राहक खोज्छ । किनभने बेचेर रकम दिने शर्तमापनि त उसले खसीबोका ल्याएको हुन्छ । परल मूल्य मात्रै दिए त उसले के खाने । एकादशीतिरै बेच्नु र तिनलाई काट्नु अघि फूलपाती, अझ अस्टमीकै बिहान बेच्नुमा भाउ फरक पर्छ । ब्यापारीले कुर्छ, दाम बढी पाउने आशामा ।

गाउँको खसीपालकबाट २५ हजारमा ल्याएको खसी बजार लगेर ३५ हजारमा बेचबाच पारेर १० हजार कमिशन खाए जस्तै नेताको छोटे एजेन्ट नेताले उसैगरि बेच्छ । नेताको बगलीमा रकम बुझाएर बिचमा उसले खाइदिन्छ ।

ठ्याक्कै यस्तै भैरहेछ, एनआरएनए निर्वाचनमा मत बोकेर बसेका बलिमा चढ्न तयारहरुकोपनि । अहिलेदेखि राजनितिक पार्टीका नेताहरु भनिरहेछन् ‘अमेरिकामा यति छन् । बेलायत, अष्ट्रेलिया, पोर्चुगल, हङकङ, कतार, युएई, मलेशिया आदि यि यि देशमा यति यति छन् । यति पैसा दिने भए तिनलाई बिक्रि गरिहाल्छौं ।’

चीलगाडीमा आएकाले मोटरगाडीमा आउनेलाई खुइल्याएको हेर्दै एउटा च्याङ्रो

मतको ब्यापारी एउटा उम्मेदवार पसलेकोमा गएर हजार मतको यति हजार डलर, यति लाख नेरु वा यति हजार युरो भन्दै खुसामत गर्छ । ब्यापारीले यत्तिभन्दा तिर्न सक्दिन भन्छ । दलाली गरेर पैसा लिएको मेसो नपाओस् भनेर नेतोले आफ्ना एजेन्ट, दलाल, बफादार सिपाहीहरु खटाउँछ ‘यतिसम्म पाए बेच्नु ।’ गाउँको खसीपालकबाट २५ हजारमा ल्याएको खसी बजार लगेर ३५ हजारमा बेचबाच पारेर १० हजार कमिशन खाए जस्तै नेताको छोटे एजेन्ट नेताले उसैगरि बेच्छ । नेताको बगलीमा रकम बुझाएर बिचमा उसले खाइदिन्छ । अझ ति मत तेस्रो चौथो तहका भुइफुट्टा नेता, दलाल, मजदूरमारा, देशदेशका एजेन्टकोमा पुग्छ ‘मैलेपनि नेता, पार्टीलाई यति बुझाउनुपर्छ । यति मलाई दिनु र जति सकिन्छ बढाएर, मोल कसेर बेचेर जतिसकिन्छ उति खानु ।’

मान्छेरुपी ति खसीबोका र च्यांग्राको मूल्य पुरानो बानेश्वरको खसी बजारमा भन्दा धेरै बढिबढाउ, मोलतोल हुन्छ ।

एउटा आउँछ र भन्छ ‘म यति हजार डलर दिनसक्छु ।’
दलालीले भन्छ ‘हुन्न, यतिसम्म देउ । फलानोलेनै त्यो भन्दा बढि दिसकेको थियो, नदेर राख्या ।’

‘तेरा मात्रै छन् र खसीबोका ? म बेलायती खसी नपाए, महँगो परे अष्ट्रेलियन खसीको मोलमोलाईमा जान्छु ।’ मुन्टो फर्काउँदै भोट खरिदकर्ता अर्को ग्राहककोमा जान्छ ।

अर्को ब्यापारी आउँछ र भन्छ ‘मलाई एक सय भेडाले पुग्दैन । खोजिदिनु, मेरो भोज फत्ते गर्न कम्तिमा तिन सय भेडा चाहिन्छ । जापानी, युएई, कतारी, पोर्चुगी, मलेशियन, बेलायती जुन जुन भेडा हुन्छ थपेर जोडजाड पार्दिनु ।’

यो भेडा, खसीबोका, च्यांग्राको बजारमा अनेक खाले बेपारी आउँछन् । ति भेडाच्यांग्रा देखाएर दशैं शुरु हुनु अघिदेखिनै भोजभतेर शुरु गर्छन् । भोजको रौनक र झोलको झमझममा भेडाबाख्रा, च्यांग्राको देश, उत्पत्तीस्थलबारे गम्भिर छलफल हुन्छ । ति कत्तिको बेमानी छन्, ईमान्दार छन्, कत्तिको हान्न आउने खाले छन् सबै चर्चापरिचर्चा हुन्छ ।

कतिपय च्यांग्रा बेपारी यति बाठा हुन्छन् कि १०० वटा भेडा र च्यांग्राको चार पाँच खाले बेपारीबाट बैना लिन्छन् । कुनै बेपारी त केहि ब्यापारीसित पैसा लिन्छन् र दाम असुलिसकेपछि फरार हुन्छन् । महासचिव, सचिव, अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य ग्राहक कतिकति । ति हरेकलाई बिक्रि गरिदिन्छन् ।

वर्षै पिच्छे आउने दशैं र दुई वर्षमा एक पटक आउने मतको दशैंमा भेडाच्यांग्रा ब्यापारी, दलालको ध्याउन्न हुन्छ ‘वर्षदिनलाई पुग्ने त कमाउनै पर्छ । यो दशैं सधैं आउन्न । यस्तो पर्व सधैं लाग्दैन । यो कुम्भमेलाको मेसो सधैं आउने होइन ।’

अर्को ब्यापारी आउँछ र भन्छ ‘मलाई एक सय भेडाले पुग्दैन । खोजिदिनु, मेरो भोज फत्ते गर्न कम्तिमा तिन सय भेडा चाहिन्छ । जापानी, युएई, कतारी, पोर्चुगी, मलेशियन, बेलायती जुन जुन भेडा हुन्छ थपेर जोडजाड पार्दिनु ।’

पुरानो बस पार्कको खसिबोका हाटबजार र एनआरएनए खसीबोका बजारमा अर्को समानतापनि छ । दशैंका भाग्गेमानी खसीबोका, भेडाच्यांग्रा धनीमानीका गाडीमा शयर हुँदै शहर पस्छन् । चिल्ला, महँगा गाडीका पछिल्ला सिटमा बसेर बाहिरी जगत नियाल्दै शहर, बेशीको यात्रा गर्छन् । यता एनआरएन बनेका खसी बोकापनि थाई, इमिरेट्स, गल्फ, नेपाल एयर लाईन्स, इत्तेहादका चिलगाडीका झ्यालबाट दुरद्रिष्ठी लगाउँदै राजधानी शहर भित्रिन्छन् । आखिर यातायात दुबैले पाउने हो । गाडी त गाडीनै हो । एउटालाई चिलगाडी त अर्कोलाई मोटरगाडी ! यि दुबै खाले गाडी चढ्नेलाई साहु, बेपारी, दलाल, मानवतस्कर, नेतो, नेताको पनि नेतो र बिचौलियाले ब्यवस्था गरिदिन्छ ।

प्रश्न उठ्ला, दुई हजार भेडाच्यांग्राको कहानी त आयो । बाँकि करिब पन्ध्र सय भेडाच्यांग्राको कहानी खोइ ? पार्टी नामका पसल, नेता नामका दोकान, झण्डा नामका रहर, राजनिति नामका नाम्लामा बरिएर झर्छन् यि । यिनलेपनि पछ्याउने त उहि दाम्लोनै हो । तर यि यस्ता च्यांग्रा हुन् ‘मेरो गोठ यहि हो’, ‘म नारिने दाम्लो यहि हो’ भनेर खुरुखुरु नारिन्छन् यि । यिनलाई खासै चीलगाडी र मोटरमा कोच्नु त पर्दैन । गोठ देखाइदिए पुग्छ । ति आफ्ना आफ्ना गोठमा हुर्हुर्ति आफैं पस्छन् ।

भोटबाट लतारिँदै, लर्खरिँदै, दाम्लामा नारिँदै, गाडीमा शयर गर्दै बेशी झर्ने भेडाच्यांग्रा र विमानका झ्यालबाट बाहिरको द्रिष्य नियाल्दै राजधानी भित्रिने देशदेशका भेडाच्यांग्राबिच एकै खाले समानता छ । हिमाली, लेकाली भेडाच्यांग्रा गोठ र चरनबाट हरियो घाँस देखाउँदा लोभले ति हुर्रिँदै साहुका गाडी, बेपारीको बसका छतमा उक्लिने भेडाच्यांग्रालाई बेशी झारेर रेट्छन् भन्ने हेक्का हुन्न । यता आकाशको चिलगाडीको झ्याल नियाल्दै सित्तैमा काठमाडौं ओर्लिएका भेडाबाख्राको भोटले एनआरएनएको बजारमा दुई वर्ष मोममस्ति चल्छ । रेट्न पाएकोमा टाई र सुटमा ठाँटिएर भाषण गर्दै बिताउँछन् । संस्थाको नाममा हालीमुहाली गर्छन् । खास ब्यापारी जो हो ऊ पछि पर्छ । सहि ब्यापारीको मूल्यांकन हुन्न । नभएको भाउले बजार बिगार्छ र बिचौलियाहरुको हालिमुहाली चलिरहन्छ । बिचौलियाहरुले बिचौलियाहरुकै जमात खडा गर्दै जान्छन् । हरियो घाँस, चिल्ला मोटर र चिलगाडीको लोकप्रियताले फेरिपनि बिचौलियाको समाज निर्माण गर्छ । हे लेकका भेडा हरियो घाँमा नलोभिने हो कि ? चिलगाडीका भेडाच्यांग्राले पनि एक पटक सोच्ने हो कि ?

तपाइँको प्रतिक्रिया

फेसबुक