शुक्रबार, चैत १६, २०८०

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ४ गते १४:०५

Image Credit-newslogic.in

नयाँ सत्ता निर्माणमा लागेका तालिबानहरुले अमेरिका र नाटो सेनाका लागि अफगानिस्तानमा काम गरेका मानिसहरुको घरघरै गएर खोजि गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघको लागि तयार गरिएको एक खुफिया रिपोर्ट अनुसार उक्त दाबी गरिएको हो । तालिबान लडाकुहरुले एक डच वेले पत्रकारको आफन्तको खोजी गर्दा हत्या गरेकोसमेत रिपोर्टमा उल्लेख छ । प्रतिवेदनले अफगानिस्तानका नयाँ शासकहरु प्रतिशोध लिने कार्यहरुबाट टाढा रहने आफ्नो प्रतिज्ञाबाट पछि हट्छन् भन्ने चिन्तालाई गहिरो बनाएकोपनि उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसीआर) ले जोखिममा रहेका अफगानहरुसँग बाहिर निस्कने कुनै स्पष्ट बाटो नभएको उल्लेख गरेको छ ।

प्रवक्ता शाबिया मन्टुले अफगानिस्तानका छिमेकी देशहरुलाई आफ्नो सिमाना खुला राख्न दोहोर्याएकि छन् । उनीहरुलाई विकसित संकटको समयमा शरण लिनको लागी अनुमति दिन सकियोस ।

“युएनएचसीआर महिला र केटीहरु सहित यो विकसित परिदृश्यमा नागरिकहरुको बिरुद्ध मानव अधिकार उल्लंघनको जोखिम बारे चिन्तित छ” उनले स्विजरल्याण्डको जेनेभामा समाचार ब्रीफिंग गर्दै भनेकि छन् ।

अगस्ट १७ मा तालिबानले रक्तपातबिहिन विद्रोहबाटै काबुलको नियन्त्रण कब्जा गरेको दुई दिन पछि यूएनएचसीआरले अफगानिस्तानका नागरिकहरुलाइ जबरजस्ति देश फिर्ता पठाउने क्रममा रोक लगाउन आग्रह गरेको छ । केहि देशले शरणार्थी माग गरेकाहरुलाई अस्विकार गरेपछि उनले यस्तो आग्रह गरेकि हुन् ।

एकै हप्तामा १६०० नागरिकको उद्दार

जर्मनीले यस हप्ता १,६०० भन्दा बढी मानिसहरुलाई काबुलबाट बाहिर निकालेको बताएको छ ।

जर्मनीको रक्षा मन्त्रालयले आजै शुक्रबार बताए अनुसार तालिबानले काबुल कब्जा गरेपछि जर्मन सेनाले मानिसहरुलाई उद्दार गर्न ११ वटा उडानहरु गरिसकेको छ ।

जर्मन सरकारले जर्मन सेना, सहायता समूह वा समाचार सँस्थाका लागि काम गर्ने आफ्ना सबै नागरिक र स्थानीय अफगानिस्तानका कर्मचारीहरुलाई बाहिर निकाल्न मद्दत गर्ने वाचा अनुरुप उडान गरेको हो ।

वरिष्ठ जर्मन अधिकारीहरूले तालिबानहरुले प्रतिशोध साँचेका, तालिबानको आक्रमणमा पर्नसक्ने संभावित अफगानीहरुलाईपनि सहयोग गर्ने प्रयास गरिने उल्लेख गरेका छन् । उनीहरुले मानव अधिअकरकर्मीहरु जोखिममा पर्नसक्ने भन्दै सहयोग गर्ने बताएका छन् ।

काबुलस्थित जर्मन कमाण्ड अफिसर जनरल जेन्स आर्ल्टले अफगानिस्तानबाट उडानहरु पाउने आशामा हामिद कारजाई अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर ठूलो संख्यामा मानिसहरु कुरिरहेका छन् । तर तिनलाई बाहिर निकाल्न बाधा परेको छ ।

अमेरिकाद्वारा ९००० को उद्दार

अफगानिस्तानबाट आफ्ना नागरिक र अन्यलाई बाहिर निकाल्ने क्रम अमेरिकालेपनि जारि राखेको छ । बिहिवार अमेरिकाले काबुल विमानस्थलबाट करिब ३००० जनालाई बाहिर निकालेको छ ।

“संयुक्त राज्य अमेरिकाले बिहिवार १६ सी -१७ उडान मार्फत हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३,००० मानिसहरुलाई निकालेको छ” ह्वाइट हाउसद्वारा जारि मेडिया रिपोर्टमा भनिएको छ “तिमध्ये लगभग ३५० अमेरिकी नागरिक थिए ।”

अमेरिकी नागरिकका परिवारका सदस्यहरु, विशेष आप्रवासी भिसा आवेदक र उनीहरुका परिवारहरुका साथै तालिबानहरुद्वारा सुरक्षाका हिसाबले कमजोर मानिएका अफगानीहरुलाई उद्दार गरिएको रिपोर्टमा उल्लेख छ । अगस्ट १४ पछि अमेरिकीहरुले नौ हजारको उद्दार गरिसकेका छन् ।

यसबाहेक फ्रान्सलेपनि मंगलवार साँझदेखिनै अफगानिस्तानमा विशेष विमान पठाएर उद्दार गरिरहेको छ । हालसम्म कति जनाको उद्दार भयो बह्न्ने यकिन संख्या भने उपलब्ध छैन ।

फ्रान्सको विशेष ठूलो विमान संयुक्त अरब इमिरेट्समा राखिएएको र अर्को सानो विमानले अफगानिस्तानको काबुलबाट मानिसहरुलाई उद्दार गरेर ईमिरेट्समा रहेको ठूलो विमानसम्म पुर्‍याउने गरेको फ्रान्सको बिएफएम टिभीको रिपोर्टमा उल्लेख छ ।

(एफपी, एपी, फ्रँस २४)

तपाइँको प्रतिक्रिया

फेसबुक