शनिबार, वैशाख ८, २०८१

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ४ गते १७:३१

अफगानिस्तानमा राजनितिक संकट गहिरिँदै जाँदा हरेक तिन जनामा एक ब्यक्तिलाई खानाको अभाव भइरेको छ ।

विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी)का लागि अफगानिस्तान प्रतिनिधि मेरी-एलेन म्याकग्रोर्तीले युद्धको संयुक्त प्रभाव र विश्व मौसम परिवर्तनका कारण अफगानिस्तानमा तीन जना मध्ये एक जना खाद्य सामाग्रिको अभवमा पुगेको बताएकि छन् ।

उनको भनाईमा कोभिड १९ महामारीको आर्थिक प्रभावको साथसाथै एक गम्भीर खाले सुख्खा मौसमले अफगानिस्तानलाई तालिबानको नियन्त्रणमा पस्नुभन्दा पहिलेनै एक अनिश्चित स्थितिमा राखेको हो ।

“यो देशले तीन वर्षमा दोस्रो गम्भीर खडेरीको सामना गरिरहेको छ । २०१७२०१८ को खडेरीबाट मानिसहरु मुश्किलले थोरै राहत पाएका थिए” उनले भनेकि छन् ।

“त्यहाँ गहुँ बाली ४० प्रतिशत कम उत्पादन भएको थियो । ३० वर्षमा सबैभन्दा सुख्खा यामको परिणामपनि हो यो । यस वर्ष काबुलमा थोरै हिउँ परेको छ जसको परिणामस्वरूप दाना लाग्ने समयमा धेरै कम पानी पर्‍यो” उनले भनिन् ” त्यसले गर्दा पशुपालनमा विनाशकारी प्रभाव पारेको छ ।”

हालैको द्वन्द्वले अफगानिस्तानलाई तहसनहस पारेको छ । ग्रामीण समुदायहरुलाई विस्थापित गरीरहेको अवस्थामा स्थिति झनै बिग्रिएको छ। किसानहरु बाली काट्न असमर्थ भएका छन् । फूलफूल बगैंचामै पाकेर झरेका छन् । मान्छे भागाभाग वा लडाइमा केन्द्रित हुँदा फलफूल टिप्ने मान्छेसम्म नभएर नष्ट भएको छ । पुल, सडक र बाँध जस्ता पूर्वाधारको विनाशले खानाको पहुँचमा पनि समस्या पारेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक