शुक्रबार, वैशाख १४, २०८१

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

अजय तिम्सिना / कतार२०७८ भदौ ४ गते १८:४९

Image-wikipédia.fr

तालिबानले अफगानिस्तानमा आफ्नो आक्रमणको गति र अगस्त १५ मा काबुल कब्जा गरेर विश्वलाई चकित बनायो । उनीहरु जित्न थालेपछि तालिबान समूहले आफूलाई एक अधिक उदारवादीको छवि बनाउन कोसिस गरिरहेका छन् । सामाजिक सन्जाल र तालिबानप्रेमी, अन्य देशसित राम्रो कूटनीतिक सम्बन्धको लागी इच्छुक रहेको बताईरहेका छन् । तर तालिबानको पदानुक्रममा रहेका शीर्ष नेता यस्ता छन् जसको बिगत हिंसात्मक छ । लगभग बर्तमानपनि उस्तै हिसात्मक छ । त्यहि देखेर बाँकि विश्व तिनको बदलिने आस्वाशन पत्याउन गाह्रो मानिरहेका छन् । अफगानी आम समुदाय ढुक्क हुन सकेको छैन । अफगानिस्तानका नयाँ शासकहरु कस्ता छन् ? नयाँ शासनको शिर्षस्थानमा को छ ? जिज्ञासा पक्कै लाग्न सक्छ ।

अब बन्ने तालिबानी सरकारका सर्बोच्च कमाण्डर हिबातुल्लाह अखण्डजदा हुन् ।

मे २०१६ मा तालिबानका सर्वोच्च कमाण्डर बनेका थिए उनी । ड्रोन हमलामा उनका पूर्ववर्ती अख्तर मंसूर मारिएपछि त्यो स्थान उनले लिएका थिए । अल कायदाका नेता अयमान अल-जवाहिरीले अखण्डजादा सर्बोच्च कमाण्डर बन्दा उनलाई “विश्वास गर्नेहरुको अमीर” भन्दै उनको समर्थन जनाएका थिए ।

सन् १९६१ मा तालिबानको ग्रामीण दक्षिणी कान्दाहार क्षेत्रमा जन्मेको मानिन्छ । अखुन्दजादाले सोभियत संघको १९७९ -१९८९ को ‘कठपुतली कम्युनिस्ट सरकार’ को समर्थनमा मुजाहिदीनको प्रतिरोधमा हतियार उठाएका थिए ।

अपमानित जस्तै भएर सोभियत रुशले छोडेपछि र अफगानिस्तान गृहयुद्धमा उत्रिएपछि अखुण्डजादा तालिबानको सामान्य सदस्य बने । यो सन् १९९४ मा अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक कट्टर इस्लामी मिलिशियाको रूपमा उभिएको थियो ।

उनी त्यसपछि शरिया अदालतका प्रमुख बने जसले १९९६ देखि २००१ सम्म तालिबानको सत्तामा पहिलो पटक अफगानिस्तानमा इस्लामी कानूनको क्रूर, कट्टरपन्थी कानुन लगाएका थिए ।

अफगानिस्तानका खासगरि पस्चिमी विश्लेषकहरु अखुण्डजादालाई मुख्यतः धार्मिक नेताको रुपमा हेर्छन् । यद्यपि सर्वोच्च कमाण्डरको हैसियतमा उनको निर्णय, भनाई राजनीतिक र सैन्य मामिलामा अन्तिम जस्तै हुने छ ।

तालिबानको शीर्ष शरिया न्यायाधीशको रूपमा अखुन्दजादा बनेकाले त्यहि इतिहासले उनलाई सर्बोच्च कमाण्डर बन्न बल मिलेको हो । तालिबान शासनका बेला शरिया न्यायधिशको रुपमा उनी रहेकाले त्यहि शरिया कानूनको आधारमा फेरि तालिबानी न्याय प्रणालीको लागि उनलाई उपयुक्त नेता बनाउँने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक