बिहीबार, वैशाख ६, २०८१

एनआरएनए निर्वाचन : बलिई हुँदै रबिना थापा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ५ गते १०:४१

धेरै चर्चा नभैकन रबीना थापाको एनआरएनए केन्द्रिय अध्यक्षमै उमेदवारी बाहिर आयो । शुरुमा उनले आफ्नो उम्मेदवारी घोषणा गर्दा धेरैले गम्भिररुपमा लिएनन् । बरु ‘बार्गेनिङकालागि हो’ भन्दै सतही टिप्पणी गरे । अझ केहि खोक्रे विश्लेषकले त ‘यति करोड लिएर काठमाडौं उडेकि छन्’ सम्म भन्न भ्याए । नेपाली समाजमा यस्ता खोक्रे आरोप जसलाई जतापनि लाग्छन् । कुनै एक पक्षबाट उनलाई कमजोर पार्नपनि हुनसक्छ । प्रमाण कसैसित छैन । विश्वसनिय आधारपनि छैन । झन महिलाहरुलाई त यसै कमजोर ठान्ने नेपाली मानसिकताले आरोप लगाउनेनै भयो । रबिनाले घोषणा गर्दा औपचारिक उम्मेदवारी घोषणा नगरेपनि उम्मेदवारी दिने भित्रि तयारिमा लागेका कुल आचार्य र बद्रि केसी दुबैले रबीना थापाको उम्मेदवारीलाई वास्तै गरेनन् । हल्का तरिकाले लिए । धेरै गैर आवाशिय नेपालीलेपनि गम्भिररुपमा लिएनन् । धेरैको सोचाई रह्यो ‘थोरै मत काट्ने हो, खासै केहि फरक पर्ने होइन ।’

तर समय बदलिँदै गयो । हेर्दाहेर्दै रबीना थापा बलिई हुँदै आईन् । अहिले मानिसले नसोचे जस्तो भैसकेको छ । उनी पहिले सोचिएभन्दा साँच्चै बलवान भएर आएकि छन् । उनी आफैंले सोचेको भन्दा धेरै समर्थन पाएको र बलियो भएको उनले आफन्त, निकटस्थसित बताउने गरेकि छन् ।

रबीना चम्किनु, जुर्मुराउनुका कारण मनग्गे छन् । खासमा ‘आइमाई’ भनेर हेप्न, कमजोर ठान्न खोज्नेहरु कमजोर हुन् । उनी कुनै तगडा पुरुषभन्दा कम छैनन् । अमेरिका निवाशी उनी उच्च शिक्षा लिएकि बौद्दिक र ब्यवशायीसमेत हुन् । प्रखर बक्तासमेत हुन् । एन आर एन एमा लाग्नसक्ने हैशियतको दामपनि छ ।

नेपाली कांग्रेसको प्रिष्ठभूमी भएकि उनको कांग्रेसी नेतामध्ये केहिमा राम्रो पकड छ । त्यहि प्रभावले अन्य कांग्रेसजनमा आफ्नो प्रभाव उनले फैलाउँदै गएकि छन् । एनआरएनए निर्वाचनको सरगर्मी आफ्ना पक्षमा तताउन उनी काठमाडौंनै बसेर प्रचारप्रसार र भेटघाटमा ब्यस्त छिन् ।

एनआरएनएको गत निर्वाचनमा उपाध्यक्ष पदमा सबैभन्दा बढि मत ल्याएर बिजयी भएकाले उनको लोकप्रियता एनआरएनए भित्र दह्रो छ भन्ने त यसै बुझिन्छ । उपाध्यक्ष भैसकेकाले एनआरएनएको अभियानमा त्यसपछि उक्लिने खुट्किलो भनेकोपनि अध्यक्ष हो । त्यसैले अरुसित तर्क र बहसकालागिपनि उनको पक्ष बलियो देखिन्छ । एनआरएनए को ईतिहासमै महिला अध्यक्ष नभएकोलेपनि महिलालाई बन्न दिनुपर्छ र उपाध्यक्षमा सबैभन्दा बढि मत ल्याएर लोकप्रिय देखिएकि हुँ भन्ने उनका यि दुई पक्ष निकै बलिया देखिएका छन् ।

उनले चुनावी अभियान शुरु गर्दा खासै प्रभाव नदेखिएपनि अहिले हेर्दाहेर्दै उनी बलिई हुँदै गएकि छन् । कतिपय राजनितिक नेतालेपनि ‘यो पटक महिलालाई दिउँ नत’ भन्न थालिसकेका छन् । महिला भएकाले महिला कोणबाट उनका पक्षमापनि समर्थन बढ्दो छ ।

शुरुमा ‘रबिना थापाले बिचमा हात झिक्छिन् । नेताहरुले पछि हटाउँछन् । कुल आचार्य र रबिनाको सहमति हुन्’छ आदि टिप्पणी गर्दागर्दै रबिना एकपछि अर्को थप शसक्त बन्दै आएको देखिएको छ । एनआरएनए केन्द्रिय निर्वाचनको अध्यक्ष पदमा उनको उम्मेदवारी यथावत रह्यो भने उनले धेरै मत कुल आचार्यको काटिदिन्छिन् । किनभने कुल आचार्य र उनका मतदाता एकै प्रिष्ठभूमी, राजनितिक बिचारका हुन् । कुल आचार्य र रबिना थापा दुबै अध्यक्षमा उठेभने मत त आचार्य र केसी दुबैको काटिनेनै भयो । तर निर्णायक तहमा कुलको मत काटिन्छ ।

अब रबिना थापाको माहोल यसरि झ्यांगिएर आएको देखिन्छ कि उनले शुरुमै उम्मेदवारी दिएको बेला झैं सामान्य समझदारी र शर्तले रबिना थापालाई पछि हट्नपनि गाह्रो बनाउन सक्छ । कम्तिमा उनले अध्यक्षबाट आफ्नो उमेदवारी झिक्नै पर्दापनि अर्को पटककालागि सुनिस्चित बन्न पाउनुपर्ने शर्त राख्न सक्छिन् । अहिलेको कमिटीमा कुनै अर्को सशक्त स्थान माग्न सक्छिन् । वा कुल आचार्यलाई पछि हटाउन सकेपनि उनले यस्तै गम्भिर शर्त मान्नुपर्ने हुन्छ ।

कम्तिमा यत्ति चाहिँ भन्न सकिन्छ, रबिना थापालाई शुरुमा कमजोर ठानिए जस्तो अहिले उनको माहोल छैन । उनी शसक्त बन्दै आएकि छन् । एनआरएनएको केन्द्रिय निर्वाचन प्रक्रियामा यति शसक्त अहिलेसम्म अर्को महिला देखिएको थिएन । चाहिएजति पैसा, चिनजान, वरिपरि मेडियाको ताँती, सबल पती शेष घले पछि बसेर टेको लगाउँदापनि जमुना घले यति सशक्त देखिएकि थिईनन् जति रबिना थापा एक्लै देखिएकि छन् ।

तपाइँको प्रतिक्रिया