बिहीबार, वैशाख १३, २०८१

एनआरएनलाई नेपाली नागरिकता : दुई दशकदेखि नेताहरुको लैनो भैंसी

नेपालप्लस विशेष संवाददाता२०७८ भदौ ७ गते १३:३८

एनआरएनद्वारा नागरिकता विधेयक पास गराउन शुक्रवार काठमाडौंमा आयोजित बैठक । फोटो- कुमार पन्तको फेसबूक

एनआरएनएको निर्वाचनकै बेला गैर आवाशिय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकता, अर्थात् नेपाली नागरिकताको निरन्तरताबारे आवाज खुब उठ्छ । निर्वाचनका बेला नेपालका राजनितिक दलका नेताहरुलेपनि ‘अब छिट्टै दिईहाल्लान्’ जस्तो गर्छन् । चुनावको रौनकमा भोट बजार तातेका बेला एनआरएनए अभियन्तापनि दोहोरो नागरिकता, सुरक्षित लगानी जस्ता नारा बोकेर नेताका दैला खुब धाउँछन् । अरु बेला ‘हाम्रो पालामा पास गर्नुपर्छ नागरिकता बिधेयक’ भन्दै बिरोध गर्ने एनआरएनएका केहि ठूलाठालुपनि निर्वाचनका बेला एकसाथ लर्को लागेर बिधेयक पास गर्ने भिडमा साथ लाग्छन् ।

एनआरएनएका नेताले नेपाली नागरिकताको निरन्तरताकालागि भन्दै नेता भेटेको र नेताहरुलेपनि एनआरएनएका नेता भेटेर सकारात्मक सन्देश छरेको देख्दा धेरै गैर आवाशिय नेपालीलाई लाग्छ ‘अब गैर आवाशिय नेपालीले मागेको नेपाली नागरिकता’ को माग पुरा हुन्छ । तर एनआरएनएको निर्वाचन सक्किएपछि पार्टी र एनआरएनए दुबै तर्फका धेरै नेता सेलाउँछन् ।

दोहोरो नागरिकता यस्तो मुद्दा हो यो धेरै नेताको दुहुनो भैंसी हो । धेरै एनआरएनए नेताको भोटको भकारीपनि हो । त्यसैले दोहोरो नागरिकता झ्याप्पै दिएर वा यसको माग पुरा गरिदिएर वर्षौं वर्ष दोएर खान पाइने दुहुनो गाईको हत्या न नेपाली नेताहरुले गर्न चाहन्छन् न दोहोरो नागरिकताको समस्या झ्याप्पै हल गरेर एनआरएनए नेताहरु भोटको बैंक रित्तो पार्न चाहन्छन् ।

यो बिधेयकलाई गम्भिरताकासाथ लिने छैनन् भन्न मिल्दैन । छन् । केहि मनभित्रै देखि लागिरहेका छन् । तरपनि कम छन्, एनआरएनएको नेत्रित्व तहमा । आफू, आफ्नो पालो (नेत्रित्व) र आफ्नो पार्टीलाई जस दिन खोज्नेहरुले सकेसम्म यो बिधेयेक अड्काएरै राख्न खोजै, खेल्दै आएका छन् ।

यो दोहोरो नागरिकताको मागभित्र धेरैका अनेक खाले स्वार्थ छन् भन्ने जानकारि धेरै कम प्रवाशी नेपालीलाई मात्रै छ । दोहोरो नागरिकता यस्तो मुद्दा हो यो धेरै नेताको दुहुनो भैंसी हो । धेरै एनआरएनए नेताको भोटको भकारीपनि हो । त्यसैले दोहोरो नागरिकता झ्याप्पै दिएर वा यसको माग पुरा गरिदिएर वर्षौं वर्ष दोएर खान पाइने दुहुनो गाईको हत्या न नेपाली नेताहरुले गर्न चाहन्छन् न दोहोरो नागरिकताको समस्या झ्याप्पै हल गरेर एनआरएनए नेताहरु भोटको बैंक रित्तो पार्न चाहन्छन् । त्यसैले यो दोहोरो नागरिकताको माग चर्किरहन्छ । नागरिकताको मौसमी बाजा बनेर घन्किरहन्छ । भोट बैंक बनेर बसिरहन्छ । लैनो गाइको रुपमा दुध झरिरहन्छ ।

नेपालको संविधानले २०७२ सालमै गैरआवासीय नागरिकताको हक प्रत्याभूत गरेको हो । संविधानले मात्रै दिएर हुन्न । त्यसको विधेये पास भयो भन्ने बल्ल प्रवाशी नेपालीको नागरिकताको माग सल्टिन्छ । तर नागरिकता विधेयक लामो समयदेखि संसदमै विचाराधीन अवस्थामा छ । यो बिधेयक पास गर्न एनआरएनएका नेताले दर्जनौं पटक नेता, सांसद, कानुनमन्त्री भेटिसके । एनआरएनए नेताले ‘अब पाइन्छ’ भनेकोपनि दशक नाघिसक्यो ।

नागरिकता विधेयक र गैरआवासीय नेपाली ऐनका विषयमा शुक्रवार अगस्ट २० का दिनपनि एनआरएनए अध्यक्ष कुमार पन्तको नेत्रित्वमा फेरि छलफल भएको छ । कानुनमन्त्रीसमेतलाई सँगै राखेर संसदका सबै दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । ‘छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सबैले वचन दिनुभएको’ पन्त आफैंले सार्वजनिक गरेका छन् । यस्तो बचन डा उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले हुँदै कुमार पन्तको अध्यक्षकालसम्म नेताहरुले दिएको दियै छन् । तर समस्या हल भएको छैन ।

त्यसो त, एनआरएनए नेत्रित्वपनि यसको जिम्मेवार हो । एनआरएनएमा थरिथरि बिचार, फरक राजनितिक झोला र स्वार्थ बोकेकाहरु आउँछन् । आर्थिक र सामाजिक स्वार्थ बोकेर आएका तिनलाई खास भोट तानेर जित्नु छ । अधिकांशलाई ति माग पुरा गर्नैपर्ने हुन्न । भोट माग्ने मुल मुद्दानै हल भए अर्का निर्वाचनहरुमा कसरि के देखाएर भोट माग्ने ? किनकि प्रवाशका नेपालीलाई प्रभाव पार्ने एनआरएनएको प्रमुख मुद्दा भनेकै नेपाली नागरिकताको निरन्तरता हो । त्यसैले यो मुद्दा रहिरहे चुनावी मुद्दा रहिरहन्छ ।

गत २० वर्षदेखिको नागरिकताको विषय अझै कति वर्ष मौसमी बाजा बनेर बजिरहने हो कसैलाइ यकिन छैन ।

अर्कोतिर एनआरएनएकै केहि बिजेताहरु यो मुद्दा तत्काल हल नगर्न भन्दै नेताका दैला चहार्छन् । एमाले समर्थक एनआरएनए नेताले जस पाउने भए कांग्रेस समर्थक एनआरएनए नेतानै ‘यो मुद्दा अल्झाउनुपर्‍यो, वामपन्थीहरुले जस लिने भए, प्रवाशमा हाम्रो पार्टी कमजोर हुन्छ’ भन्दै मन्त्री र नेताको दैलोमा खुसामत गर्न पुग्छन् । कांग्रेस समर्थकलाई जस जाने अवस्थामा बिगतमा एमाले समर्थकले त्यहि गरेको एनआरएनएकै अभियन्ताहरुले बताउने गरेका छन् । सरकार बदलिभैरहने गरेकाले मन्त्री र प्रशासकपनि बदलिरहने हुँदा नेताहरुलाई एनआरएनएको नागरिकता मुद्दामा खेलिरहन सजिलो बनेको छ ।

कुमार पन्तले नागरिकता बिधेयक पास गराउन जोडजुलुम गरिरहेका छन् । अगस्ट २०, शुक्रवार भएको उनको प्रयासपनि त्यहि थियो ।

तर त्यो प्रयास हुँदै गर्दा नेपाली कांग्रेस समर्थक केहि प्रवाशी नेता कांग्रेस नेताको दैलो पुगेर अहिले त्यो बिधेयेक अगाडि नसार्न दबाब दिईसकेको भनाई केहिको छ । तिनले ‘यो बिधेयक कांग्रेसको सरकारले कांग्रेसकै नेत्रित्वमा एनआरएनए समिति बनेपछि पास गर्नुपर्छ’ भन्ने छ । कांग्रेसी नेतालाई झन हाइसन्चो भयो । यहि बिधेयकका नाममा अझै भोजभतेर खान पाउने भए नेताले । यसैका नाममा उपहार साटासाट चल्ने भयो । यहि बिधेयकका नाममा अझै कति कानुन मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका आसे नेताले चुनाव खर्च जुटाउन पाउने भए । हुन त यस्ता आरोप निर्वाचनका हतकण्डाका रुपमापनि आउने गर्छन् । खुलेर कसैले नबताउने हुँदा पत्याईहाल्न गाह्रो छ । दुई दशकदेखि अल्झिएकाले नपत्याउन जह्नै मुस्किल लाग्छ ।

एनआरएनएको निर्वाचन सक्किएपछि एनआरएनएका नेतालाईपनि खास यो बिधेयक बिकाउ हुन्न । थारो भैंसी कटुवालाई बेचे जस्तै हो यो नागरिकता बिधेयक । जसलाई निर्वाचनमा मत माग्नुछ, जस लिनुछ उसले अनेक बैठक राख्छ । त्यो नहुनेलाई खास मतलब हुन्न । ति त्यसपछि सामुहिक लगानी, बैदेशिक लगानी, स्मार्ट एनआरएनए, नलेज ट्रान्सफर, आयातनिर्यात, पर्यटन प्रचार जस्ता १२ मासे डम्फु बजाएर बसिरहन्छन् । खाता लगाउने, अबिर धस्ने, अन्तर्वार्ता दिने, सामाजिक सन्जालमा समाजसेवी बनेको फोटो टाँसिरहने, एक डेढ सय नेपाली जम्मा हुने हलमा मुड्किसुड्कि उचालेर भएपनि चर्चामा आईरहने मेसो गरिरहन्छन् । गत २० वर्षदेखिको नागरिकताको विषय अझै कति वर्ष मौसमी बाजा बनेर बजिरहने हो कसैलाइ यकिन छैन ।

तपाइँको प्रतिक्रिया