बिहीबार, चैत १५, २०८०

अमेरिकी राष्ट्रपती बिडेन भन्छन् – ‘काबुल विमान उद्दार इतिहासमा सबैभन्दा गाह्रो’

नेपालप्लस संवाददाता२०७८ भदौ ६ गते १०:४५

अमेरिकी राष्ट्रपती जो बिडेनले काबुलबाट आफूले चाहेका नागरिकहरु उद्दार गर्न इतिहासमै सबैभन्दा गाह्रो काम मध्ये एक भएको उल्लेख गरेका छन् ।

जो बिडेनले काबुलबाट अमेरिकी नागरिक र अफगानिस्तानका सहयोगीहरुलाई निकाल्ने सबै स्रोत जुटाउने” प्रतिबद्धता जनाउँदै त्यस्तो अभिब्यक्ति दिएका हुन् ।

उनले यसलाई “सबैभन्दा कठिन एयरलिफ्टअपरेसन मध्येको एक” भनेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक अधिकारीले काबुलको विमानस्थलबाट अमेरिकी नागरिकलागयत अन्यलाई उद्दार गर्ने काम ठप्प भएको उल्लेख गरेका छन् । कतारको रिसीभिंग बेसमा ज्यादा भिड भएको उल्लेख त्यस्तो अवस्था आएको भनाई ति अधिकारीको छ । ” त्यसले गर्दा नागरिकहरुलाई बाहिर निकाल्न सकिएको छैन” पेन्टागन अधिकारीको भनाईलाई उल्लेख गर्दै फ्रंस २४ ले रिपोर्ट गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक