बिहीबार, वैशाख १३, २०८१

तालिबानको त्रासबाट भाग्न खोज्दा काबुल विमानस्थल नजिकै आधा दर्जन बढीको मृत्यु

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ६ गते १८:०२

Image Credit-beaumontenterprise.com

तालिबान शासकको धम्किलाई कारण मान्दै हजारौं मानिसहरु भाग्न खोज्दा आज आइतवार काबुल विमानस्थल नजिकै भीडमा सात जनाको मृत्यु भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारि गर्दै भनेको छ “हाम्रो इमान्दार र नैतिक भावना सात अफगान नागरिकहरुको परिवारको साथमा छ, जो काबुलबाट बाहिरिन खोज्दा भीडमा दुःखको साथ मरेका छन् ।”

“अफगानिस्तानमा परिस्थिति एकदमै चुनौतिपूर्ण छ । तर हामीहरुले परिस्थितिलाई सुरक्षित बनाउन यथासक्य प्रवन्ध मिलाउने कोसिस गरिरहेका छौं । हामी नागरिकलाई सकेसम्म सुरक्षित बनाउने कोसिसमापनि छौं ‘ रक्षा मन्त्रालयले भनेको छ ।

संयुक्त राज्य अमेरिकाले काबुल विमानस्थलको ढोकामा सुरक्षा खतराको चेतावनी दिएपछि हजारौं अफगान देश छोडेर भाग्न आइतबार पनि दौडिरहेका थिए।

एउटा मात्रै रनवे भएको उक्त विमानस्थलमा गत आइतबारदेखि उक्त रनवे र वरपर कम्तीमा २० व्यक्तिको मृत्यु भएको नाटोका एक अधिकारीले आइतबार बताएका छन् ।

तर आतंकित अफगानहरु काबुल एयरपोर्टमा एउटा त्रासदीपूर्ण अवस्थामा जम्मा भएका छन् । उनीहरुको भाग्ने क्रम जारि छ जहाँ संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरु ठूलो संख्यामा लागेको भिडलाई बाहिर लैजाने उडानहरुमा पुग्न दिन असमर्थ भएका छन्।

बेलायतको स्काई न्यूजले शनिबार विमानस्थल बाहिर कम्तीमा तीनवटा शव सेतो लुगाले ढाकेको फुटेज प्रसारण गरेको छ । उनीहरुको मृत्यु कसरी भयो भन्ने खुल्नसकेको छैन । विमानस्थलमा रहेका स्काई रिपोर्टर स्टुअर्ट रामसेले मृत्युलाई “अपरिहार्य” भनेका छन् । उनले भनेको अपरिहार्यको अर्थ बुझ्न सकिएको छैन । भाग्न लागेका मानिसहरु एक अर्कामा खप्टिएर, किचिएर घाईते भएका छन् । मानिसहरु भयभीत देखिएको उनले रिपोर्टमा उल्लेख गरेका छन् ।

विमानस्थल पुग्ने मानिसहरुको भिडले ट्राफिक जाम भएको छ । विमानस्थल वरिपरि लगाइएका काँडेतारको वरिपरि मानिसहरुको भिड लागेको छ ।

अमेरिकी राष्ट्रपती जो बिडेनले ईतिहासकै सबैभन्दा कठिन विमान उद्दार मध्येको एक भन्दै अफगानिस्तानमा गर्न लागिएको उद्दारबारे बताइसकेका छन् ।

शनिबार परिस्थितिहरु झनै जटिल बनेको थियो जब अमेरिकी सरकारले काबुल विमानस्थल ढोका नजिकको सम्भावित सुरक्षा खतराको हवाला दिँदै
अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलको यात्रा नगर्न चेतावनी दियो ।

काबुलस्थित अमेरिकी दूतावासको अलर्टमा भनिएको छ “हामी अमेरिकी नागरिकहरुलाई सल्लाह दिइरहेका छौं कि जबसम्म तपाइँ अमेरिकी सरकारका प्रतिनिधिबाट व्यक्तिगत निर्देशन पाउनुहुन्न तबसम्म एयरपोर्टमा यात्रा नगर्न र एयरपोर्टको गेटबाट टाढा रहन आग्रह गर्छौं ।”

चेतावनीमा स्पष्ठ पारिएको छैन । तर ह्वाइट हाउसका एक अधिकारीले बिडेनका सहयोगीहरूले उनलाई इस्लामिक स्टेट समूहको बिरुद्ध स्थानीय आतंकवाद विरोधी अभियानबारे जानकारी दिएका थिए ।

यसैसित संवन्धित तलका समाचार र लेख

अमेरिकाले अफगानिस्तानबाट ६० हजार नागरिक उद्दार गर्ने, बल्ल १७,००० बाहिरिए

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया