शनिबार, असोज २, २०७८

तालिवानी सोचाई भन्दा कम छैन देउवाको सोच

डा. स्वस्तिका पंडित२०७८ भदौ ६ गते १८:५१

बितेका ३ वर्ष देखी केपी ओलीको आडम्बर र तिनको पार्टीले भित्र भित्रै चलाएको युद्दले लखतरान परेको थियो देश । अहिले नेयाँ नेतृत्व पाएपछी केही राहतको सास फेर्न पाउला र सरकारको ध्यान देशका अन्य समस्यामा केन्द्रित होला भन्ने आम बुझाई विपरित देउवा सरकार पानी धमिल्याउने भव्य योजाना सहित मैदानमा आएको छ । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीको रुपमा सिंहदरवार छिर्दा धेरैले के सोचेका थिए भने आफ्नो जीवनको उत्तरार्द्धमा देउवाले त्यस्तो कुनै पनि गलत कदम चाल्ने छैनन जसले उनको आफ्नै अलोकप्रिय ईतिहासलाई अझै मलजल गरोस । उनी पक्कै पनि आफ्नो विगत हेरेर अलिकती सजग हुने छन् । देश र जनताका लागि उनले केही न केही उल्लेख्य काम गर्ने छन् ।

सुकुम्बासी समस्या समाधान आयोग विघटनको पहिले निर्णय र नेपाल बिधुत प्राधिकरणमा कुलमान घिसिङको पुनर्वहाली गर्ने निर्णयले थोरै सकारात्मक अवस्था पनि देखियो । तर शेरबहादुर देउवा शेर बहादुर नै हुन कसरी देश र जनताका लागि काम गर्न सक्दछन । भन्छन् नि ‘कुकुरकोको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै ।’ देउवा कसरी सिधा हुउन्, उनलाई प्रकृतिले दिएको त्यही हो । कसरी उनको पुच्छर सोझो हुन सक्दछ ।

सबभन्दा पहिलो कुरा त शेरबहादुर देउवासँग देश र जनताका लागि सकारात्मक कदमको अपेक्षा गर्नु नै गलत थियो । केपी ओलीको तुलनामा देउवाको पछी लाग्ने स्वार्थ समुह अझ ठुलो छ । त्यसको भरण पोषण गर्नु भनेको एउटा छुट्टै नेपाललाई बजेट छुट्याए बराबर हो । त्यहाँबाट यिनै कहिल्यै बाहिर निस्किन सकेनन । सोचाइहरु सबै गलत भए । असी वर्ष हुनैलागेका प्रधानमन्त्री अझै पनि कसरी देशको अवस्थामा बाघचाल खेल्न यसरी उम्लेलान भन्ने कसले सोच्दछ ।

देउवाको अर्जुनदृष्‍टि कांग्रेसको महाधिवेशनमा छ । अधिवेशन रोकेर हुन्छ अथवा मिती सारेर हुन्छ कांग्रेस फेरीपनि कब्जा गर्नुपर्नेछ । त्यसका लागि चाहिने अथाह खर्चको जोगाड सरकारमा छँदै मिलाउनुपर्ने होला ।

अधिवक्ता भिमार्जुन आचार्यले केही दिन अघी ट्विटरमा एउटा सन्देश लेखे- “अफगानिस्तानबाट हामीले धेरै ठूलो पाठ सिक्नुपर्छ । नेपाललाई अफगानिस्तान कै नियतिमा पुर्याउने प्रयास अझैं जारी छ । राष्ट्र अहितमा खुलेयाम काम गर्नेहरुलाई चिनौं र खबरदारी गरौं ।” खासमा आचार्यले भनेको भन्दा अली पर हेर्ने हो हो देश अफगानिस्तानकै हाराहारीमा पुगेको छ । देउवाको सोच तालिवानी सोच भन्दा कम छैन ।

अलिकती पछी फर्केर हेरौं । केही समय अघी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गरेर ल्याएको यही अध्यादेशलाई संविधान विपरित भयो भनेर विरोध गर्ने मध्यका मुख्य पात्र शेरबहादुर देउवा हुन् । विरोधको अग्रपंक्तिमा उभिने उनैकै नेतृत्वको पार्टी नेपाली कांग्रेस थियो । अहिले देउवाले ल्याएको त्यही अध्यादेश र त्यो अध्यादेशले मच्चाएको उधुमलाई संविधानले कसरी पुष्टी गर्न सक्ला ?

अध्यादेशले २०५३ सालको देउवा कार्यकालको झल्को पुन: दिएको छ । त्यतिबेला जस्तो अहिले केन्द्र सरकार मात्र छैन । प्रदेश सरकारहरु पनि छन् जहाँका सांसदहरु अब हाथपाइमा उत्रिन मात्रै बाँकी छ । देउवाको एउटा गलत कदमले सिंगो देश थर्केको छ । जतीबेला केपी ओली प्रधानमन्त्री थिए त्यतीबेला भएका अधिकांश नियुक्ती र निर्णयहरुमा देउवाले कुनै न कुनै रुपमा सहमती जनाएका छन् । उनले फाईदा पाएका छन् । हरेक नियुक्ती र निर्णयमा आफ्नो हिस्सा असुलेका छन् । र अहिले प्रदेश प्रमुखहरुको वर्खास्ती र नयाँँ नियुक्ती किन ? शेर बहादुर देउवाले भनुन बरु- “मैले यि नियुक्तिमा आफ्नो हिस्सा पाएको छैन” !

जनताले बुझेकै छन्, देउवा देशका लागि नटवरलाल हुन । पाँचौं पटक उनी प्रधानमन्त्रीमा नियुक्त हुँदा गरिएका अपेक्षाहरु गलत थिए । यिनको पैसा र शक्ती मोह सकिएको छैन ।

कांग्रेसमा पैसा, शक्ति, नातागोता र आफन्त मात्रले अवसर नपाऊन् भनी संघर्ष गर्नुपरेको हो” । तर पनि देउवा पछी हट्नेपक्षमा छैनन् ।

उनकै पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेलले देउवाका पछिल्ला हर्कतका बारेमा यसरी भनेका छन- “वि पी कोइराला स्वयंले सत्तामा गएको कांग्रेसलाई हुने–खाने र सुकिलामुकिलाहरूले घेर्छन् भनी सतर्क गराउनुभएको हामी स्मरण गरौं । हाम्रो लडाइँ यस्तै प्रवृत्तिविरुद्ध हो । अनि कांग्रेसमा पैसा, शक्ति, नातागोता र आफन्त मात्रले अवसर नपाऊन् भनी संघर्ष गर्नुपरेको हो” । तर पनि देउवा पछी हट्नेपक्षमा छैनन् ।

प्रधानमन्त्री बनेको डेढ महिना हुन लागि सकेको छ । मन्त्रीमण्डल विस्तार भएको छैन । तैपनि देउवालाई कुनै हतार छैन । प्रधानमन्त्रीका सचिवालयहरु खाली छन् । पूर्ती गर्न जरुरी देखिएको छैन । उनलाई राम्रोसँग थाहा छ, जती नै हतार गरेपनि गन्तब्य कहीं छैन । देशको लागि केही गर्नुपर्नेछ भन्ने सोच देउवासँग छँदै छैन । केको हतार गर्नुपर्‍यो ।

देउवाको अर्जुनदृष्‍टि कांग्रेसको महाधिवेशनमा छ । अधिवेशन रोकेर हुन्छ अथवा मिती सारेर हुन्छ कांग्रेस फेरीपनि कब्जा गर्नुपर्नेछ । त्यसका लागि चाहिने अथाह खर्चको जोगाड सरकारमा छँदै मिलाउनुपर्ने होला । देशको त के कुरा भो र ! मन्त्रीमण्डल विस्तार नगरे पनि भयो । बिज्ञहरुको सल्लाह नभए पनि भयो । देशको अवस्था नदेखिए पनि भयो । देख्न चाहेको कुरा मात्र देखिए भाईहाल्यो । तालिवानी सोच भनेको यही हो ।

यहाँँ कतैबाट एसएलआर चलाऊनु पर्दैन । देउवाहरुका विगतले हजारौं गोली ठोकेको छ । भन्न त रामचन्द्र पौडेल भन्छन् – देउवा सोचको विरुद्दमा संघर्ष जरुरी भएको छ । यदी संघर्ष नै भयो भने यस्तो संघर्ष होस नेपाली कांग्रेसले कहिल्यै पनि देउवाहरुलाई नजन्माओस् ।

तपाइँको प्रतिक्रिया

फेसबुक