बिहीबार, वैशाख १३, २०८१

अमेरिकाले अफगानिस्तानबाट ६० हजार नागरिक उद्दार गर्ने, बल्ल १७,००० बाहिरिए

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ६ गते २०:२१

Image via dw.com

अमेरिकाले अफगानिस्तानबाट करिब १५ हजार अमेरिकी नागरिकसहित ६० हजारको उद्दार गर्ने भएको छ । तर हालसम्म जम्मा १७ हजारको मात्रै उद्दार गरिएको छ ।

संयुक्त राज्य अमेरिकाले काबुलस्थित बिमानस्थल सुरक्षाको लागि हजारौं सेनाहरु खटाएको छ । अमेरिकाले अगस्ट ३१ सम्म आफ्ना सेनाहरु खाली गर्ने मिति तोकेपनि उद्दार गरिनुपर्ने तहका अमेरिकी र अफगानीहरुको उद्दार कार्य नसकिएसम्म उक्त समय सीमा बढाउन सकिने राष्ट्रपती जो बिडेनले बताइसकेका छन् ।

बिडेन प्रशासनका अनुसार त्यहाँ १५,००० अमेरिकी र ५० हजार देखि ६० हजार अफगान सहयोगीहरुलाई बाहिर निकाल्नुपर्ने आवश्यकता छ ।

अंमेरिकी प्रशासन यस महिनाको अन्त्यसम्ममा ६० हजार मानिसहरुलाई बाहिर निकाल्न चाहन्छ ।

“त्यो गणितीय रुपमा असम्भव छ” युरोपेली संघको विदेश नीति प्रमुख जोसेप बोरेलले एएफपीलाई भनेका छन् । बोरेलले अमेरिकिहरुलाई उनीहरुको बिमानस्थल सुरक्षा अत्यधिक कडा भएको युरोपेलीहरुले उजुरी गरेको बताएका छन् । उनको भनाईमा युरोपियनहरुको लागी काम गरेकाहरुलाई बाहिर निकाल्ने काममा अमेरिकी सुरक्षाद्वारा बाधा पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अगस्ट १४ मा अपरेसन शुरू भएयता १७ हजार मानिसहरुलाई बाहिर निकालिएको जनाएको छ । त्यसमा २,५०० अमेरिकीहरु छन् । उनीहरुले दिनमा औशत दुई हजार भन्दा बढी लाई उद्दार गरिरहेका छन् । फ्रान्स, ईटाली, भारत, जर्मनी, स्पेन, बेलायत आदि दर्जनौं देशका विमानमार्फत् हजारौं मानिस बाहिरिने क्रम जारि छ ।

अमेरिकी अधिकारीहरूले एक दिनमा पाँच हजार देखि नौ हजारलाई अफगानिस्तानबाट बाहिर निकाल्ने आशा गरिरहेका छन् ।
त्यहाँ पत्रकारहरु सहित अनगिन्ती मानिस छन् जो तालिबान शासन अन्तर्गत दमनको डरले भाग्ने कोसिस गरिरहेका छन् ।

तालिबान अहिलेसम्म सार्वजनिक रूपमा अमेरिकी सेनालाई एयरलिफ्टको निरीक्षण अनुमति दिन सहमत भएका छन् । तर सबै बैदेशिक शक्ति तिनको सहयोगसहित बाहिरिएपछि कसरि देश चलाउने भन्नेमा तालिबानहरु केन्द्रित भएको बताइएको छ ।

तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरादर शनिबार काबुल गएर समावेशी सरकारको नक्शा बनाइरहेको अधिकारीहरुले बताएका छन् ।

एक वरिष्ठ तालिबान अधिकारीले एएफपीलाई बताए अनुसार बरादारले आगामी दिनहरुमा जिहादी नेता, अन्य पाका नागरिक, बौद्दिक वर्ग र राजनीतिज्ञहरुलाई भेट्ने छन् ।

काबुलमा भएको भेलामा हक्कानी नेटवर्कका नेताहरु सामेल भएका थिए । अमेरिकी सरकारले आतंकबादी समूहमा राखेर तिनलाई पक्राउ गर्न सहयोग गर्नेलाई दश लाख डलरसम्मको इनाम घोषणा गरेको थियो ।

अफगानिस्तानको सरकारी सेनाले सामूहिक रुपमा आत्मसमर्पण गरेपछि र वैदेशिक सेना हट्न थालेपछि तालिवानले अफगानिस्तान कब्जामा पारेको थियो । आफ्ना सहयोगीहरुलाई सहयोग गर्ने अमेरिकी क्षमतालाई चुनौति दिँदै तालिबानले गत हप्ता काबुलमा आक्रमण गरी दुई दशकको युद्ध अन्त्य गरेको थियो ।

यसैसित संवन्धित तलका समाचार र लेख

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया