शुक्रबार, वैशाख १४, २०८१

कहाँ छन् नेपाल एयरलाईन्सका महाप्रवन्धक ? ४५ दिनदेखि बायुसेवामा अनुपस्थित

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ ६ गते २०:४३

                 नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल

तत्कालिन केपी ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईको निगाहमा नेपाल वायुसेवा निगममा २०२० अक्टोबरमा महाप्रबन्धक बनेका डीमप्रसाद पौडेल (प्रकाश) ओली सरकार ढल्ने संकेत पाएलगत्तै बितेको डेढ महिनायता बेपत्ता झैं बनेका छन् । कहिले ग्राउन्डेड बिमान बेच्ने धन्दामा लागेर र कहिले नेपाल वायुसेवालाई निजीकरण गर्ने भनेर आर्थिक र प्रशासनिक विवादमा आइरहेका डीमप्रसाद कुनै प्रयोजनबिना अमेरिका भ्रमणमा जान लागेका अवस्थामा २ महिनाअघि एयरपोर्टबाटै फिर्ता गरिएपछि सम्पर्कहीन बनेका हुन् ।

बिशुद्ध एमाले कार्यकताको हैसियतबाट उठेर अक्टोबर २०२० बाट नेपाल बायुसेवाको महाप्रबन्धक बनेका डीमप्रसाद जुलाइ २०२० देखि नै बोर्डमा निर्देशक बनेका हुन् ।

‘ओली सरकार ढलेलगत्तै कांग्रेस र माओवादीका उच्चपदस्थ नेताहरुसँग सम्पर्क बिस्तारमा डीमप्रसाद लगाीपरेको थाहा पाएका थियौं’ उड्डयन प्राधिकरणका एक अधिकारीले भने— ‘तर त्यो पार नलागेपछि डीमप्रसाद भूमिगतसरह बनेका छन् ।’

ती अधिकारीका अनुसार, डीमप्रसादको कामकारवाही र सम्पत्तिमाथि अहिले अख्तियार र राष्टिय शर्तकर्ता केन्द्रले छानविन गरिरहेका्े छ । निगममा कार्यरत कर्मचारीको भत्ता, सेवा–सुविधा कटाएर आफ्ना हकमा ३ सय प्रतिशत तलबबृद्धि गर्दै मासिक ५ लाख रुपैंया तलब लिने हैसियत बनाएका महाप्रबन्धक डीमप्रसादका बिरुद्धमा नेपाल बायुसेवा निगमका सबै निजामती कर्मचारी संगठनहरु एकत्रित भएर १ महिनायता बिरोध आन्दोलन गरिरहेका छन् । यता कुनै प्रवर्धनात्मक र सफल योजना ल्याउन नसकेर केवल सरकारसँग पैसा मागेर ५ वर्षे कार्ययोजना बनाउनमा ब्यस्त रहेका डीमप्रसादले निगममा रहेको ३ अर्व रुपैंयाभन्दा बढीको ऋणको एउटै किस्तासमेत अहिलेसम्म तिर्न सकेका छैनन् । यसबीचमा बायुसेवा निगम बोर्डका अध्यक्ष शुशिल घिमिरेले महाप्रबन्धक डिमप्रसादको अपारदर्शी गतिबिधिकै कारण राजिनामा दिइसकेका छन् ।

बायुसेवा निगमको उच्च स्रोतका अनुसार, पछिल्ला दिनमा भने महाप्रबन्धक डीमप्रसादले मन्त्रालयमा गएर हाजिर गर्न थालेका छन् । तर, कर्मचारी आन्दोलनकै कारण पनि उनी बायुसेवा कार्यालय र एयरपोर्टसमेत जान सकेका छैनन् ।

विशेषत महाप्रबन्धक पौडेलले बिभिन्न चार ठाऊँको जिएसए नियुक्तिमा आफ्नो एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा लागेको आरोप लागेपछि निगममा उनको साख गिर्दै गएको हो । ६ महिनाअघि बिभागिय मन्त्रिलाई समेत पत्तो नदिइ भारत, साउदी अरब, दुबई र ग्वान्जावोको जिएसए नियुक्त गर्न उनी तल्लीन देखिएका थिए । तर मिडियामा यो सूचना चुहिएपछि उनी सफल हुन सकेनन् ।

 

तपाइँको प्रतिक्रिया