शुक्रबार, वैशाख १४, २०८१

बेलायतमा अगष्ट २९ मा नेपाली मेला हुने

जय तामाङ / बेलायत२०७८ भदौ ७ गते १३:१७

बेलायतमा आगामी आइतवार अगष्ट २९ का दिन नेपाली मेला हुने भएको छ । वर्षेनी हुँदै आएको मेला कोरोना भाईरसका कारण रोकिएको थियो ।

नेपाली मेला यहि अगस्ट महिनाको २९ तारिख आइतबारको दिन बिहान ८ बजे देखि लण्डनको केम्टन पार्कमा हुने भएको हो ।

बेलायतस्थित १९ वटा विभिन्न संघ सस्थाले प्रत्यक्षरुपमा भाग लिने उक्त मेलामा एम्बेसडर कप पनि हुने भएको छ । प्रथम, द्वितीय र तृतीय हुने बिजेताहरुलाई क्रमश : एक हजार पाउण्ड, सात सय पाउण्ड र पाँच सय पाउण्ड मूल्य बराबरको चेक, गोल्ड मेडल, सिल्भर मेडल र ब्रोंज मेडलको साथै प्रमाणपत्र वितरण गरिने छ ।

उक्त मेलामा बिभिन्न जनजाति, नेपालका विविध समुदायका झाँकी र नृत्य प्रदर्शन गरिने छ । झाँकीमा प्रथम र द्वितीय हुने समुहलाई क्रमश : पाँच सय पाउण्ड र तिन सय पाउण्डको चेक, मेडल र प्रमाण पत्र दिईने छ ।

लण्डनस्थित नेपाली राजदुतको प्रमुख अतिथ्यमा हुने उक्त मेलाकोलागि राजदुताबासले पनि केहि रकम सहयोग गरेको जानकारी आइतवार आयोजकले दिएका थिए ।

आइतवार अगस्ट २२ का दिन तमुधि युकेले क्याम्बर्लीको मिट्चेत सडकस्थित संस्थाको आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर नेपाली मेलाको बारेमा जानकारी दिएको हो ।

तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ्ग्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परशु गुरुङले गरेका थिए । संस्थाका उपाध्यक्ष जुम काजी गुरुङ र मेडिया कोअर्डिनेटर सर्बेन्द्र गुरुङले स्वागत मन्तब्य दिएका थिए ।

पत्रकार महासंघ युकेका नव निर्वाचित अध्यक्ष ध्रुबराज अर्याल र उनको कार्यकारी समितिका पत्रकारहरुलाई संघका अध्यक्ष गुरुङले खादा लगाएर बधाई दिंदै स्वागत र सम्मान गरेका थिए । वर्षैपिच्छे गरिने नेपाली मेला गत साल कोरोनाको कारणले गर्न नसकेको जानकारि मेलाका संयोजक हरिकाजी गुरुङले दिए । आगामी आइतवार २९ अगस्टमा हुने नेपाली मेला १२ औं हुने छ ।

कोरोनाको महामारीको कारण मानिसहरुले अपनाउनुपर्ने सामाजिक दुरीलाइ मध्यनजर राख्दै यदि कसैले मास्क र सनिटाइजर बिर्सेको खण्डमा गेटमा सिमित मात्रामा राखिएको जानकारी पनि आयोजकले दिएका छन् ।

मेलामा तिन हजार भन्दा बढी मानिस उपस्थित हुने आशा राखिएको छ । मेला नाफा कमाउने उद्देस्य भन्दापनि नेपालको रिति रिवाज, संस्कृति, भाषा, धर्म र पहिचानलाई विदेशमा रहेर पनि जिवन्त राख्न मद्दत पुगोस भन्ने उद्देस्यले गरिएको मेलाका संयोजक हरिकाजी गुरुङले जानकारी दिएका थिए ।

आमा समूह कि महसचिब यशोधा गुरुङले अगस्ट २८ देखिनै मेला तयारि गर्न खटिएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई चिया, पानी र खाजाहरुको ब्यवस्था गरिने जानकारी गराएकि थिइन् ।

तपाइँको प्रतिक्रिया