शुक्रबार, वैशाख १४, २०८१

अगस्ट ३१ पछि अफगानिस्तानमा अमेरिकाको उपस्थिति रहे गम्भिर परिणाम भोग्नुपर्ने तालिबानको चेतावनी

नेपालप्लस संवाददाता२०७८ भदौ ७ गते १५:१८

तालिबानका प्रवक्ता सुहाइल शाहीन । फोटो स्रोत-शाहीनको ट्विटर।

यदि अमेरिकाले अगस्त ३१ पछि अफगानिस्तानमा उद्दार र सहयोग भन्दै समय बढाएमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी तालिबानले दिएको छ ।

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अराजकता जारिरहेको भन्दै तालिबानले यदि संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले अफगानिस्तानमा सेनाको उपस्थिति अर्को हप्ता भन्दा बढाएमा ‘गम्भिर परिणाम’ निस्किने चेतावनी दिएको हो ।

अमेरिका लगायतका पस्चिमी राष्ट्रहरुले लगभग दुई महिना अगाडिदेखिनै आफ्ना सेनाहरु अफगानिस्तानबाट फिर्ता ल्याउने घोषणा गरिसकेका थिए । उनीहरुले आफ्ना सेना फिर्ता नल्याउँदै अफगानिस्तानको सेना पतन भयो । अगस्ट १५ मा काबुललाई तालिबानले कब्जामा लिए ।

अफगानिस्तानबाट सबै सेनाहरुलाई पूर्ण रुपमा फिर्ता लैजाने अगस्त ३१ को समय सीमा भन्दा दुई हप्ता पहिलेनै तालिबानहरुले काबुल कब्जामा लिएर पश्चिमी राष्ट्रहरुलाई चकित बनाईदिए ।

तालिबानको यो चेतावनीपछि तालिबान नियन्त्रित अफगानिस्तानबाट बिदेशी र आफूले उद्दार गर्न चाहेका अफगानहरुलाई एयरलिफ्टबाट छिटो बाहिर निकाल्न हज्जारौं सैनिकहरु फिर्ता ल्याइएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । उनीहरुले अगस्टको ३१ तारिख समयसिमा भित्रै ब्यवस्थापन गर्न खोजिरहेका छन् ।

“यदि अमेरिका वा बेलायतले उद्दार कार्य जारी राख्न थप समय खोज्ने हो भने त्यसको जवाफ हो ‘संभव छैन । वा त्यहाँ परिणाम भोग्नुपर्ने छ” तालिबान प्रवक्ता सुहेल शाहीनले आजै सोमबार स्काई न्यूजलाई भने ।

घोषणा गरिएको र तालिबानहरु सहमत भएको अगस्ट ३१ समय सीमा भन्दा बाहिर रहनु आफ्नो कर्मलाई विस्तार गर्न खोजेको ठहरिनेपनि तालिबानले स्पष्ठ पारेका छन् ।

यसैसित संवन्धित तलका समाचार र लेख

तालिबानको त्रासबाट भाग्न खोज्दा काबुल विमानस्थल नजिकै आधा दर्जन बढीको मृत्यु

अमेरिकाले अफगानिस्तानबाट ६० हजार नागरिक उद्दार गर्ने, बल्ल १७,००० बाहिरिए

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया