बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानका सुरक्षाकर्मीहरुबीच गोली हानाहान

नेपालप्लस संवाददाता२०७८ भदौ ७ गते १६:१८

Image-screen shot via asiapost.live

तालिबान शासनबाट भाग्न खोज्दै गरेका हजारौं अफगान र विदेशीहरु विमानस्थल पुगेपछि जर्मनीको सशस्त्र सेनाले सोमबार काबुल विमानस्थलको उत्तरी गेटमा अज्ञात बन्दुकधारी, पश्चिमी सुरक्षा बल र अफगानिस्तानका सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको बताएको छ ।

फ्रंस २४ का अनुसार युद्धमा एक अफगान गार्ड मारिनुका साथै तीन जना घाइते भएका छन् । तिनमा अमेरिकी र जर्मन सेनाहरु पनि संलग्न भएको जर्मन सेनाले ट्विटरमा उल्लेख गरेको छ । मृत अफगान विमानस्थलको सुरक्षाको लागी तैनाथ तालिबान लडाकुहरु मध्ये एक थिए वा थिएनन् भन्ने कुरा स्पष्ट नगरेकोपनि फ्रंस २४ ले जनाएको छ ।

अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी कब्जा गरेपछि विमानस्थल अराजकताको दृश्य बनेको छ । किनकि अमेरिकी र अन्तर्राष्ट्रिय सेनाले आफ्ना नागरिक र कमजोर अफगानहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक