मंगलबार, मंसिर २१, २०७८

एनआरएनएमा युवा संयोजकको जिम्मेवारी र मेरो उम्मेदवारीको औचित्य

विमला सापकोटा / क्यानडा२०७८ भदौ ७ गते २३:३४

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद नयाँ नेतृत्व चयनको संघारमा छ । ८० लाख नेपालीहरुको कुनै न कुनै रुपमा साझा संस्थाको रुपमा यो संघका कृयाकलाप बारेमा चर्चा परिक्षार्चा चल्नु स्वभाविक हो । यसमा आबद्ध भएका हरेक सदस्यहरुले नयाँँ जिम्मेवारी खोज्नु स्वभाविक हो । नेपाल र नेपालीका लागि केही गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अघी बढ्नु निकै सकारात्मक पक्ष हो । यस्तो आत्मविश्वासका साथ अघी बढ्ने युवालाई अहिलेको महाधिवेशनले कुनै न कुनै रुपमा मौका दिनेछ ।

मलाई अली अघी कस्तो लागेको थियो भने गैर आवाशिय नेपाली संघको एउटा संरचनामा रहेर यती धेरै सपना उमार्न खोज्नु कत्तिको जायज होला ? के गैर आवाशिय नेपाली संघका छाता मुनी उम्रिएका यि अनगिन्ती सपनाहरु कहिल्यै मुर्त भएर उभिन पाउलान ?

पछील्ला वर्षहरुमा म अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा संयोजक भएर काम गरेपछी एउटा कुरा के थाहा भयो भने यो संघको छाता मुनी उम्रिएका सपनाहरुलाई हुर्काउन गतिलो आत्मविश्वास चाहिन्छ । फुट्न नसक्ने अठोट चाहिन्छ । मलाई नेपालमा कसरी लगानी भित्र्याउने भन्ने कुराको त्यती धेरै चिन्ता छैन । किनभने लगानी लैजाने भन्ने कुरा अली भेग जस्तो लाग्दछ । यो एउटा नारा हो । प्रवासमा बस्ने नेपालीले सन्चित गरेको रकम नेपालमा नजाने भन्ने हुँदै हुँदैन ।

महिला तथा युवाहरुलाई संरक्षण, परिचालन र प्रोत्साहन गर्नुपर्ने मेरो सोच यो वर्गको भित्री तहसम्म काम गर्दै जाँदा अझ बलियो भएको छ । किनभने मैले विश्व स्वास्थ्य समितीमा आबद्ध भएर महिला, वालवालिकासँगको कार्यक्रम तथा वयस्क भाईबहिनीसँगको कार्यक्रमलाई सफलतापूर्वक संयोजन गरिसकेकि छु ।

तर महत्वपूर्ण कुरा के हो भने नेपाल सरकारले लगानिका लागि बातावरण भने बनाउनु पर्दछ । लगानिकै विषयलाई अघि सारेर दशकौंसम्म बहस गरिरहनु नितान्त गलत छ । सामान्य रुपमा हेरौं, दुनियाँमा हजारौं खालका बहुराष्ट्रिय कम्पनी छन् । ति सबै संसारका कुना कुनामा फैलिएका छन् । त्यस्ता साना ठुला सबै कम्पनीले कुनै अमुक देशमा आफ्नो पुँजी लैजानु भन्दा पहिले हेर्ने के हो भने त्यो देशको बातावरण कस्तो छ ? त्यहाँको सरकार नयाँँ लगानिका लागि कत्तिको उदार छ र त्यसको मुनाफा मुख्य कार्यालयसम्म कसरी आउन सक्छ भन्ने नै हो । यस्ता कुराहरुलाई सरकारले ब्यवस्थित बनाइदिने हो भने ति दुर दुरसम्म कतै साईनो नभएका कम्पनीहरु लगानिका लागि तयार हुन्छन । बातावरण भयो भने नेपालीले आफ्नै जन्मभुमिमा लगानी गर्न हिच्किचाउँदैनन् । त्यसैले मलाई साँच्चिकै भन्ने हो भने लगानिको नारा अली सतही लाग्दछ ।

गैर आवाशिय नेपाली संघले गर्नुपर्ने त्यस्ता दर्जनौं अरु विषय छन जुन सधैं लगानी बहसले ओझेलमा पारेको छ । एउटा सामान्य लाग्ने तर महत्वपूर्ण कुरालाई लिउँ- गैर आवाशिय नेपाली संघले विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताका बारेमा के सोच्छ ! हामीले यो पुस्तालाई नेपाल र नेपाली प्रती उतरदायी बनाउनका लागि के गरिरहेका छौं वा के गर्न सक्दछौं ? अथवा देशलाई उनिहरुसँग जोड्नका लागि नेतृत्वमा पुगेका र पुग्न चाहनेले के गर्न सक्दछौ ? लगानीको विषय पँजी बजार ब्यवस्था रहुन्जेल चलिरहन्छ, कहिल्यै सकिंदैन । तर मैले माथि भने जस्ता विषयहरु यस्ता बिषय हुन जसलाई कुनै एउटा समयमा गरिएन भने ति सकिन्छ । पछी गरौंला भन्ने गुन्जायस रहँदैन ।

विगत दुई वर्ष म अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा संयोजक भएर काम गर्ने क्रममा यस्ता खाले बिभिन्न कार्यक्रमको संयोजन गरिसकेकी छु । कोभिड १९ का कारण भौतिक रुपमा कार्यक्रमहरुमा उपस्थित हुन नसकेपनि जूम मार्फत भएका थुप्रै युवा तथा महिलाका कार्यक्रमहरु मेरो सहभागिता भएको छ । त्यसमा कस्तो अनुभव रह्यो भने महिला र युवा वर्गमा गैर आवाशिय नेपाली संघ अझैसम्म जम्न सकेको छैन । हामीले जतीसुकै महिला सशक्तिकरणका मुद्दा उठाए पनि नेपालको यो लेगेसी हामीमा अझै छ । छोड्न सकेका छैनौं । महिला तथा युवाहरुलाई संरक्षण, परिचालन र प्रोत्साहन गर्नुपर्ने मेरो सोच यो वर्गको भित्री तहसम्म काम गर्दै जाँदा अझ बलियो भएको छ । किनभने मैले विश्व स्वास्थ्य समितीमा आबद्ध भएर महिला, वालवालिकासँगको कार्यक्रम तथा वयस्क भाईबहिनीसँगको कार्यक्रमलाई सफलतापूर्वक संयोजन गरिसकेकि छु ।

साना साना भाईबैनीहरुमा छाप सानै देखि परोस भन्ने उद्देश्यले यस्ता कार्यक्रम क्षेत्रिय रुपमा गरिएका थिए । त्यसले मलाई के लाग्यो भने गैर आवाशिय नेपाली संघले यस्ता कार्यक्रमहरु क्षेत्रिय रुपमा नभएर हरेक क्षेत्रमा आयोजना गर्न केन्द्रिय स्तरमै आफ्नो निती बनाउनु पर्दछ । त्यसैले विगत एक वर्ष देखिको सोच र काम गर्न सक्छु भन्नु आत्मविश्वासका साथ मैले अन्तराष्ट्रिय युवा संयोजकको लागि उम्मेद्बारी घोषणा गरेको छु । मलाई विश्वास छ यो भूमिका मैले इमान्दारीपूर्वक पुरा गर्न सक्दछु ।

गैरआवासीय नेपाली संघमा दोश्रो पुस्ताको कमी महसुस भएको कुरा सर्बबिदितै छ । कुनै पनि संस्थामा नेतृत्व हस्तान्तरणको लागि नयाँ पुस्ता तयार भएन भने त्यो दुर्भाग्यपूर्ण हुन जान्छ ।

गैरआवासीय नेपाली संघमा महिलाहरु र युवाहरुको नेतृत्व निकै गौण छ । तर संस्था स्थापनाको दुई दशक पुग्न लाग्दापनि हामीले यस पक्षलाई खासै महत्वका साथ नहेरेको अवस्थामा म सक्षम नेतृत्वको लागि तयार भएर यहाँहरु माझ उभिएकी छु । म जस्ता कैंयौ क्षमतावान युवा अनि महिलाहरुलाई एकिकृत गर्दै अगाडि बढे पक्कैपनि संघको नेपाल भित्र र बाहिरको छबीलाई राम्रो सँग माझ्न सकिन्छ ।

म एक युवा तर महिला भएकोले दुवैको प्रतिनिधित्व गर्नेछु । तर म केवल महिला भएकोले प्राथमिकता पाउनको लागि मात्र यसो भन्दै छैन । आफूमा भएको आत्मबिश्वास र बिगतको अनुभबले पनि मलाई काम गर्न अझै उत्साह र उर्जा मिलेको छ ।

गैरआवासीय नेपाली संघमा दोश्रो पुस्ताको कमी महसुस भएको कुरा सर्बबिदितै छ । कुनै पनि संस्थामा नेतृत्व हस्तान्तरणको लागि नयाँ पुस्ता तयार भएन भने त्यो दुर्भाग्यपूर्ण हुन जान्छ । सोही कुरालाई मध्यनजर गर्दै दोश्रो पुस्तालाई यसमा जोड्ने र नेपालसँगको आत्मियता बढाउनका लागि बिभिन्न सामाजिक कार्यक्रमहरु रचनात्मक रुपमा अगाडि बढाउनु पर्ने अहिलेको अवस्थामा मेरो सक्रिय योगदान रहने छ ।

म लगानीका कुरा गर्दिन । यो विषयमा जानकार अरुपनि हुनुहुन्छ । वा यो पछी गरेपनि हुन्छ । मलाई भर्खरै के गर्नुपर्ने हो भन्ने महसुस भएको छ । तर म महिला भएकै कारणले भने सहानुभुति खोजेको छैन । म काममा कुनै पुरुषभन्दा कमपनि छैन । जिम्मेवारीमा पुर्याउने साथीहरुले पक्कै पनि कार्य मुल्यांकन गर्नु हुने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक