शनिबार, वैशाख ८, २०८१

हात्तीको सुँडमा २० भाषा, अत्याधुनिक रोबोट बनाउन उपयोगी

नेपालप्लस संवाददाता २०७८ भदौ ८ गते १४:५३

अत्याधुनिक रोबोट प्रणालीको विकास गर्न हात्तीको सुँड उपयोगि देखिएको छ । स्विजरल्याण्डका विशेषज्ञहरुले हाल अत्याधुनिक रोबोटको विकास गर्न हात्तीको सुँडको प्रक्रियाले प्रेरित गर्न सक्ने अनुसन्धानबाट पत्ता लागेको बताएका छन् ।

स्विस रोबोट निर्माण तथा अनुसन्धानकर्ताहरुले हात्तीले आफ्नो सुँडको जटिल चाल(मुभमेन्ट) बाट अत्याधुनिक रोबोट बिकास गर्न सकिने भन्दै त्यसबाट प्रेरणा र शिक्षा लिइरहेका छन् ।

जेनेभा विश्वविद्यालयका शोधकर्ताहरुले हात्तीको अत्यन्त बहुमुखी नाक (सुँड) को अंगअंगको विश्लेषण गरेका छन् । उनीहरुको भनाईमा हात्तीको सुँडले घाँसको साना टुक्रा वा झुण्ड वा समुहलाई हेरफेर गर्न, केलाउन, छुट्ट्याउन सक्दछ । र सुँडले २७० केजी सम्मको भार बोक्न सक्छ । हो यहि प्रक्रियाको अध्ययनबाट उनीहरुले के निष्कर्ष निकालेका छन् भने यसबाट रोबोट प्रणालीको लागी एक मोडेलको रूपमा काम गर्न सकिन्छ ।

हात्तीको सुँडको विश्लेषण गर्न अनुवंशिकी र विकास विभागका प्राध्यापक मिशेल मिलिन्कोविचको नेतृत्वमा रहेको टोलीले फिल्म उद्योगका लागि विकसित प्रविधिको प्रयोग गरेको सोमबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले प्रतिबिम्बित मार्कर (चिन्ह, संकेत) दुई अफ्रिकी हात्तीको सुँडसँग राखेका थिए । इन्फ्रारेड क्यामेराको मद्दतले तीन आयाममा आफ्नो चलायमान प्रक्रिया रेकर्ड गरिएको थियो ।

इन्फ्रारेड क्यामेरालाई ‘थर्मल इमेजर’ भनेरपनि बुझिन्छ । यसले झ्याट्ट आँखाले नदेख्ने बहुरंग र तापको मात्रा पत्ता लगाउँछ र वस्तुहरुको अवरक्त ऊर्जा (इन्फ्रारेड इनर्जी) मापन गर्दछ । क्यामेराले इन्फ्रारेड डाटालाई एक इलेक्ट्रोनिक छविमा रूपान्तरण गर्दछ जसले वस्तुको स्पष्ट सतहको तापक्रम मापन गरिरहेको देखाउँछ ।

हात्तीको सुँडमा २० भाषा

उनीहरुले गरेको विश्लेषणले हात्तीहरु आफ्नो सुँड चलाउन (यताउति सार्न) को लागी लगभग २० खाले चलायमान तरिका प्रयोग गर्छन् । सुँडमा तिनको एक खाले यन्त्र वा क्षमता भएको आधारभूत “उपकरण बक्स (टुलबक्स)” हुन्छ । त्यसले जटिल व्यवहार पैदा गर्दछ । शोधकर्ताहरुले एक जटिल वाक्य बनाउने र त्यसकोलागि साधारण शब्दहरुको संयोजनबाट बनेको जस्तै हुने उल्लेख गरेका छन् ।

कहिलेकाहिं हात्तीहरु कुनै कार्य गर्नको लागी सक्शन (सुँडको टुप्पो, ठोंड) को उपयोग गर्दछन् । यो ठोंडको पकड बलियो बनाउन आवश्यक पर्छ त्यसैले यो घुमाउरोसँग सम्बन्धित हुन्छ । अर्थात् तिनको घुमाउरो सुँडको टुप्पो बलियो र निर्दिष्ट हुन्छ । कुनै वस्तु समात्न वा कब्जा गर्न त्यसमा निर्भर हुन्छ ।

नजिकको वा वरिपरिको कुनै वस्तुको पहुँचमा पुग्दा त्यसको चलायमान धेरै विशेष खाले हुन्छ । सुँड हड्डी बिनाको एक अंग, हो । सुँडमा सानासाना सयौं खाले मसिना नशा वा बिजुलीका तारहरुको समूहजस्ता नशाले बनेको कठोर खण्डहरु हुन्छन् । त्यसको बनावट मान्छेको कुहिनो वा कम्मरका मसिना नशाको बनावटको छाप दिन्छ ।

जेनेभा विश्व विध्यालयको बहुआयामिक टोली अफ्रिकी र एशियाली हात्तीको सुँडको शरीर रचना कब्जा गर्न सफल भएको छ । तिनले डाटाको विश्लेषण गरेर सुँडको मांसपेशी प्रणाली र यसको जैविक यान्त्रिक (बायोमेकानिकल) कार्यहरु बीच एक घनिष्ठ सम्बन्ध स्थापित गर्न सक्षम भएका छन् ।

जेनेभा विश्वविध्यालयका अनुसन्धानकर्मीहरुले यी नतीजाहरु लचीला रोबोट हेरफेरको एक नयाँ अवधारणा विकास गर्ने आधारको रूपमा प्रयोग गर्ने बताएका छन् । यसले बिभिन्न आकारको रोबोटहरु बनाउन अनुमति दिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक