मंगलबार, वैशाख ४, २०८१

प्रेमीका ओगट्न आएको ठानेर भाले हात्तीद्वारा मूर्तीमाथि आक्रमण

नेपालप्लस संवाददाता२०७८ भदौ ८ गते १८:४९

फोटो-नेसन थाईल्याण्ड डट कम

थाईल्याण्डको खाओ याइ राष्ट्रिय निकुञ्जमा एक भाले हात्तीले आफ्नो प्रेमिका ओगट्न आएको ठानेर हात्तीको मूर्तीमा आक्रमण गरेको छ । आफ्नो प्रेमीका (पोथी हात्ती) ओगट्ने प्रयास गर्न आएको प्रतिद्वन्दी भाले ठानेर मत्ता भालेले मूर्तीनै ढलाईदिएको हो ।

राष्ट्रिय निकुन्जबाट एकदमै बलियो, मत्ता भाले बाहिर निस्किएको थियो । ऊ रिसले चुर थियो । फनफनिँदै हिँडेको मत्ताले पर्यटकहरुलाई स्वागत गर्न बनाएको भाले हात्तीको विश्वाल मूर्ती देख्नासाथ हमला गर्‍यो । उसले आफ्नो प्रेममा धावा बोल्ने अर्को कुनै प्रतिद्वन्धी भाले ठानेर आक्रमण गरेको भनाई थाई अधिकारीहरुको छ ।

तर त्यो मूर्ती देखेका बेला हात्तीले आहारा खोजिरहेको थियो । आक्रमण गर्नु अघि मत्ता भाले मूर्तीको अगाडि उभिएर केहिबेर हेर्‍यो । मूर्तीलाई केहि बेर ढकढकायो ।

नेशन थाईल्याण्ड डटकमका अनुसार थाईल्याण्डको खाओ याई राष्ट्रिय निकुञ्जका हात्ती हेरचाहकर्ताहरूले भालेले मोडल (मूर्ती) हात्तीलाई एक प्रतिद्वन्द्वी भन्ने गलत बुझेकोले आक्रमण गरेको विश्वास गरेका छन् । किनकि जंगली हात्तीहरु प्रजनन अधिकार सुरक्षित गर्न एक अर्कामा लड्ने गर्छन्।

मत्ता र मूर्तीको छोटो लडाइँ सकिए पछि भाले हात्ती जंगल फर्कियो । पार्क रेन्जरहरु मूर्तीका टुक्राहरु उठाउन लागे ।

राष्ट्रिय निकुञ्जका अधिकारी प्ली श्रीचाईले मेडियाहरुसित भनेका छन् “मलाई यो द्रिष्य हाँस्यास्पद लागेको थियो, कसरी जंगली हात्तीले मूर्तिलाई आक्रमण गर्न खोजिरहेको छ भनेर । भाले हात्तीहरु प्राय पोथीहरु ओगट्नकालागि एक अर्कासँग लड्छन् । त्यसैले त्यो भालेले सोच्यो कि यो एक वास्तविक हात्ती हो जसलाई उसले आफ्नो प्रभुत्व देखाउन आवश्यक छ ।”

भालेले मूर्तिलाई ढाल्यो । हात्ती गएपछि अधिकारीहरुले मूर्ति हटाए । निकुञ्जका अधिकारीहरुले मूर्ति फेरि आक्रमणमा नपरोस् भनेर अर्को ठाउँमा प्रतिस्थापन गर्ने भएका छन् ।

त्यो दृष्‍य दर्शकहरुले हेरिरहेका थिए । त्यो देखेर ति चिच्याए ।

भाले एशियाली हात्ती एक्लै घुम्छन् । पोथी खोज्ने बेला बल्ल बथानमा फर्किन्छन् । यसको विपरित अफ्रिकी भाले हात्तीहरु आफ्नो सम्पूर्ण जीवन बथानमै बिताउँछन् ।

थाईल्याण्डमा अनुमानित २,००० जंगली हात्ती छन् । त्यतिनै संख्यामा पाल्तु हात्ती छन् । ति चिडियाखाना वा हात्ती आरक्ष केन्द्रमा छन् । तिनलाई विवाह, भोज, चाडपर्वहरुमा भाडामा प्रयोग गरिन्छन् ।

 

तपाइँको प्रतिक्रिया