शुक्रबार, वैशाख १४, २०८१

उद्दार गरिएका एक अफगानी तालिबानको आशंकामा फ्रान्सको हिरासतमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ८ गते २३:२३

फ्रान्स सरकारले अफगानिस्तानबाट उद्दार गरेका अफगानीहरु मध्ये एक तालिबानपनि मिसिएर छिरेको र उनले सुरक्षाको निगरानी गरेको आशंकामा हिरासतमा राखिएको छ ।

फ्रान्सको ग्रिह मन्त्रालयले मंगलबार बताए अनुसार काबुलबाट फ्रान्स ल्याइेका मध्ये तालिबानसँग संदिग्ध सम्बन्धको कारण पाँच अफगानीलाई निगरानीमा राखिएको थियो । ति मध्ये एक जनालाई हिरासतमा राखिएको छ ।

निगरानीमा राखिएका र हिरासतमा लिइएका कसैकोपनि परिचय सार्वजनिक गरिएको छैन ।

“एक हजार भन्दा धेरै अफगान, केहि सय फ्रान्सेली नागरिकहरुलाई काबुलबाट आबुधाबी र आबुधाबी बाट पेरिस ल्याइेको छ” ग्रिहमन्त्री जेरार्ड डार्मानिनले फ्रान्स इन्फो रेडियोलाई भने ।

ती १,००० अफगानहरु मध्ये एक जना तालिबानसँग जोडिएको म ठान्छु । तर उसले फ्रान्सेली सेना, फ्रेन्च नागरिकहरु, पत्रकारहरुलाई धेरै मद्दत गर्‍यो । हामीले उ र उसका साथीहरुलाई फ्रान्स आइपुग्दा निगरानीमा राखेका छौं, कुनै शंका हटाउन” उनले भने ।

“ती पाँच व्यक्तिहरु मध्ये एकले हामीले उनीहरुलाई बस्न भनिएको ठाउँ छोड्यो । त्यसपछि उनलाई हिजो हिरासतमा राखिएको थियो, जसले सुरक्षा सेवाहरु ती व्यक्तिहरुको नजिकबाट निगरानी गरिरहेको देखाउँछ” उनले थपे ।

तपाइँको प्रतिक्रिया

फेसबुक