शनिबार, असोज २, २०७८

रावल, भुसाल, विष्ट समुह वालकोटमा मिसिनुनै पार्टी एकता ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ भदौ ९ गते १४:५२

नेकपा एमालेको स्थायी कमिटी बैठकपछि सामूहिक फोटो खिचाउँदै स्थायी कमिटी सदस्यहरु। माधव नेपाललाई साथ नदिएका रघुजी पन्त, भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायत १० जना स्थायी सदस्यसमेत बैठकमा सहभागी थिए । फोटो साभार- तिर्थ कोइरालाको फेसबुक

राजनीति अचम्मको विषय हो । खास गरेर नेपाल जस्तो मुलुकमा यसको भेउ पाउन निकै नै कठिन छ । हुन त राजनीतिमा दिर्घकालिन शत्रु पनि हुँदैन र मित्र पनि हुँदैनन भनिन्छ । तर फरक फरक विचार बोकेका दल र त्यसमा आवद्द नेता आफ्नो विचार अनुरुप शत्रुहरुको उत्पती गर्ने गर्दछन । शत्रु फेरिन सक्छन, सिद्धान्त उही रहन्छ । नेपालको राजनीति अर्कै छ- हामीकहाँ भरमग्दुर राजनीतिक पार्टीहरु छन सिद्धान्त छैन । नेताहरुका सोच स्थाइ छैनन र रहस्यमय तरिकाले सत्रुहरु अद्लाबद्ली भइरहन्छन ।

मंगलवार नेपाल कम्युनिष्ट पार्टीको स्थाइ समिती बैठक पछी पार्टी अध्यक्ष केपी ओलीको आडैमा उभिएर मन्द मुस्कान छरेका उपाध्यक्ष भिम रावलको तस्विर सार्वजनिक भयो । जतिबेला भिम रावल, गोकर्ण बिष्ट, घनश्याम भुषालहरुले केपी ओलीसँग कुम जोडेर फोटो सेशन गर्दै थिए ठीक त्यही समयमा नयाँँ पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको निर्वाचन आयोगमा सनाखत हुँदै थियो । नयाँँ पार्टी खोल्दा परिआउने अप्ठ्यारोमा काँध थापिदिने आशा गरेका र आफैंले हुर्काएका बालखहरु वालकोट हुँइकिएको माधव नेपालले टुलु टुलु हेरे । माधव नेपालले पक्कै पनि यती सोचे होलान- भिम रावलले केपी ओलीसँग कसरी आँखा जुधाउलान ?

राजनीति राजनीति हो, रिस राग, मोह ईर्श्या, विषय सबै क्षणिक हुन्छन । भिम रावल, भुषाल, भट्टराई र बिष्टहरुले माधव नेपालबाट सिकेको यही हो । तिर र कामना एउटैलाई बोकाए पछी यो खतरा रहीरहन्छ ।

विश्वका ठुला प्रजातान्त्रिक भनिएका देशहरुमा राजनीतिक दलहरु संकुचन हुँदै गइरहेको बेलामा नेपाल पार्टीहरुको संख्या बढ्दै जानु पक्कै पनि सुखद होइन । तर हात समातेर भर्‍याङ चढ्न सिकाएका केटाहरुले कसैलाई च्वाट्ट छोडेर जानुले पनि गतिलो संस्कारको संकेत गर्दैन । यो त्यहि भिम रावलहरुको जत्था हो जसले माधव नेपालको निर्देशनमा सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपती कार्यालयमा धर्ना बसेको थियो । धर्नाको मकसद जुनसुकै र जस्तो सुकै कोणबाट व्याख्या गरिए पनि एउटै थियो, केपी ओलीको बहिर्गमन ।

राजनीतिमा मध्य मार्ग अथवा बिचको बाटो हुँदैन । जम्मा दुई कित्ता हुन्छन ! कि यताको बाटो कि उताको बाटो । बिचको बाटो भनेको चोर बाटो हो । अवशर छोप्न खोज्नेले प्रयोग गर्ने बाटो । भिम रावलहरुले व्याख्या गरेको बाटो यही चोर बाटो हो र यसले अन्त्यमा अवसरयुक्त कित्तालाई नै रोज्ने छ ।

उतिबेलै एमसीसी र चुच्चे नक्सा जस्ता विषयमा रावल ओलीको चर्को आलोचक थिए । अझ राष्ट्रपती र प्रधानमन्त्री बिच असंबैधानिक कदम भनिएका विषयमा भएको एकमतका पनि उनी कडा विरोधी थिए । रावलले केही समय अघी नेपालप्ल्स सँगको एउटा कुराकानीमा भनेका थिए- “देशलाई द्वन्द्वमा पुर्याउन लागिएको यत्रो षडयन्त्रका बिभिन्न पाटा केलाउने छौं । राष्ट्रपतीको विषय संसदमा छलफल गर्नु पर्ने विषय हो तर सजाएँको भागीदार राष्ट्रपती पनि हुनु पर्दछ” ।

भिम रावल मात्र होइन, मध्यमार्गी भनिएका अन्य नेताहरु सहित रामकुमारी झाँक्री केपी ओली र राष्ट्रपतीका कदमहरु विरुद्द उग्र रुपमा खनिएका थिए । रामकुमारी झाँक्रीले माधव नेपालको हात छोडिनन् । तर भिम रावलहरुले उठाएका विषयहरु कहाँनेर पुगेर सच्चिए । ओलीले आफ्नो ३ वर्षे कार्यकालमा नाङ्गो पारेको राष्ट्रको धुकुटी यो दुई महिनाको अवधीमा कसरी पूर्ती भयो ? राजनीतिमा हरेक प्रश्नको जवाफ हुन्छ अथवा भनुँ राजनीति गर्नेहरुले सबै प्रश्नको जवाफ ठीक्क पारेर बसेका हुन्छन । भलै त्यो जवाफ जनताले नपत्याउन् । तर नेताहरुले आफु उम्किन मिल्ने एउटा छिद्र तयार परेका हुन्छन् । भिम रावलहरुसँग पनि त्यस्तो छिद्र पक्कै छ । केपी ओली सँग काँध मिलाउँदाको मनोवाद कुनै न कुनै रुपमा बाहिर आउला । जनताले त्यसलाई विश्वास गर्ने नगर्ने अर्को पक्ष हो ।

पार्टी एकताको अलाप जपेर अवशर छोप्न वालकोट पुगेका मध्यमार्गीहरुले माधव नेपालको सनाखत हुँदै गरेको पक्कै पनि सुनेका होलान् । सनाखत भइसके पछी फेरी एकताका कसरत र पदिय मोल मोलाइका छलफल कती महँगा हुन्छन, बुझेकै होलान । यदी एकताकै पक्षमा थिए भने ति मध्यमार्गी भनिनेहरुले माधव नेपाललाई पर्खाउन गराउन सक्नुपर्दथ्यो । बिच बाटोमा पुगेर हात छोड्ने थिएनन् । अर्को पार्टी बनीसकेपछिको परिणाम जस्तोसुकै होस् बरु राम कुमारी झाँक्रीले माधव नेपालको साथ छोडिनन्, हात थामिरहिन् ।

गोकर्ण बिष्टले सामाजिक संजालमा लेखेका छन- “अनेकन कठिनाइका बीच नेकपा एमालेलाई एकताबद्ध गर्न सफलता प्राप्त भएको छ । यसका लागि योगदान गर्ने सम्पूर्ण नेता कमरेडहरु, पार्टीपंक्ति, समर्थक शुभचिन्तकलाई हार्दिक बधाई” !

राजनीतिमा मध्य मार्ग अथवा बिचको बाटो हुँदैन । जम्मा दुई कित्ता हुन्छन ! कि यताको बाटो कि उताको बाटो । बिचको बाटो भनेको चोर बाटो हो । अवशर छोप्न खोज्नेले प्रयोग गर्ने बाटो । भिम रावलहरुले व्याख्या गरेको बाटो यही चोर बाटो हो र यसले अन्त्यमा अवसरयुक्त कित्तालाई नै रोज्ने छ ।

हुनत मध्यमार्गी भनिएका गोकर्ण बिष्टले सामाजिक संजालमा लेखेका छन- “अनेकन कठिनाइका बीच नेकपा एमालेलाई एकताबद्ध गर्न सफलता प्राप्त भएको छ । यसका लागि योगदान गर्ने सम्पूर्ण नेता कमरेडहरु, पार्टीपंक्ति, समर्थक शुभचिन्तकलाई हार्दिक बधाई” ! तर अचम्म के छ भने माधव नेपालले नयाँँ पार्टी दर्ताका लागि लगातार दोस्रो दिन आफ्ना सांसद र केन्द्रिय सदस्यहरुको सनाखत गराइरहेका छन् । पार्टी एकता कहाँँ हुँदैछ कमरेड ? कि तपाईंहरुको टोली वालकोटमा मिसिनु भनेको नै पार्टी एकता हो ?

माधव नेपाललाई नेपाली जनता र एमालेकै अर्को पंक्तिले कहाँसम्म पत्याउँछ त्यो छुट्टै कुरा हो । नेपालले भनेका पनि छन्- “दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता रोकिएको छैन ।”

नेताहरुले आफु उम्किन मिल्ने एउटा छिद्र तयार परेका हुन्छन् । भिम रावलहरुसँग पनि त्यस्तो छिद्र पक्कै छ ।

यसको मतलव पार्टी एकताको हल्लालाई माधव नेपालले खारेज गरिसकेका छन् । भर्खरैलाई एकताको औंचित्य समाप्त भएको छ । तर मुख्य सवाल ओलीको दौराको फेरो समातेकाहरुसँगै पुग्ने छ । एमसीसी अब कसरी व्याख्या हुन्छ ? चुच्चे नक्साको कुरा उठ्छ कि उठ्दैन ? ओली र बिद्या भण्डारीले चालेका हरेक असंबैधानिक कदमलाई सुन पानी छर्किएको हो ?

तपाइँको प्रतिक्रिया

फेसबुक