बुधबार, वैशाख १२, २०८१

जोर्गिन्हो युफाका वर्ष खेलाडी घोषित हुने

नेपालप्लस संवाददाता२०७८ भदौ ९ गते १९:१३

चेल्सीका स्टार जोर्गिन्होले एनगोलो कान्टे र केभिन डी ब्रुइनलाई पराजित गर्दै यूईएफए वर्ष खेलाडी घोषित हुने इटालियन मिडियामा सार्वजनिक भएको छ ।

यूईएफएले सर्टलिस्टमा परेका तीन प्रतियोगीको सूची तोडेपछि मिडफिल्डर जोर्गिन्हियो आफ्नो टीमका साथी कान्टे र म्यानचेस्टर सिटीका प्लेमेकर डी ब्रुइनको बिरूद्ध दाबेदार देखिएका हुन् ।

लियोनेल मेस्सी र रोबर्ट लेवान्डोवस्कीले गत वर्ष यो पदक जितेका थिए । ति दुबैलाई यस पटक नजरअन्दाज गरियो किनकि यसमा तीन प्रीमियर लीग खेलाडीहरुको अनुमोदन प्राप्त भएको थियो । रिपोर्टहरुको अनुसार अत्यधिक प्रतिष्ठित मानिने यो वर्ष खेलाडी पदक अब जोर्गिन्होले लिने छन् ।

यूईएफएको निकट स्रोतहरुले ईटालियाली भाषाको तुटोमेर्काटोवेबलाई बताएअनुसार जोर्गिन्हो बिहीवार इस्तानबुलमा च्याम्पियन्स लीगको ड्रमा विजेता घोषित हुनेछन् ।

२९ वर्षीय युवकले गत सिजन युरोपमा सनसनीपूर्ण अभियानको आनन्द उठाएका थिए । किनभने चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले मद्दत पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तपाइँको प्रतिक्रिया