शनिबार, वैशाख ८, २०८१

गरिबको मन- बिजुली निकालेर सित्तैमा बितरण

नेपालप्लस संवाददाता२०७८ भदौ ९ गते २३:०७

फोटो-जेओ डट कम

गरिब भएर के भो ? तिनको मनभने सबैभन्दा धनी छ । ईटालीको गरिब क्षेत्रका जनताले नविकरण उर्जा मार्फत बिजुली निकालेर सित्तैमा बाँडिरहेका छन् । गरिब क्षेत्रका बासिन्दाले निकालेको बिजुली धनीलेपनि सित्तैमा बालिरहेका छन् ।

इटालीमा एक लाख भन्दा बढी नवीकरणीय ऊर्जा प्रतिष्ठानहरुले देशमा खपत हुने ऊर्जा को लगभग १९ प्रतिशत आपूर्ति गर्छन् ।

स्थानीय उपयोगको लागी बिजुली स्वत्पादन पहलहरु बढ्दै छन् । उदाहरणको लागी नाप्लेसको उपनगरहरुमा सौर्य केन्द्रहरु निर्माण गरिएका छन् । ति सौर्य प्यानलहरु एक सामाजिक केन्द्रमा स्थापित गरिएको छ ।

यहाँको समुदाय कडा अपराध र अन्य माफिया क्रियाकलापद्वारा प्रभावित छ । यो स्रिजनात्मक उर्जा पहलको स्रिजना गरेर आवश्यकता अनुसार परिवारहरुलाई बिजुली निःशुल्क वितरण गरिएको छ । गरिबहरु मिलेर निकालेको यो बिजुली धनीहरुलेपनि निशुल्क बालिरहेका छन् ।

त्यसको साथै युवाहरु र उनीहरुका आमाबाबुको लागि पर्यावरणबारे जागरूकता जगाउन र वातावरणिय सन्देशको प्रसार गर्न महत्वपूर्ण माध्यम बनेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक