बिहीबार, वैशाख १३, २०८१

तालिबानको चेतावनीपछि अमेरिकाको दौडधुप

नेपालप्लस संवाददाता२०७८ भदौ ९ गते २३:४७

अमेरिकासहित बहुराष्ट्रिय सेना अगस्ट ३१ भित्रै फिर्ता नगरे गम्भिर हुने चेतावनी तलिवानले दिएपछि अमेरिकी प्रशासनले अगस्ट भित्रै फिर्ता गर्न दौडधुप गरिरहेको छ ।

अगस्ट ३१ सम्ममा आफ्ना सेना फिर्ता लिने समयसीमा अमेरिकालेनै दिएको थियो । त्यसमा तालिवानहरुले सहमती जनाएका थिए । वा कम्तिमा बाधा हालेका थिएनन् । तर उद्दार र नागरिक बाहिर निकाल्ने काम पुरा नहुने अवस्था देखिएको भन्दै समयसिमा अगस्ट ३१ पछि बढाउन सकिने अमेरिकाले सार्वजनिक गरेको थियो । बेलायतलेपनि अमेरिकालाई समयसिमा बढाउन अनुरोध गरेको थियो ।

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अराजकता जारि रहेको भन्दै तालिबानले यदि संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले अफगानिस्तानमा सेनाको उपस्थिति अर्को हप्ता भन्दा बढाएमा ‘गम्भिर परिणाम’ निस्किने चेतावनी दिएको हो ।

तालिवानको यो चेतावनीपछि अमेरिकाले अगस्ट ३१ समय सिमा भित्रै आफ्ना सेना, आफ्ना अमेरिकी नागरिक, तिनका परिवार र चाहेका अन्य अफगानीहरुलाई बाहिर निकाल्न युद्दस्तरमा काम गरिरहेको छ ।

अमेरिका बाहिरिएमा आफूहरुपनि बाहिरिने स्विजरल्याण्ड, जर्मनी र बेलायत लागयतका देशले सार्वजनिक गरिसकेका छन् ।

ह्वाइट हाउसबाट बोल्दै अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्नो अगस्त ३१ को अफगानिस्तानबाट फिर्ता हुने समयसीमाको बचाउ गर्दै भनेका छन् “यदि तालिबानले सहयोग जारी राखेभने गठबन्धन सेनाहरु यो गतिलाई आदर गर्न लागिपर्ने छन् ।”

यसअघि जी ८ का नेताहरूले तालिबानहरुले अगस्टको अन्त्यसम्म बाहिर जान चाहनेहरुकालागि सुरक्षित बाटोको ग्यारेन्टी गर्नुपर्ने बताएका थिए । तर तालिबानका एक प्रवक्ताले उनीहरु अब अफगानिस्तानका नागरिकहरुलाई काबुल बिमानस्थल जान नदिने घोषणा गरिसकेका छन् । त्यसको आदर नगरिए गम्भिर चेतावनी निम्तिने चेतावनी दि ईसकेका छन् ।

यसैसित संवन्धित समाचारपनि हेर्नुस्

अगस्ट ३१ पछि अफगानिस्तानमा अमेरिकाको उपस्थिति रहे गम्भिर परिणाम भोग्नुपर्ने तालिबानको चेतावनी

तपाइँको प्रतिक्रिया