बिहीबार, वैशाख ६, २०८१

महिला अधिकार कमजोर भन्दै विश्व बैंकद्वारा अफगानिस्तानलाई दिँदै आएको सहायता स्थगित

नेपालप्लस संवाददाता२०७८ भदौ १० गते ०:०४

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको स्थिति विशेष गरी महिलाहरुको स्थिति राम्रो नरहेको, गहिरो चिन्ताको विषय बनेको भन्दै विश्व बैंकका प्रवक्ताले अफगानिस्तानलाई दिँदै आएको सहायता स्थगित गरेको बताएका छन् ।

विश्व बैंकका अधिकारीले एएफपीलाई भने “हामीले अफगानिस्तानमा हाम्रो संचालनमा रहेको सहयता वितरण रोकेका छौं । हामीले स्थितिलाई नजिकबाट निगरानी र मूल्यांकन गरिरहेका छौं ।”

विश्व बैंकको अफगानिस्तानमा दुई दर्जन भन्दा बढि विकास परियोजनाहरु चलिरहेको छ । सन् २००२ बाट करिब साँढे पाँच अरब प्रदान गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया