मंगलबार, वैशाख ११, २०८१

‘जर्मनी लगायतका उत्तरी यूरोपमा गएको बाढी मानव कमजोरीका कारण’ अनुसन्धान

नेपालप्लस संवाददाता २०७८ भदौ १० गते १:११

Photo Credit-Screen shot of WOLFGANG RATTAY / REUTERS via lefigaro.fr

जुलाईमा जर्मनी र बेल्जियमलाई तहसनहस पारेको बाढीको सम्भावना र तीव्रतामा गरिएको एक अनुसन्धान अनुसार मानविय कारण रहेको अनुसन्धानले औंल्याएको छ । मानव गतिविधिसँग जोडिएको क्रियाकलापका कारण व्रमाण्डमा बढ्दै गएको तापक्रमसित संवन्धित देखिएको छ । उक्त बाढीले २०० भन्दा बढीको मृत्यु र अरबौं यूरो क्षति पुर्‍याएको थियो ।

विश्व तापक्रम बढ्ने क्रम (ग्लोबल वार्मिंग) एक पटक फेरी स्पष्ठ रुपमा देखा परेको छ । अगस्ट २४ मा जारी एक अध्ययनका अनुसार जुलाईमा जर्मनी र बेल्जियममा आएको बाढीमा २०० भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो र अरबौं यूरो क्षति भएको थियो ।

यी क्षेत्रहरुमा यस्तो चरम प्रकरणको घटना मानव प्रेरित वार्मिंग द्वारा कम से कम यस्तो क्षती नौ गुणा बढ्न सक्ने छ । गत बाढीमा कम्तिमा २० प्रतिशत भन्दा बढी संभावना मानव सिर्जित क्रियाकलापबाट निम्तिएको हो ।

वर्ल्ड वेदर एट्रिब्युशन (डब्ल्यूडब्ल्यूए) का वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले गर्दा एक दिनमा वर्षाको मात्रा तिन देखि १९ प्रतिशत बढाइदिएको छ । यो संस्थाले विश्वका विभिन्न अनुसन्धान संस्थानहरुका विज्ञहरुलाई एकसाथ जोड्ने काम गर्छ ।

तातो गुम्बज

उनीहरुले गरेको दोस्रो अनुसन्धानका अनुसार मौसम परिवर्तनको कारणले गर्दा प्राक्रितिक प्रकोपको मात्रा यो वर्ष तिन गुणा बढेको छ ।

डब्ल्यूडब्ल्यूएले पहिले गणना गरे अनुसार जूनको अन्त्यमा क्यानाडा र अमेरिकाको पस्चिम क्षेत्रमा तातो हावा चल्ने र त्यसले श्वाशप्रश्वाशमा बाधा पार्ने संभावना लगभग असम्भव थियो ।”

अगस्टको प्रारम्भमा संयुक्त राष्ट्र संघका जलवायु विज्ञहरु (आइपिसिसी) ले पनि एक रिपोर्ट सार्वजनिक गर्दै मौसम परिवर्तनबाट उत्पन्न हुनसक्ने क्षतीबारे घण्टी बजाएको थियो । ग्लोबल वार्मिंगको असर अझ छिटो र बलियो हुने र त्यसले मानवलाई प्रकोप थपिदिने धम्की दिएको थियो ।

सुख्खा, आगो वा बाढी जस्ता विनाशकारी प्रभाव पहिलेनै दुनियाँभर महसुस गरिएको छ । जुलाई १४ र १५ मा भारी वर्षाको कारण आएको डरलाग्दो बाढीले जर्मनीमा १९० जना र बेल्जियममा ३८ जनाको मृत्यु भएको थियो।

जर्मनीले विपद् क्षेत्रहरुको पुनर्निर्माणमा ३० अर्ब यूरो लगानी गर्नुपर्ने छ । यो विपद्ले जलवायु आपतकालको मुद्दालाई सार्वजनिक बहसको केन्द्रमा राखेको छ । चान्सलर एन्जेला मार्केलको उत्तराधिकारी छनौट गर्न सेप्टेम्बरको अन्त्यमा हुने निर्णायक चुनावको केहि हप्ता अघिदेखि यो मुद्दा सार्वजनिक बहसको केन्द्रमा रहेको छ ।

ऐतिहासिक वर्षा

ड्ब्ल्युडब्ल्युएको ब्यानर अन्तर्गत जम्मा ३ अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले यो बाढीबारे अध्ययन गरेका थिए । उनीहरुले बिना कुनै संदेह जलवायु परिवर्तनको संभावना बढेको र त्यसमा तिब्रतासमेत देखिएको उल्लेख गरेका छन् । जर्मनीका मौसमबिद फ्र्यांक क्रेइनेनकेटले यो परियोजनाको परिकल्पना र योजना बनाएका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार यो घटनाले प्रभावित क्षेत्रहरुमा ठूलो मात्रामा ऐतिहासिक रुपमा रेकर्ड गरिएको वर्षाको रेकर्डसमेत तोडेर उल्लेख गरेका छन् ।

“वर्षामा वृद्धि वार्मिंगको एक अपेक्षित परिणाम हो । एक भौतिक घटनाबाट प्रत्येक अतिरिक्त डिग्रीबाट सात प्रतिशत वातावरणको आर्द्रता बढ्छ । त्यसले बिनास निम्त्याउँछ” रिपोर्टमा भनेका छन् ।

लेखकहरुले बिभिन्न मोडलहरु चलाएर अध्ययन गरेका थिए- कसरी तातोले सबैभन्दा प्रभावित क्षेत्रहरुमा एक वा दुई दिनको अवधीमा वर्षाको अधिकतम मात्रामा असर पारेको छ । जर्मनीमा आर र एर्फ्ट नदी तट, नदीको मूलमा के भैरहेको छ, के बदलिभएको छ । र जर्मनीको मेउज उपत्यका र बेल्जियममा कस्तो प्रभाव पर्‍यो ।

यस्ता बिपत्ती एक पछि अर्को वर्ष झन बलियोसित देखापर्ने प्रवित्ति रहेको बह्नाई उनीहरुको छ । गत जुलाईमा जस्तै बाढीको बिपत्ती पस्चिमी युरोपमा हरेक ४०० वर्षमा दोहोरिने संभावना छ । यसको अर्थ हरेक वर्ष ४०० मध्ये एउटा मौका यस्तो बिपत्तीको हुनसक्छ । र यस्तो बिपत्ती बढ्दै जानसक्छ ।

“यदि गोलार्धको तापक्रम बढ्दै जाने हो भने त्यो प्रव्रित्ति झनै सामान्य बन्दै जान सक्छ” अनुसन्धाककर्मीहरुले भनेका छन् ।

यसैले यो जान्नको लागी हामी कसरी यी घटना, परिद्रिष्यहरु र उनीहरुको प्रभावको जोखिमलाई कम गर्छौं” भन्ने जान्नु महत्वपूर्ण छ । मुख्य लेखकहरु मध्ये एक रेड क्रस र रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका निर्देशक मार्टन भान एल्स्ट भन्छन् “दुर्भाग्यवश, मानिसहरु प्राय जान्न तयार छन् । तर अघिल्लो आपतको बारेमा मात्रै ।”

तपाइँको प्रतिक्रिया