मंगलबार, वैशाख ११, २०८१

तान्जानियामा फ्रान्सेली दूतावास नजिकै आक्रमण : चारको मृत्यु, ६ जना घाइते

नेपालप्लस संवाददाता २०७८ भदौ १० गते ११:३८

Image credit-africanews.com

एक बन्दुकधारीले आज बुधवार तान्जानियाको मुख्य शहर दार ए सलामको कूटनीतिक क्षेत्रस्थित फ्रान्सेली दुतावासको द्वारमा गरेको एक हमलामा तीन प्रहरी अधिकारीहरु र एक निजी सुरक्षा गार्डको हत्या भएको छ ।

फ्रान्सेली दूतावासबाट सडक पार भईरहेको भवनबाट दर्शकहरु द्वारा खिचेको इन्टरनेट भिडियोमा बन्दुकधारीलाई सुरक्षाकर्मी कक्ष (गार्डहाउस) भित्र देखाइएको छ । उनले प्रहरी दूतावासका गार्डहरु भएतिर एकदमै नजिक दूरीबाट गोली पड्काएको र पछि दूतावासका गार्डबाटसमेत जवाफी गोली पड्काएको देखिन्छ ।

प्रहरीका अनुसार आक्रमणकारीले पहिले सो क्षेत्रको एक चौराहमा दुई प्रहरी अधिकारीहरुलाई पिस्तौलले गोली हानेका थिए, जहाँ धेरै कूटनीतिक नियोगहरु छन् । उनले भुइमा ढलेका प्रहरी अधिकारीहरुबाट राइफल लिएका थिए । पेतोल खोसेपछि आक्रमणकारी केहि सय मिटर टाढा फ्रान्सेली दूतावास तिर पैदल हिँडेर अनियमित रुपमा गोली चलाए र गार्ड हाउस कब्जा गरे ।

राष्ट्रपति सामिया सुलुहु हसनले ट्वीटरमा भनेका छन् “म प्रहरी सेवा, तीन प्रहरीको परिवार र एसजीए सुरक्षा कम्पनीका एक अधिकारीलाई शोक व्यक्त गर्दछु जसले दार स सलामको सलेन्डा क्षेत्रमा एक सशस्त्र व्यक्तिको आक्रमणमा ज्यान गुमाए।”

“मारिएका चार जना बाहेक ६ जना घाइते भएका छन्” तन्जानिया प्रहरी बलले सार्वजनिक गरेको ट्वीटमा अपरेसन र प्रशिक्षण लिबरेटस सबासका प्रहरी आयुक्तले भनेका छन् ।

प्रहरी महानिरीक्षक साइमन सिरोले स्थानीय टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा प्रहरीले आक्रमणकारीको पहिचान गर्न खोजेको बताएका छन् । आक्रमणको कारण भने अझै थाहा हुनसकेको छैन् । सिर्रोको सुझाव अनुसार यो हमला तान्जानियाको छिमेकी मोजाम्बिकको भूमिकासँग सम्बन्धित हुनसक्छ । किनभने त्यहाँ क्षेत्रीय सुरक्षा बलको एक हिस्साको रूपमा इस्लामी विद्रोहीहरुसँग लड्न यहि महिना सेना पठाइएको छ ।

“त्यहाँ समस्याहरु छन् । हाम्रा प्रहरीहरु त्यहाँ छन्” सिर्रोले मोजाम्बिकको बारेमा भने ।

प्रहरी अधिकारी सबासले पत्रकारहरुलाई बन्दुकधारी एक तान्जानियाली नागरिक थियो । उसको आतंकवादसँग सम्बन्ध छ कि छैन भन्नको लागी धेरै छिटो हुने उनले बताएका छन् ।
तान्जानियाली टेलिभिजनले प्रहरीले बन्दुक नछिर्ने भेस्ट (बुलेटप्रुफ भेस्ट) लगाएको प्रहरी अधिकारीहरु देखाएको छ जो दूतावास बाहिर शवलाई सेतो लुगामा लपेटेर सार्वजनिक दृश्यबाट हटाउन लागिरहेको देखिन्छ ।

(फ्रंस २४, रोयटर्स)

तपाइँको प्रतिक्रिया