शुक्रबार, वैशाख १४, २०८१

निर्जिव बच्चा च्यापेर रोइरहेकि आमा

अबिनाश लोड्ही२०७८ भदौ १० गते १६:१७

एक आमाले आफ्नो निर्जिव बच्चा समातेको हृदय विदारक दृश्य भारतको जबलपुरमा खिचिएको हो । आमा कतै गएको बेला वा आमाको आँखा झुक्याएर बच्चालाई कसैले गोली हानेको विश्वाश गरे धेरैले । पीडामा छट्पटाएको बच्चा देखेपछि आमाले काखमा च्यापी ।

तस्वीरले स्पष्ट रूपमा बोल्छ, प्रत्येक जनावरको माया कस्तो हुन्छ आफ्ना सन्तानप्रति । प्रत्येक जनावरले पीडाको महसुस गर्छन् भन्ने पनि यसले पुष्टि गर्छ । आफ्नो एक मायालु, आफ्नो सन्तानले भोगेको पीडा देख्दा असह्य हुन्छ भन्ने यसले प्रस्ट पार्छ ।

यो तस्विरको उज्यालो पक्ष के हो भने यो बाँदरको फोटो खिच्ने फोटोग्राफरले खुलासा गरेका छन्- शिशु मरेको थिएन जसरी धेरैले विश्वास गरे । बरु यो बेहोश हुनुभन्दा पहिले एउटा चट्टानमा ठोक्किएको थियो । त्यो देखेपछि आमाले तुरुन्तै समातेर काखमा च्यापी । बच्चाको पीडा देखेर भककनो परी । दुखी आमालाई देखेर गाउँलेहरुले केहि पानी ल्याएर दिए । उनीहरुले आमालाई मद्दत गरे । केहि समय भित्रै बच्चा केहि उत्साह लिएर उठ्यो । र थप जीवन जिउन ऊ थप उत्साहकासाथ तयार भयो ।

तपाइँको प्रतिक्रिया