बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानबाट उद्दार गरिएका मध्ये एक तालिबानलाई फ्रान्समा जेल सजाय

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ११ गते १४:३६

अफगानिस्तानमा तालिबानहरुको खतरामा रहेका भन्दै फ्रान्सले उद्दार गरेका मध्ये परिचय लुकाएर फ्रान्स छिरेका अहमत एम नामका तालिबानलाई फ्रान्सको अदालतले जेल सजाय तोकेको छ ।

फ्रान्सको अदालतले अफगानिस्तानको काबुलबाट निकालीएको केही दिनपछि ति ब्यक्तिलाई दोषी ठहर गरेको हो ।

फ्रान्सेली सुरक्षाको आदर नगरेको भन्दै ति अफगान नागरिकलाई १० महिनाको जेल सजाय सुनाएको छ । तिमाथि निगरानी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । अधिकारीहरुले उनी तालिबान भएको यथार्थता लुकाएको बताएका छन् ।

अहमद एम पाँच व्यक्तिहरु मध्ये एक हुन् जो तालिबानसँग सम्भावित सम्बन्ध हुनसक्ने देखिएको भन्दै एक अनुसन्धानको लागि फ्रान्समा उनको आगमन पछि निगरानीमा राखिएको थियो ।

एक अर्को व्यक्तिले खतरामा परेका नागरिक र अफगानहरुलाई बाहिर निकाल्न फ्रान्सलाई मद्दत गरेतापनि तालिबानको लागी काम गरेको शंका गरिएको छ । अहमद एम (फ्रान्सलाई सहयोग गर्ने ब्यक्ति) र नीसँग नजिकका अन्य चार जनालाई यस हप्ताको शुरुमा निगरानीमा राखिएको थियो ।

निगरानी आदेशमा यताउति जान वा कतै आवतजावतका लागि कडा सिमा तोकिएको छ । तर सप्ताहन्तमा आइपुग्दा उनले ति सिमा तोडेको, फ्रान्सेली सुरक्षा संयन्त्रबारे निगरानी गरेकोमा दोषी ठान्दै अदालत पेश गरिएको थियो । अदालतले सिमा क्षेत्र बाहिर गएको भन्दै दोषी ठहर्‍याएको हो ।

अहमद एमले आफूले कानूनको अध्ययन शुरू गर्नु अघि अफगानिस्तानमा एक अभियोजक रहेको बताएका छन् । पेरिसको न्वाजी ले ग्रँ को उपनगर नछोड्न उनलाई आदेश दिइएको थियो जहाँ उनी आफ्नी पत्नी, सानी छोरी र परिवारका अन्य केहि सदस्यहरुसँग बस्दै थिए ।

फ्रान्सले उद्दार गरेका सयौं मध्ये तालिबानका सदस्य हुनसक्ने भन्दै फ्रान्समा बिवाद चर्किएको छ । सन् २०२२ मा राष्ट्रपतीय निर्वाचन हुँदै छ र त्यसमा आप्रवाशी विषय चर्किँदै गएको छ ।

दक्षिणपन्थी पार्टीहरुले राष्ट्रपती एमानुयल माख्रोंको सरकारमाथि उचित ढंगले सुरक्षा जाँच गर्न नसकेको आरोप लगाएका छन् । वामपन्थी र नरमपन्थी पार्टीहरुले सीमित संख्यामा मात्र फ्रान्समा प्रवेश गराएर साधारण अफगानहरुलाई हतोत्साहित पारेको आरोप लगाएका छन् ।

आप्रवाशीहरुबारे निकै कठोर, अति दक्षिणपन्थी धारकि भनेर चिनिने मारिन ल पेनले राष्ट्रपतीले फ्रान्सेली सुरक्षालाई पहिलो प्राथमिकता नदिएको आरोप लगाएकि छन् । अर्को दक्षिण पार्टीका तर्फबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उमेदवारी घोषणा गरेका जाभिय बेर्थंले पाँच अफगानहरुलाई किन तत्कालै देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन् ।

तपाइँको प्रतिक्रिया