बिहीबार, वैशाख १३, २०८१

रुसी खोप स्पुत्निक भि डेल्टा कोरोना बिरुद्द प्रभावकारी

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ ११ गते १५:५३

रसियाले उत्पादन गरेको स्पुत्निक भि खोप कोरोना डेल्टा भेरियन्टका बिरुद्द निक्कै प्रभावकारि देखिएको छ ।

लगभग १४,००० मानिसहरुमा गरिएको अध्ययनले दुई डोजको खोपले कोरोना लागेर अस्पताल भर्ना हुने जोखिमलाई ८१ प्रतिशत घटाउँने र फोक्सोको गम्भीर चोटलाई रोक्न मद्दत गर्ने देखिएको हो । मेडरिक्स शो भन्ने एक पत्रीकामा उक्त अध्ययनलाई उल्लेख गर्दै जनाइएको छ ।

धेरै देशहरुमा कोभिड-१९ को प्रसार बढ्दो छ । खोप लगाइएका मानिसहरुमासमेत नयाँ भेरिएनटलाई रोक्ने असफलताको बढ्दो संख्याले खोपहरुको प्रभावकारितालाई चिन्ता बढाइदिएको छ । खास गरेर पहिलेको वा प्रारम्भिक कोरोनाको तुलनामा डेल्टा भेरियन्टलाई राम्रोसँग सुरक्षा गर्दैन वा खोपहरुको सुरक्षा अल्पकालिक हुनसक्ने चिन्ता बढाएको छ ।

इजरायलको ब्रेकथ्रु इनफेक्सन भन्ने एक स्वास्थ्य सन्जालले भर्खरै गरेको अध्ययन अनुसार फाइजर र एस्ट्राजेनेका डेल्टा भेरियन्टकोलागिपनि प्रभावकारि देखिएको उल्लेख गरेको थियो ।

रूसमा अन्य शहरहरु जस्तै, सेन्ट पीटर्सबर्गमा ट्रियाज केन्द्रहरु स्थापित गरीएको छ जहाँ सार्स कोभिड-२ को पुष्टि हुनेलाई निदान गराउन, र कोभिड-१९ लक्षण हुने बिरामीहरुलाई एक संक्षिप्त शारीरिक परीक्षण गरिन्छ । तिनलाई सिटी स्क्यान गरिन्छ । त्यसपछि बल्ल उनीहरुलाई अस्पताल भर्ना गर्ने कि नगर्ने निधो गरिन्छ ।

सेन्ट पीटर्सबर्गको युरोपेली युनिभर्सिटीका महामारीविज्ञ एन्टोन बार्चुकको नेतृत्वमा रहेको एउटा टोलीले त्यस्ता दुई केन्द्रका डाक्टरहरुलाई बिरामीहरुको खोपको स्थितिबारे सोधपुछ गर्न लगाएको थियो ।

उनीहरुले रसियामा कुन बिरामीले कुन भ्याक्सिन पाएका थिए भनेर सोधेनन् । तर सरकारी तथ्या्क अनुसार सेन्ट पीटर्सबर्गमा खोप लगाउने मध्ये ९६ ले स्पुतनिक भी लगाएका थिए । विश्लेषण अनुसार १३,८९४ बिरामीहरु थिए । त्यसमध्ये १,२९१ लाई पूर्ण खोप लगाइएको थियो । सहभागीहरु मध्ये ४९५ लाई मात्र अस्पताल पठाइएको थियो ।

खोप लगाउन चाहनेकालागि स्पुतनिक भीको दुबै डोज (मात्रा) उपलब्ध थियो । सिटी स्क्यान सेन्टरमा आउनु कम्तिमा दुई हप्ता अघि दोस्रो डोज दिईेएको थियो । तिनले राखेको तथ्यांक अनुसार स्पुतनिक भी लगाएका मध्ये ८१ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने अध्ययनले देखायो ।

खोपको प्रभाव पुरुषमा भन्दा महिलामा अझ राम्रो देखियो । पुरुषमा ७६ प्रतिशत र महिलामा ८४ प्रतिशत प्रभावकारि देखियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक