शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए बिगार्ने प्रवाशका राजनितिक भरिया

ददि सापकोटा२०७८ भदौ ११ गते १७:०६

प्रवाशमा नेपालको राजनितिक पार्टीका आआफ्ना संगठन छन् । केहिका जनवर्गिय संगठन त केहिका पार्टी संगठन । तिनले आफ्नो संगठनको राजनिति त गर्छन् नै । त्यो सामान्यनै भयो । तर गैर आवाशिय नेपाली संघ (एनआरएनए) मा राजनिति गर्न हुन्न । यो सामाजिक संस्थामा राजनिति घुसाउन हुन्न भनेर किर्ते भाषण दिनेपनि यिनै हुन्छन् । त्यसो भन्दै गर्दा सबैभन्दा बढि राजनितिपनि तिनै गर्छन्, संस्थामा तिनैले घुसाउँछन् ।

खासमा भन्ने हो भने यि कुनै राजनितिक पार्टीका कार्यकर्तापनि होइनन् । बरु राजनितिक दलका नारारुपी जाँता बोक्ने गधा जस्ता भरिया हुन । भरियापनि १८ औं शताब्दीताकाका जस्ता भरिया । त्यस्ता भरिया जुन बेला साहुले जति बोकाएपनि, जस्तो बोकाएपनि, जति घण्टा बोकाएपनि र भोकै बोकाएपनि खुरुखुरु भारी बोक्थे । अहिलेका भरिया भारी त बोक्छन् । तर भोकै, बिना ज्याला, साहुको मनपरिमा बोक्दैनन् । त्यसैले प्रवाशका राजनितिक भरिया १८ औं शताब्दीताकाका भरिया र दास जस्ता हुन् ।

यि किनपनि भरिया र १८ औं शताब्दीका दास जस्ता हुन् भने यिनलाई नेपालका पार्टीले पत्याएका त हुन्छन् । खाली भरियाको रुपमा । अन्य बैचारिक, सांगठनिक, अधिकार, स्वतन्त्रताकालागि नेताले खासै पत्याएकापनि हुन्नन् । किनभने गैर आवाशिय नेपाली संघ (एनआरएनए) ले प्रवाशमा बिदेशी नगरिकता लिएका नेपाली नागरिकहरुलाई नेपाली नागरिकता निरन्तरता गरिदिन गरेको आग्रह दुई दशक पुग्यो । यो दुई दशकमा दर्जनभन्दा बढि सरकार बदलिए । त्यो सरकार बदलिसँगै सबैजसो पार्टी सरकारमा पुगे । तर ति कसैलेपनि नेपाली नागरिकताको मुद्दा सुल्झाउन चाहेका छैनन् । कतिपय पार्टीले त प्रवाशका ति कार्यकर्तालाई महाधिवेशनमा प्रतिनिधीसम्म बन्न दिएका छैनन् । खासमा तिनलाई प्रवाशिएका नेपालीको न माया र मोह छ न चिन्ता र तिनको चाखनै छ ।

प्रवाशमा खुलेका अधिकांश (सबै होइन) राजनितिक दलका कार्यकर्ता तिनै भारी बोक्न नपाउँदा क्वाँ क्वाँ रुने जनावर जस्तै भरिया हुन् । त्यसैले ति नेपालका राजनितिक साहुका भारी बोक्न ढाड मिलाइमिलाई साहुका अघिल्तिर तेर्सिन्छन् ।

वास्तबमा ति राजनितिक गधा रुपी भरिया पाल्ने साहु हुन् । तिनलाई थाह छ, गधा पाल्यो भने मज्जाले भारि बोकाउन पाइन्छ । गधा पाल्नुको फाईदा हुन्छ, तिनले भारी बोकाउँदा होइन भोरी बोक्न नपाउँदा चिन्ता ब्यक्त गर्छन् । गह्रुंगो भारीले ढाड लच्च्क्क नलच्किए ति रुन्छन् । भारी बोक्न पल्केका ति गधाहरुलाई साहुको भारीले नथिचेसम्म जिवन जिउनुको मज्जा आउन्न । प्रवाशमा खुलेका अधिकांश (सबै होइन) राजनितिक दलका कार्यकर्ता तिनै भारी बोक्न नपाउँदा क्वाँ क्वाँ रुने जनावर जस्तै भरिया हुन् । त्यसैले ति नेपालका राजनितिक साहुका भारी बोक्न ढाड मिलाइमिलाई साहुका अघिल्तिर तेर्सिन्छन् । भारी बोक्ने ति जन्तुलाई साँझ घाँस दिए पुग्छ । नेताका राजनितिक भरियालाई राजनितिक पार्टीको गन्ध सुँघाइदिनुपर्छ ।

हो यिनै राजनितिक भरियाहरु हुन् सबैभन्दा बढि एनआरएनएलाई बिगार्ने । यिनैले हो एनआरएनएमा राजनिति भो पनि भन्ने । गर्नुहुन्नपनि भन्ने । अनि कोहि उमेदवारलाई चिनाउँदा ‘जनसंपर्क समिति, प्रवाशी नेपाली मन्च, अर्को के यस्तै राजनितिक संगठनको पूर्व अध्यक्ष, बिध्यार्थी संघ, संगठनको वा फलानो पद को ‘महान’ ब्यक्ति भनेर चिनाउने ।

यि राजनितिक भरियाले नेपालको राजनितिक बिक्रिलाई हरेक संघसंस्थामा घुसाएर बिक्रित बनाउन कतिसम्म कोसिस गर्छन् भन्ने लामो द्रिष्टान्त छ । प्रवाशका हरेक दोस्रो पुस्ताका मानिस युवाकालमा कुनै राजनितिक दलमा लाग्यो होला । कुनै पार्टी छान्यो होला । कसैका झण्डा बोकेपनि होला । कुनै संगठनको नेत्रित्वपनि सम्हाल्यो होला । यता प्रवाशमा आएपछि तिनको सधैं त्यहि पार्टी र त्यहि संगठनसित आबद्द भैरहन्छ भन्ने छैन । किशोरावस्थामा झण्डा बोकेको, आन्दोलनमा डण्डा उचालेको ब्यक्ति नेपालको राजनिती देख्दा र भोग्दा वाक्कै परेर सक्रिय नाता तोडेको हुनसक्छ । त्यसरि तोड्ने धेरै छन् । तर यि राजनितिक दलका जाँतो बोक्ने खच्चडहरुले ‘एन आरएनएको सचिव, अध्यक्ष, कोषाध्यक्ष, उपाध्यक्ष, मध्यपूर्व संयोजक’ आदि आदि पदमा उम्मेदवार बनेकाहरुलाई ‘उहाँ भूतपूर्व नेपाली जनसंपर्क समितिको अध्यक्ष, उहाँ प्रवाशी नेपाली मन्चको पूर्व उपाध्यक्ष, नेपालमा फलानो क्याम्पसको स्वबियुको सचिव, अध्यक्ष, गाउँ कमिटीको अध्यक्ष’ यस्ता राजनितिक फुर्का झुण्ड्याएर जबर्जस्ति राजनितिमा घसारिरहेका छन् ।

राजनितिक चाख नभएकालाईपनि जबर्जस्त राजनितिक ट्याग भिराईरहेका छन् । जो नेपालको राजनितिले वाक्क भएर प्रवाश भासियो उसलाई फेरि त्यहि राजनितिक ढलमा अँचेट्न खोजिरहेका छन् । जसले राजनिति गरेर त्यसको कुरुप पाटो भोग्यो, कहाली लाग्दै प्रवाशमा बाहिरिन बाध्य भयो उसलाई फेरि त्यसैमा रुझाउन अँचेटीरहेका छन् राजनितिक जाँतो बोक्ने भरियाहरुले । राजनितिबाट वाक्कदिक्क भएका, खेदिएकाहरुलाई जबर्जस्त आफूजस्तै राजनितिक गधाको ढाडमा नेताको जाँतो बोकाउनु तिनको प्रमुख ध्येय हो ।

आफ्ना जाँतोका साहु पार्टी र तिनका नेतालाई फोन गरिगरि जबर्जस्त उम्मेदवारसित भेट गराउनेपनि यिनै राजनितिक जाँतोका भरिया हुन् । प्रवाशका सबैभन्दा ढोंगी यिनै हुन् । राजनिति गर्न हुन्न एनआरएनएमा भन्दै राजनितिक पद देखाएर बार्गेनिङ गर्ने, ढोंगी, धमिरा, कुरुप चिन्तनका संवाहक, संरक्षकपनि यिनै हुन् !

ति जाँतो भरियाहरुलाई कतिसम्मपनि हेक्का छैन भने उम्मेदवारी दिएका आफैंले आफ्नो पूर्व राजनितिक संलग्नता उल्लेख नगर्नु भनेको तिनलाई राजनितिक चाख छैन । राजनितिको पहिलेको बाटो हेर्दा ‘ओहो यति सुन्दर बाटो हिँडेछु’ भन्ने गर्वको महसुसपनि हुन्न । फेरि त्यो बाटो संझिन मनपनि लाग्दैन । तर राजनितिक जाँतो बोक्ने भरियाहरुले संझाइ संझाई, त्यो कुरोप मार्गमा नक्कली सुनपानी छर्केर तानिरहेका छन् र जगतलाई फेरि राजनितिक दूर्घन्धको आहालमा पौडीखेल्ने पौडीबाज भनेर चिनाईरहेका छन् ।

यिनै जाँतो भरियाहरुले अहिले हाकाहाकी, बिना संकोच, बिना दकस आफ्नो राजनितिक भरियाको दासत्व सामाजिक सन्जालमा बिष्ट्याईरहेका छन् । भारी बोक्न पाउनुको गाथा कहेर छरपस्ट पारिरहेका छन् । राजनितिक जाँतो भरियारुपी महान कार्य, साहुको आदेश पालना गरेको त्यो बिराट कार्य, त्यो कस्टसाध्य अरुले नदेख्ला भनेर फेसबूकहरुमा ट्याग गरिगरि सगर्व देखाईरहेका छन् ।

यिनले राजनिति गर्न हुन्न, एउटा सामाजिक संस्था चाहिन्छ भनेर कहिल्यै गैर राजनितिक बनाउन पहल गर्दैनन् । नेपालका राजनितिक दल र नेताहरुलाई सामाजिक, परोपकारी संस्थामा हस्तक्षेप नगर्नुस् भनेर यि कहिल्यै बोल्दैनन् । एनआरएनएका नेताहरुलाई मिल्नुस् भनेर यि रचनात्मक दबाब र उचित सुझाब दिँदैनन् । मिल्न मिल्न लाग्ने अवस्थामापनि यि भरियाहरुले ‘फलानो त फलानो पार्टीको, फलानो क्षेत्रको, फलानो बिचारको, फलानो जातको’ भन्दै फाटो ल्याइहाल्छन् । तिनलाई बिच्काउन थालिहाल्छन् । कसैलाई मिल्न नदिएर, फुटाएर, जुधाएर राजनितिक जाँतोको भरिया बन्नु र बनाउनु यिनको प्रमुख उद्देश्य हो ।

त्यसैले, एनआरएनएका सबैभन्दा ठूला शत्रु यिनै राजनितिक जाँतो बोक्ने भरिया हुन् । यि एकातिर ‘एनआरएनएमा राजनिति घुसाउन हुन्न, एनआरएनएमा धेरै राजनिति भो’ पनि भन्छन् । अर्कोतिर एनआरएनए र प्रवाशमा देखिए, सुनिए र भेटिएजति संस्थालाई सकेसम्म राजनितिको चंगुलभित्रै कैद गर्न ज्यानपनि फालिरहन्छन् । आफ्ना जाँतोका साहु पार्टी र तिनका नेतालाई फोन गरिगरि जबर्जस्त उम्मेदवारसित भेट गराउनेपनि यिनै राजनितिक जाँतोका भरिया हुन् । प्रवाशका सबैभन्दा ढोंगी यिनै हुन् । राजनिति गर्न हुन्न एनआरएनएमा भन्दै राजनितिक पद देखाएर बार्गेनिङ गर्ने, ढोंगी, कुरुप चिन्तनका संवाहक, संरक्षकपनि यिनै हुन् ! प्रवाशका नेपाली नेपालीबिच भँडुवा पनि यिनै दोकला, स्वार्थीहरु हुन् ! नेपालीलाई जबर्जस्त गुटमा धकेल्नेपनि यिनै हुन् । एनआरएनए बिगार्ने मुख्य धमिरापनि यिनै हुन् । नेपाली समाजले सबैभन्दा पहिले बहिष्कार गर्नुपर्नेपनि यिनैलाई हो ।

[email protected]

तपाइँको प्रतिक्रिया