शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी सेनाले छोडेपछि काबुलको विमानस्थल बन्द ?

नेपालप्लस संवाददाता २०७८ भदौ १२ गते २१:२२

Photo-wikipedia.com

अमेरिकी सेनाहरु बाहिरिए पछि काबुल एयरपोर्ट कसले चलाउने ? यसको भविष्यलाई लिएर गम्भिर वार्ता भैरहेको छ । अगस्ट ३१ मा अमेरिका लगायत उसका पस्चिमी साझेदारहरु बाहिरिएपछि काबुलस्थित हमिद कारजाई विमानस्थल खुल्ला कि बन्द होला ? यो प्रश्नपनि उठिरहेको छ । यो प्रश्न अफगानिस्तानका नयाँ तालिबान शासकहरुका लागि सबैभन्दा महत्वपूर्ण त हुनेनै भयो पश्चिमी राष्ट्रहरुको लागिपनि महत्वपूर्ण छ । किनभने पश्चिमी राष्ट्रहरु अझै पनि अफगानिस्तानबाट बाहिर लैजानुपर्ने नागरिकहरुलाई सुरक्षापूर्वक बाहिर निकाल्न चाहन्छन् । त्यस्ता हजारौं अनगरिकलाई सुरक्षित तरिकाले बाहिर लैजानुपर्ने वा उद्दार गर्न बाँकिनै रहेको भनाई पस्चिमा देशहरुको छ । त्यसैले यो विषय गहन र जटिल बनेको छ ।

अर्को हप्ता सेप्टेम्बर १ मा हमिद कारजाई अन्तर्राष्ट्रिय बिमानस्थल कट्टरपन्थी इस्लामीहरुको नियन्त्रणमा हुनेछ । तिनले शुक्रवारनै विमानस्थलको केहि सैन्य उपस्थिति, सुविधा क्षेत्रमा आफ्नो उपस्थिति जनाउन तयारि गर्दै गरेको, अगाडि बढिसकेको जनाएका छन् । तालिबानहरुले आफ्नो केहि सैन्य सुविधा विमानस्थलमा सार्ने दाबी गरिसकेका छन् ।

“हामी अगस्ट ३१ सम्म प्रस्थान गर्दैछौं । त्यो मितिमा हामी अनिवार्य रूपमा अफगानिस्तानका जनतालाई विमानस्थल फिर्ता दिन गैरहेका छौं” अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले शुक्रवार भनेका छन् । अमेरिकाले विमानस्थल हस्तान्तरण गर्नेबारे अन्तराष्ट्रिय जगतमा रहेको शंका निवारण गर्न खोजेको छ ।

जे होस्, राजधानी काबुललाई नियन्त्रणमा लिएसँगै अफगानिस्तान सरकार पतन भएर तालिबानको हातमा गएको छ । अब विद्रोहीहरु सत्तामा पुगेका छन् । तर अझै पनि सरकार गठन भने भैसकेको छैन ।

“विमानस्थल चलाउनु भनेको सानो ब्यापार गर्नु जस्तो सजिलो होइन । ब्यापारको सानो टुक्रा होइन विमानस्थल । मलाई लाग्छ कि सेप्टेम्बर १ मा विमानस्थल चल्नसक्छ भनेर सोच्नु अनुचित हुन्छ” उनले भनेका छन् ।

काबुल विमानस्थल तालिबानको सुरक्षा, इज्जत, शक्ति र प्रतिष्ठासितपनि जोडिएको छ । त्यसैले तालिबानहरु यो विमानस्थल चलाउन बाहिरी सहयोगको आशामा छन् ।

हालको अवस्था हेर्दा केहि समयकालागि सेप्टेम्बर १ देखि काबुल विमानस्थल बन्द हुने अवस्था देखिन्छ । केहि पस्चिमी देशहरुले विमानस्थल खुलै राख्न सहयोग गर्न सकिन्छ कि भनेर उपायहरु खोजि गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । नसके केहि समयको भएपनि फेरि खोल्नकालागि सहयोगका उपायहरुको खोजि भैरहेको छ ।

काबुल विमानस्थलको भाग्य तालिबानको लागि महत्वपूर्ण छ । तिनले सन् १९९६ देखि सन् २००१ मा शासनमा हुँदा जसरि हैकमबादी, क्रुर तरिकाले शासन गर्दैनन् भन्ने देखाउनु महत्वपूर्ण छ । किनकि तिनले आफूहरु सुध्रिएको र प्रजातान्त्रिक ढंगले देश चलाउन खोज्नेको भनेर आस्वस्त पार्न खोजिरहेका छन् ।

तालिबानहरुले विशेष गरी मानवीय सहायता चाँडै देशमा प्रवाह भएको देख्ने आशा गरिरहेका छन् ।

तर यो विमानस्थल पश्चिमी देशहरुका लागी पनि महत्वपूर्ण छ किनकि ति आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट बाहिर निकाल्न चाहान्छन् । साथसाथै हजारौं अफगानिस्तान सहयोगीहरु जो अगस्त ३१ भन्दा पहिले अमेरिकी नेतृत्वको एयरलिफ्ट बाट बाहिर निकाल्न भ्याउँदैन ।

अहिलेसम्म नाटोले एक प्रमुख भूमिका खेलेको छ । नाटो गठबन्धनका कर्मचारीहरुले हवाई यातायात नियन्त्रण, इन्धन आपूर्ति र सञ्चारको ब्यवस्थापन गरेका छन् । टर्की, संयुक्त राज्य अमेरिका, बेलायत र अजरबैजानका सैन्य दल सुरक्षाको जिम्मामा थिए ।

अन्तराष्ट्रिय सेनाहरुको पूर्ण फिर्ताको समय छिट्टै आउँदैछ । लामो समय देखि के सोचिएको थियो भने शायद टर्कीले हवाई अड्डा वरिपरि (परिधि) को सुरक्षाको जिम्मेवारी कायम राख्ने छ । तर टर्कीलेपनि त्यसो नगर्ने भएको छ ।

मानिसहरुले के आशा गरेका थिए भने तालिबानले टर्कीबाट एक सानो सुरक्षा बलको उपस्थिति स्वीकार गर्ने छ । किनकि टर्कीपनि एक मुख्य रूपमा मुस्लिम राष्ट्र र नाटोको एक साझेदारपनि भएकाले । तर तालिबानले त्यसलाई स्विकार गरेको देखिन्न ।

तर उनीहरु सत्तामा आएपछि तालिबानले बारम्बार भन्दै आएका छन् “हामीहरु अगस्त ३१ पछि अफगानिस्तानमा कुनै विदेशी सैन्य उपस्थिति स्वीकार गर्दैनौं ।” त्यसपछि टर्कीका सैनिकहरुपनि फिर्ता जान थालेका छन् ।

यद्यपि कूटनीतिक तहमा वार्ता जारी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक