बिहीबार, वैशाख १३, २०८१

म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डी बलात्कारको आरोपमा हिरासतमा

नेपालप्लस संवाददाता / बेलायत२०७८ भदौ १२ गते २३:५७

बेलायतको एक अदालतले शुक्रबार म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई चारवटा बलात्कार र एक यौन दुर्व्यवहारको आरोपमा हिरासतमा राख्न आदेश दिएको छ।

२७ वर्षीया खेलाडी उत्तर पश्चिमी बेलायतको चेस्टर मजिस्ट्रेट अदालतमा तीन उजुरीकर्ताले लगाएको आरोपको सामना गर्न उपस्थित भएका थिए ।

बलात्कार र यौन दूर्ब्यवहारका ति घटनाहरु अक्टोबर २०२० र अगस्ट २०२१ को बीचमा भएको बताइएको छ ।

उनले चेशायरको प्रेस्टबरी स्थित उनको घरमा १८ वर्ष भन्दा कम उमेरकी किशोरीलाई आक्रमण गरेको आरोप छ ।

न्यायाधीश ज्याक म्याकगार्भाले यो घटनालाई चेस्टर क्राउन अदालतमा पठाइदिएका छन् । फुटबलर बेन्जामिन उक्त अदालतमा सेप्टेम्बर १० मा उपस्थित हुने छन् ।

मेन्डीलाई आरोप लगाइएको पुष्टि भएपछि सिटीले बिहीबार उनलाई निलम्बन गरेको छ ।

“यो मुद्दा एक कानूनी प्रक्रिया भएकाले क्लबले यसबारे थप बोल्न अस्विकार गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया