शनिबार, वैशाख ८, २०८१

क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको सर्वाधिक कमाउने खेलाडी

नेपालप्लस संवाददाता / बेलायत२०७८ भदौ १३ गते ०:२२

क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको सबैभन्दा धेरै कमाउने खेलाडी बन्ने भएका छन् ।

पोर्चुगलका विश्वप्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्किएलगत्तै प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बन्ने भएका हुन् ।

युनाईटेडले एक करोड ९७ लाख  पाउण्ड बराबरको सम्झौतामा रोनाल्डोलाई युभेन्टसबाट अनुबन्ध गर्ने म्यानचेस्टर सिटीको प्रयासलाई सनसनीपूर्ण रुपमा अपहरण गरेको टेलीग्राफ स्पोर्टले उल्लेख गरेको छ ।

सर एलेक्स फर्ग्युसन र रियो फर्डिनाण्डले रोनाल्डोलाई ओल्ड ट्राफोर्डमा फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रियल म्याड्रिडका लागि तत्कालीन विश्व कीर्तिमान थियो जसलाई त्यो बेलामा ८० करोड पाउण्ड तिरिएको थियो । उनी रियल म्याड्रिडकालागि प्रस्थान गरेको १२ वर्ष पछि फर्किएका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक