बुधबार, वैशाख १२, २०८१

“काबुल विमानस्थलमा आत्मघाती हमला अमेरिकी सेनाको गल्ती” तालिबान प्रवक्ता

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १३ गते ११:३३

image credit-xinhuwa.com

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले १६९ जनाको ज्यान जानेगरि भएको काबुल विमानस्थल आत्मघाती हमलामा अमेरिकी सेनाको गल्ती भएको आरोप लगाएका छन् । अगस्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँको सुरक्षा गर्नु तालिबानको पहिलो प्राथमिकता हुने उनले बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुल एयरपोर्टमा भएको आत्मघाती बम विस्फोटको दुई दिनपछि फ्रँन्स २४ का सिरिल पायनसँग कुरा गर्दै मुजाहिदले आत्मघाती बम बिस्फोटको सुरक्षा विफलताको जिम्मेवारी तालिबानको नभएको बताएका हुन् । उक्त बम हमला इस्लामिक स्टेट समूह-खोरासन शाखा (आइ एस के) ले दाबी गरेको थियो ।

“यो अमेरिकी सैनिकहरुको गल्ती थियो । तिनले हजारौं मानिसहरुलाई विमानस्थलमा ल्याएका थिए । मुजाहिदले अमेरिकी सेनालाई आरोप लगाउँदै भने “यो परिस्थितिमा तालिबानका लागि हजारौं मानिसहरुलाई यति सानो ठाउँमा एक एक गरेर फिल्टर गर्न” असम्भव थियो ।”

“अमेरिकीहरु अफगानिस्तानमा आक्रमणकारी हुन् । उनीहरु मात्र युद्ध गर्न आए । अफगानिस्तानको यति सानो भागमा उनीहरु काबुल एयरपोर्टमा सीमित भए पनि उनीहरुले अफगानिस्तानका लागि समस्या निम्त्याइरहे” मुजाहिदले भने “अफगानिस्तान बिमानस्थल आउनको लागि हजारौंलाई बोलाए । तर यो मात्र उनीहरुलाई जता पायो त्यहि देश पठाउनलाई थियो । उनीहरुले बाहिर पठाउन पाए भयो तर ति नागरिकको भविष्यको चिन्ता भने अमेरिकीमा छैन ।”

तालिबानले हाल काबुलको ९३ देखि ९४ प्रतिशत भाग नियन्त्रणमा राखेको दाबी गर्दै मुजाहिदले भने “अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएपछि हाम्रो प्राथमिकता यस देशको पूर्ण सुरक्षा फिर्ता लिनु हो ।”

अमेरिकी सेनाले शनिबार जिहादी समूहको पूर्वी गढमा गरिएको एक ड्रोन हमलामा दुई आईएसके सदस्यहरु मारिएको भन्ने सार्वजनिक गरेपछि मुजाहिदको यो टिप्पणी आएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले मारिएकाहरुको पहिचान गर्न अस्वीकार गरे । तर उनीहरु को हुन् भन्ने अमेरिकालाई थाहा भएको बताए । अमेरिकाले अफगानिस्तान बाहिरबाट हवाई आक्रमण गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बिडेनले शनिबार काबुल विमानस्थलमा अर्को २४-३६ घण्टामा फेरि हमला हुने सम्भावना रहेको बताएका थिए । उनले अमेरिकी सेनालाई जमीनमा अ मेरिकी पुरुष र महिलाहरुको सुरक्षा गर्न निर्देशन दिएको समेत उल्लेख गरेका थिए।

तपाइँको प्रतिक्रिया