शुक्रबार, वैशाख ७, २०८१

फ्रान्सेली राष्ट्रपतीद्वारा काबुल ‘सेफ जोन’ बनाउन संयुक्त राष्ट्रसंघसमक्ष आग्रह

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ भदौ १३ गते १४:५४

Photo by Francois Mori / POOL / AFP)

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले संयुक्त राष्ट्रसंघलाई काबुल ‘सेफ जोन’ बनाउन मद्दतको आग्रह गरेका छन् ।

फ्रान्स र बेलायतले सोमबार संयुक्त राष्ट्र संघलाई अफगानिस्तानको राजधानी काबुलमा “सुरक्षित क्षेत्र” निर्माणको गरि मानवीय कार्यहरुको रक्षाका लागि काम गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माख्रोंले जोर्नाल दु दिमँसमा भनेका छन् “यो धेरै महत्त्वपूर्ण छ । यसले संयुक्त राष्ट्र संघलाई आपतकालिन अवस्थामा काम गर्ने एउटा ढाँचा प्रदान गर्दछ ।”

फ्रान्सेली राष्ट्रपतीले यस्तो सुरक्षित क्षेत्रले अन्तर्राष्ट्रिय समुदायलाई अब सत्तामा पुगेका तालिबानमाथि दबाब कायम राख्न दिने उनले बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरु – फ्रान्स, ब्रिटेन, अमेरिका, रुस र चीन अफगानिस्तानको स्थितिबारे छलफल गर्न आजै सोमबार बैठक बस्नेछन् ।

फ्रान्स र बेलायतले प्रस्तावको मस्यौदा प्रस्तुत गर्ने अवसर पाउनेछन् जसको उद्देश्य संयुक्त राष्ट्र संघको नियन्त्रणमा रहेको काबुलमा एक सुरक्षित क्षेत्रको परिभाषित गर्नु हो । माख्रोंको भनाईमा त्यसले मानवीय कार्यहरु जारी राख्न अनुमति दिनेछ ।

विदेशी नागरिकहरु र कमजोर अफगानीहरुलाई देशबाट बाहिर लैजानको लागी भएको अन्तर्राष्ट्रिय प्रयासहरुको अन्त्य भएको टिप्पाणीपनि उनले गरेका छन् ।

उद्दार समाप्त

फ्रान्सले अफगानिस्तानबाट बाहिर लैजान खोजेका नागरिकको उद्दार कार्य शुक्रवारनै पुरा गरेको र बेलायतले शनिवार पुरा गरेको बताएका छन् ।

काबुल विमानस्थलबाट अगस्ट ३१ को म्याद सकिनु अगाडिनै आफूले चाहेका अफगान अनगरिक, आफ्ना अमेरिकी नागरिक र तिनका परिवारलाई सकुशल बाहिर ल्याउन अमेरिकी सेना खतरनाक र अराजक अवस्थामा लडिरहेको छ ।

अगस्त ३१ पछि जोखिममा रहेका अफगान नागरिकहरुलाई सुरक्षा र स्वदेश फर्काउन तालिबानसँग छलफल शुरू भएको माख्रोंले शनिवार घोषणा गरेका थिए ।

माख्रोंले फ्रान्सले अगस्ट १७ देखि २,८३४ जनालाई अफगानिस्तानबाट बाहिर निकालेको समेत बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक