शुक्रबार, चैत १६, २०८०

घाइते गाईलाई स्विस पहाडबाट हेलिकोप्टरमा उद्दार

एजेन्सी२०७८ भदौ १३ गते १५:२६

फोटो-रोयटर्स

गर्मीयाम उच्च पहाडी भेगको चरनमा बिताउन गएका गाईहरुलाई शुक्रबार हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

उच्च पहाडी भेगमा तिनले गर्मीयाम बिताउने चरणमा ति बिरामी परेपछि हेलिकोप्टरबाट उद्दार गरिएको हो । तिनलाई स्विजरल्याण्डको क्लाउसेन पासबाट हेलिकोप्टरमा हालेर तल गरिएको हो ।

उच्च हिमाली भेगमा ति गाईका गोठालाले गाई अकस्मात घाईते भएको खबर गरेपछि हिँडाएर तल झार्दा लामो समय लाग्ने भएकाले हेलिकोप्टरबाट तल ओसारिएको थियो ।

हेलिकोप्टरमा झारिएका गाई लिन तिनका किसानहरु उपस्थित भएका थिए ।

त्यसरि बिरामी परेका करिब एक दर्जन गाइलाई क्लाउसेनपास पर्वत नजिकैको ल्याण्ड लिफ्टबाट हेलिकोप्टर मार्फत ओसारिएको छ । गाइहरुलाई समुद्री सतह भन्दा १,९५० मीटर माथिबाट हेलिकोप्टरमा ल्उद्दार गरिएको हो ।

बाँकी १,००० गाईको बथान जुन बलिया छन् ति पहाडी गोरेटो बाटोमा परेड खेल्दै करिब एक हप्ता हिँडेर तल ओर्लिने छन् । ति गाई युरीको केन्द्रीय क्यान्टोनस्थित उर्नरबोडेन क्षेत्रको जाडोयामको गोठमा फर्किने हुन् ।

फोटो-रोयटर्स

फोटो-रोयटर्स

फोटो-रोयटर्स

फोटो-रोयटर्स

तपाइँको प्रतिक्रिया

फेसबुक