शुक्रबार, वैशाख ७, २०८१

क्यानाडामा यौन तस्करीको आरोपमा ३ भारतीय पक्राउ

नेपालप्लस संवाददाता २०७८ भदौ १३ गते १६:३३

संकेतिक रुपमा मात्रै राखिएको फोटो ।

क्यानडाको ब्राम्प्टन शहरबाट तीन पञ्जाबी मूलका भारतीय पुरुष एक नाबालिग युवतीलाई यौन व्यापारमा प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

२३ वर्षीय अमृतपाल सिंह, २२ वर्षीय हरकुवार सिंह र २३ वर्षीय सुखमनप्रीत सिंह पक्राउ परेको र चौथो अभियुक्तको खोजी भइरहेको भारतीय पत्रीका ट्रिब्युन इन्डियामा प्रकाशित छ ।

अगस्ट २१ मा एक १८ वर्ष मुनीकि स्त्रीलाई कुटपिट गरि राखिएको र यौन ब्यवहार गरिएको भन्दै प्रहरीलाई फोन गएपछि यो घटना बाहिरिएको थियो । ति किशोरीलाई यौन व्यापारमा तस्करी गर्न खोजिएको आरोप ति पुरुषमाथि लागेको छ ।

किशोरी गम्भिर घाइते रहेको र उनलाई उद्धार गरी अस्पताल लगिएको थियो ।

त्यसपछि प्रहरीले ब्राम्प्टनको एउटा घरमा छापा मारेर तीन जनालाई पक्राउ गरेको थियो ।

अमृतपाल सिंह र हरकुवर सिंहलाई यौन तस्करी, यौन सेवाहरुको विज्ञापन र यौन सेवाहरुबाट लाभ उठाउने आरोप लगाइएको छ । सुखमनप्रीत सिंहलाई जबर्जस्त गरेकोमा कैद र ज्यान आक्रमणको आरोप लगाइएको छ ।

प्रहरीले चौथो संदिग्धको खोजी गरिरहेको र ति ब्यक्तिपनि दक्षिण एसियाली नागरिक रहेको उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक