बिहीबार, वैशाख १३, २०८१

कोरोनाले गर्दा स्विस अस्पतालमा शल्यकृया रद्द गरिँदै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ भदौ १४ गते १८:२८

Photo Credit-which-hospital.ch

स्विजरल्याण्डमा कोरोना भाइरसका बिरामीहरुको संख्या बढ्दै गएपछि पहिलेनै लिएका शक्यकृयाका मितिहरु सार्ने वा रद्द गर्न थालिएको छ ।

केही स्विस अस्पतालहरूले कोरोनाभाइरस संक्रमण र अस्पतालमा भर्ना हुने बृद्धिको दबाबले जरुरी अपरेशनहरुलाई समेत ढिलाइ गर्न थालेको छन्, न्यू जुर्चेर जेटुङले रिपोर्ट गरेको छ ।

जुरिच युनिभर्सिटी अस्पतालले एकदमै खतरामा रहेका बिरामीहरु बाहेकका केहि अपरेशन स्थगित गर्न थालेको बताएको छ ।

शनिवार प्रकाशित एनजेडजेड रिपोर्टका अनुसार आराउको प्रान्तिय अस्पतालले पनि केहि अपरेशन स्थगित गरिरहेको छ । यस्तै, राजधानी बर्न युनिभर्सिटी अस्पतालमा कोविड बिरामीहरुको संख्यामा बृद्धि हुने सम्भावना रहेको अस्पतालले जनाएको छ । यसले गर्दा शक्यकृयाहरुपनि सारिने छन् ।

मध्य जुलाईमा स्विजरल्याण्डमा सघन हेरचाह इकाईहरुमा २० जना कोविड-१९ का बिरामीहरु थिए । अहिले त्यो संख्या बढेर २३० पुगेको छ । एनजेडजेडको पछिल्लो तथ्यांक अनुसार अस्पतालमा भएका बिरामी मध्ये कोविडका बिरामीहरुले ३० प्रतिशत ओगटेका छन् ।

शनिबार अस्पतालहरुको स्पिटल थुरगाउ एजी समूहले आफ्ना सबै सघन उपचार कक्षका बेडहरु भरिएको जनाएको छ । ती मध्ये आधा कोविडका बिरामीहरु छन् । यसले बिरामीहरुलाई अन्य प्रान्तका अस्पतालहरुमा स्थानान्तरण गरिरहेको जनाएको छ ।

लोजान युनिभर्सिटी अस्पताल (सिएचयुभी) ले पनि आफ्ना कोविड-१९ का बिरामीहरुलाई अन्य प्रान्तहरुमा स्थानान्तरण गर्न थालेको छ । कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भएकाले । अन्य विरामीकोलागिपनि सघन उपचार सेवा खुला राख्नुपर्ने भएकोले यसरि बिरामीहरु अन्य प्रान्तिय अस्पतालमा स्थानन्तरण गरिएको सो प्रान्तका स्वास्थ्य मन्त्री रेबेका रुइजले ल तँ अखबारलाई बताएकि छन्छ ।

यसैबीच जेनेभा विश्वविद्यालय अस्पतालहरु (एचयुजी) मा सघन उपचार कक्षमा स्थिति चिन्ताजनक रहेको जेनेभाका स्वास्थ्य निर्देशक एड्रियन ब्रोनले कँतोंलाई उल्लेख गर्दै ला ट्रिब्यून द जेनेभाले जनाएको छ । उनीहरुले अपरेसनहरु स्थगित गर्नेबारे सोचिरहेका छन् ।

स्विजरल्याण्डमा कोरोना भाइरसका नयाँ संक्रमणहरु एक दिनमा २,५०० देखि ३,००० को बीचमा भैरहेको छ । यो बृद्धि अत्यधिकरुपमा डेल्टा भेरियन्टको भैरहेको छ र खोप नलगाएकाहरुमा अत्यधिक छ । त्यसमापनि धेरै युवायुवतीहरु संक्रमित भएका छन् । जेनेभा अस्पतालमा कोरोनाका १३ विरामीमध्ये एक जनालाई मात्रै खोप लगाइएको थियो । बाँकि कोरोनाको खोप नलगाएका छन् ।

तपाइँको प्रतिक्रिया