शनिबार, वैशाख ८, २०८१

युरोपमै पहिलो पटक स्विस महिलालाई घण्टी बजाउने जागिर !

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ भदौ १४ गते १९:१४

foTo- 24heures.ch

अब हरेक दिन उनले स्विजरल्याण्डको लोजान शहरस्थित पुरानो गिर्जाघरको टुप्पोमा चढ्नुपर्छ । गिर्जाघरको माथिल्लो तलमा चढेर उनले प्रत्येक घण्टा राती घण्टी बजाउनुपर्ने छ । यसरि घण्टी बजाउनुको अर्थ शहरमा कतै आगजनी भयो भने त्यसको खबर गर्नकालागि हो । तर अहिले त्यसको अर्थ, रुप र संदेशपनि फेरिको छ । यो ६०० वर्ष पुरानो परम्परालाई जिवित राख्न पहिलो पटक युरोपमै एक स्विस महिलालाई नियुक्त गरिएको छ ।

ने हौस्लर सेवा निब्रित्त भएपछि लोजानका अधिकारीहरूले २७ वर्षीया क्यासान्ड्रे बेरदोजलाई नियुक्त गरेका हुन् । उनको काम सुनसान रातलाई जगाउने हो, प्रत्येक घण्टाघण्टामा । उनले घडीको घण्टी समातेर ट्वाङ्ङ ट्वाङ्ङ बजाउनुपर्ने छ । यो प्रचलन सन् १४०५ देखि प्रचलनमा छ ।

यसरि गिर्जाघरमा राती घण्टी बजाउने चलन धेरै पहिलेदेखिनै हटिसकेको छ । राती घण्टी बजाउने यो काम स्विजरल्याण्डमा अन्तिम हो । स्विजरल्याण्डमापनि आगलागीको जानकारि यसरि घण्टी बजाएर हाल दिनुपर्दैन । स्विजरल्याण्डमा भने त्यो समयको याद दिलाउन, आफ्नो परम्परा कायम राख्न निरन्तरता दिईएको हो ।

बेरदोजले बेल टावरबाट राती १० बजे देखि २ बजे सम्म परम्परागत घण्टी उपयोग गरेर बजाउनुपर्ने छ । पहिलो घण्टी बज्दा रातको १० बजेको पहिलो संकेत जाने छ । उनलाई सहयोग गर्ने अन्य पाँच जना छन् ।

“जहाँसम्म मलाई याद छ, यो परम्पराले मलाई सधैं मोहित बनायो । र म सधैं राती घडीको रूपमा काम गर्न चाहन्थें” बेरदोजले कीस्टोन-एसडीए समाचार एजेन्सीलाई भनिन् ।

लोजानका अधिकारीहरुले यो पेशामा पहिलो पटक महिला कर्मचारी आएको बताएका छन् । उनीहरुले दुई वर्ष अघि स्विजरल्याण्डमा राष्ट्रिय महिला हड्ताल पछि यो गिर्जाघरमापनि एक महिलालाई जागिर दिने निर्णयको घोषणा गरेका थिए ।

लामो युरोपेली परम्परा

आधिकारिक रेकर्ड अनुसार नजिकैको जिल्लामा ठूलो आगो लागेपछि सन् १४०५ मा लोजान शहरमा राती बज्ने घडी स्थापित गरीएको थियो । तर यो परम्परा यस भन्दा अगाडिनै शुरु भएको मानिन्छ ।

सन् १२७५ र १७ औं शताब्दीमा शानदार गोथिक गिर्जाघर निर्माण गरेपछि ठूलो आगोले ६ वटा प्रमुख शहरका धेरै भागहरु नष्ट गर्यो । सयौं मानिसहरु जले । त्यो बेलादेखि अग्ला भवनमा धुवाँ आएको निगरानी गर्न कर्मचारि राख्न थालियो । धुवाँ आएको रहेछ भने घण्टी बजाएर आगलागीको सूचना समुदायलाई दिने र घडीको समयपनि मिलाउने काम गर्नुपर्थ्यो ।

सन् १८८० मा अग्नि निगरानी अन्त्य गर्ने निर्णय भएको थियो । तर पुरानो १५ औं शताब्दीको गिर्जाघरको घडीको समय मिलाउन त कोहि न कोहि कर्मचारी चाहिन्थ्यो । त्यसैले उनीहरुले अग्नी नियन्त्रकको सेरेमोनियल पदका रुपमा निरन्तरता दिए ।

लोजान शहरमा भएको परम्परागत अग्नी सूचक घण्टी र घडी युरोपका ६३ मध्ये एक हो । यस्ता घडी नौ देशमा छन् । तर वर्षभरिनै सहि समय र घण्टी बजाउने काम स्विजरल्याण्डको लोजामस्थित गिर्जाघरमा मात्रै छ । स्विजरल्याण्डमा लोजानबाहेक साफहाउजेन, बिचसोफजेल, स्टेन र रेनमा यस्ता रात्री घडी छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक