शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी सेना हिँड्नासाथ तालिबानको बन्दुकले काबुल शहर गुन्जायमान

नेपालप्लस संवाददाता२०७८ भदौ १५ गते ११:२३

Image Credit-independent.co.uk Screen shot

अमेरिकाले अफगानिस्तानमा दुई दशकको उपस्थिति समाप्त गरेपछि तालिबानहरुले बन्दुक पड्काउँदै काबुल शहरभरि विजय उत्सव मनाएका छन् ।

अफगानिस्तानबाट आजै अगस्ट ३१ का दिन अमेरिकी सेना फिर्ता भएलगत्तै तालिबान लडाकूहरूले शहरको विमानस्थल नियन्त्रणमा लिएपछि आज मंगलबार काबुलभर उत्सव मनाईरहेका छन् ।

तालिवानहरुले उत्सब मनाउँदै पड्काएको बन्दुकको आवाजले आज काबुल शहरभरि गुन्जायमान भएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली सेनासँग दुई दशक युद्द लडेर तालिबानहरुले हराएको र युद्ध समाप्त भएको भन्दै खुशियाली मनाएका हुन् ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा लामो सैन्य द्वन्द्व सोमबार राती समाप्त भएको छ । अमेरिकी सेनाले आफ्ना नागरिक, तिनका परिवार र आफूले चाहेका अफगानीहरुलाई बाहिर निकालिसकेपछि काबुल विमानस्थल सोमवार रातीबाटै छोडेको घोषणा गरेको थियो । अमेरिकाले आफ्नो नेत्रित्वमा एक लाख २३ हजार भन्दा बढि मानिसलाई बाहिर निकालेको फ्रंस २४ ले उल्लेख गरेको छ ।

अमेरिकाले काबुल विमानस्थल छोड्नासाथ इस्लामवादी लडाकुहरु विमानस्थलमा प्रवेश गरेर हर्षोल्लास मनाएका हुन् । उनीहरुले शहरभरि आकाशमा बन्दुक र पडाका पड्काएर नाचगान गरिरहेका छन् । अंमेरिका र उसका पस्चिमी सहयोगीहरुले अफगानिस्तान छोडेलगत्तै २० वर्षपछि तालिवानहरु आस्चर्यजनकरुपमा फेरि सत्तामा फर्किएका छन् ।

हाल तालिबानको विशेष सेना “बाद्री ३१३” का सदस्यहरुले अमेरिकीहरु फिर्ता भएपछि काबुलको हमिद कारजाई विमानस्थललाई सुरक्षा गरिरहेका छन् । ति लडाकुहरुको हातहातमा एके ४७ बन्दुक देखिन्छ ।

तालिबान वार्ता टोलीको सदस्य र अन्तर्राष्ट्रिय मेडियाको लागि राजनीतिक कार्यालयका प्रवक्ता मोहम्मद सहिल शाहिनले अफगानिस्तानको समय अनुसार सोमवार मध्यराती अमेरिकी सेनाले अफगानिस्तान छोडेको पुस्टि गर्दै ट्विटरमा भनेका छन् ” अफगानिस्तानको समय अनुसार आज रातको १२:०० बजे अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छोडे । हाम्रो देशले पूर्ण स्वतन्त्रता पायो । सम्पुर्ण देशवासीहरुलाई हार्दिक बधाई !”

यसैबिच शाहिनले उच्च शिक्षा मन्त्रालयले सरकारी र निजी विश्वविद्यालयका रेक्टर, डीन, प्राध्यापक र प्रशासनिक कर्मचारीहरुलाई आज ३१ अगस्टमा आफ्नो जागिर बारे रिपोर्ट गर्न र कक्षाहरु शुरु गर्ने तयारी सहितको प्रशासनिक र शैक्षिक काम सुचारु गर्न सूचित गरेको समेत उल्लेख गरेका छन् ।

यसैसित संवन्धित तलका समाचार र लेख

तालिवानद्वारा माहिला कर्मचारीलाई काममा फर्कन आग्रह, आफ्ना नागरिकलाई तत्काल देश बाहिर जान नदिने संकेत

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

ए अमेरिका ! रणनीतिमा हार्‍यौ, नैतिक युद्द जितेर देखाउ

तालिबानको चेतावनीपछि अमेरिकाको दौडधुप

तालिबानको त्रासबाट भाग्न खोज्दा काबुल विमानस्थल नजिकै आधा दर्जन बढीको मृत्यु

अमेरिकाले अफगानिस्तानबाट ६० हजार नागरिक उद्दार गर्ने, बल्ल १७,००० बाहिरिए

तालिबानसितको वार्तासँगै अफगानिस्तानका पूर्व राष्ट्रपती कारजाईको पुनरागमन ?

बहु बन्दुकको चेपुवामा अफगानिस्तान : अफगानी भविष्य फेरी अँध्यारोतिरै ?

अफगान संकट- ‘ज्यान जोगाउन पनि पालोमा बस्नुपर्छ’

यि हुन् तालिबानका सर्बोच्च कमाण्डर

को हुन् अफगानिस्तानका संभावित राष्ट्रपती ?

तालिवानद्वारा अमेरिकी र नाटोका पूर्व कर्मचारीको घरघरै खोजि : जर्मनी र अमेरिकाद्वारा एक सातामा १२ हजारबढीको उद्दार

अफगानिस्तानका नेपालीलाई उद्दार गरिदिन बिदेशी दुतावाससित नेपालको आग्रह

अफगानिस्तानमा तिन मध्ये एक जनालाई खानाको अभाव

घानी देश फर्किन इच्क्षुक, तालिवानद्वारा अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाईसँग भेट

शान्त छ अफगानिस्तानको राजधानी काबुल

तालिबानले अफगानिस्तानका महिलालाई शिक्षा र काम गर्ने दिने

तालिबानले ‘आममाफी’ घोषणा गर्दै महिलाहरुलाई सरकारमा सामेल हुन आग्रह

अफगानी सरकार र सेनाको हारबाट तालिवाननै चकित !

अफगानिस्तानबाट जर्मन सेनापनि फिर्ता

अफगानी सेनाले तालिबान लखेट्दा स्थानिय बासिन्दा गाउँ छोडेर भाग्दै

अफगानिस्तानको सैन्य अखडाबाट अमेरिकी सेना गुपचुप बाहिर

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

अफगानिस्तानको हेरात सहरस्थित संयुक्त राष्ट्र संघको भवनमा आक्रमण, प्रहरी गार्डको मृत्यु

अफगानिस्तानमा वालिकाहरुको स्कूलमा बम आक्रमण; ५० को मृत्यु, कम्तिमा १०० घाईते

काट्ने तालिबान र अफगानी सरकारबिच दोहामा शान्ति वार्ता

तपाइँको प्रतिक्रिया

फेसबुक